Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अफगानिस्तानमा पाकिस्तानले गेरको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
अफगानिस्तानमा पाकिस्तानले गेरको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२

एएनआई- अफगानिस्तानको नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले हवाई गरेको जनाइएको छ ।  आक्रमणमा ८० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको जियो न्यूजले इस्लामाबादको सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको हाे ।

पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा पाकिस्तानले पनि यस क्षेत्रमा धेरै आक्रमण गरेको जनाइएको छ ।  लक्षित स्थानहरूमा नङ्गरहार, खोस्तमा ख्वारीजी मौलवी अब्बास सेन्टर, नङ्गरहारमा ख्वारीजी इस्लाम सेन्टर र ख्वारीजी इब्राहिम सेन्टर र पक्तिकामा ख्वारीजी मुल्लाह रहबर र ख्वारीजी मुखलिस यार रहेको जनाइएको छ ।

यस अघि पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतङ्ककारीलाई नि-सस्त्र बनाएको बताएका थिए । प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान, यसका सम्बद्धहरू र इस्लामिक स्टेट-खोरासन प्रान्त (दाइश-खोरासन) का लागि पाकिस्तानी अधिकारीहरूले प्रयोग गर्ने शब्द फितना अल-खवारीजसँग सम्बन्धित शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको सरकारले जनाएको छ ।

Hardik health

जियो न्यूज कार्यक्रम “जियो पाकिस्तान“ सँग कुरा गर्दै चौधरीले अफगानिस्तान सीमापार आतङ्कवादको स्रोत बनेको आरोप लगाए । उनले पाकिस्तानले आफ्ना नागरिकहरूको सुरक्षाका लागि आवश्यक उपायहरू अपनाइरहेको र करिब ७० हजार गुप्तचर-आधारित अपरेसनहरू घरेलु रूपमा सञ्चालन गरिएको उल्लेख गर्नु भएको छ जसको परिणामस्वरूप धेरैलाई पक्राउ गरिएको थियो ।

पाकिस्तानको सूचना र प्रसारण मन्त्रालयले आक्रमणलाई “सटीक र सही“ भन्दै इस्लामाबाद, बाजौर र बन्नुमा हालैका आत्मघाती बम विस्फोटहरूको प्रतिशोधात्मक प्रतिक्रिया भनेको छ । इस्लामावादले अफगानिस्तानको मिले-मत्तोमा आधारित आक्रमणहरू आयोजना गरिएको र टिटिपी र दाइश तत्वहरूसँग जोडिएको दाबी गरेकोछ ।

उक्त आक्रमणले पक्तिका प्रान्तको बरमल क्षेत्र, नङ्गरहार प्रान्तको खोग्यानी जिल्ला, साथै घानी खेल, बेहसुद र अर्गुन क्षेत्रका ठाउँहरूलाई लक्षित गरेको बताइएको छ । चौधरीले सन् २०२० को दोहा सम्झौताको उल्लेख गर्दै अफगान तालिबानले अफगानिस्तानको भूमि आतङ्कवादका लागि प्रयोग गर्न नदिने वाचा गरेको बताएका छन् ।  उनले काबुलको अन्तरिम प्रशासन आतङ्कवादी गतिविधि रोक्न असफल भएको आरोप समेत लगाएका छन् ।

पाकिस्तानले आफ्नो सुरक्षा चिन्तालाई सम्बोधन गर्न कूटनीतिक र सैन्य स्तरका प्रयासहरू गरेको र राजनीतिक दलहरूलाई आतङ्कवाद विरुद्ध एकजुट हुन आग्रह गरेको उनले बताए । पाकिस्तानको खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा हिंसामा वृद्धि भएपछि पछिल्लो आक्रमण भएको जनाइएको छ । विशेष गरी २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किए पछि हालैका वर्षहरूमा इस्लामाबाद र काबुल बिच तनाव बढेको जनाइएको छ ।

सन् २०२५ अक्टोबर मा, पाकिस्तानी सेना र अफगान तालिबान लडाकुहरू बिचको सीमा झडपका कारण दुवै पक्षको ठुलो क्षति भएको बताइएको छ । चरणवद्ध वार्ताका बावजुद, दुवै देशले स्थायी शान्ति हासिल गर्न संघर्ष गरेका छन् । यसैबीच, काबुलले यस अघि आतङ्कवादी समूहहरू अफगान क्षेत्रबाट सञ्चालन गर्ने इस्लामाबादको आरोपलाई अस्वीकार गर्दै पाकिस्तानको सुरक्षा चुनौतिहरू आन्तरिक विषय भएको बताएको छ ।


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP