Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत
माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ११, २०८२

एएफपी- भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् ।

सरकारी अधिकारीहरूका अनुसार छत्तीसगढमा वर्षौंदेखि सक्रिय रहेका देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गरेका छन् । उनको आत्मसमर्पणलाई सुरक्षाकर्मीहरूले विद्रोही संरचनामा ठूलो धक्का ठानेका छन् । छत्तीसगढका उप-मुख्यमन्त्री विजय शर्माले आइतबार राति सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकाे वक्तव्यमा ‘यो अन्तिम चरण हो’ भन्दै यसलाई सशस्त्र नक्सलवादको पूर्ण उन्मूलनतर्फको शक्तिशाली कदम बताएका छन् ।

भारतले माओवादी विद्रोहीविरुद्ध व्यापक सुरक्षा अभियान तीव्र बनाइरहेको छ । हिमालयको फेदमा रहेको एक गाउँको नामबाट परिचित ‘नक्सलवादी’ आन्दोलन करिब छ दशकअघि सुरु भएको थियो । त्यसयता फैलिँदै गएको यो आन्दोलन सन् २००० को दशकको मध्यतिर चरम अवस्थामा पुगेको थियो । त्यतिबेला १५ हजारदेखि २० हजारसम्म लडाकू सक्रिय रहेको अनुमान गरिएको थियो । त्यतिबेला देशको झन्डै एक तिहाइ भूभागमा विद्रोही प्रभाव देखिन्थ्यो । तर पछिल्ला वर्षहरूमा सुरक्षात्मक कारबाही र आत्मसमर्पणको लहरसँगै आन्दोलन नाटकीय रूपमा कमजोर भएको सरकारी दाबी छ ।

Hardik health

विद्रोहका क्रममा १० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । माओवादीहरूले भने आफूहरू वन क्षेत्रका सीमान्तकृत आदिवासी समुदायको अधिकारका लागि लडिरहेको बताउँदै आएका छन् । ती क्षेत्रहरूमा खानी कम्पनीहरूको चासो र बहुमूल्य प्राकृतिक स्रोतको दोहन मुख्य विवादको विषय रहँदै आएको छ ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२४ यता ५०० भन्दा बढी माओवादी विद्रोही मारिएका छन्, जसमा केही शीर्ष कमाण्डर पनि परेका छन् । आत्मसमर्पण र सुरक्षात्मक कारबाहीलाई तीव्र पार्दै सरकारले मार्च ३१ भित्र विद्रोह अन्त्य गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।गृहमन्त्री अमित शाहले शनिबारको एक सम्बोधनमा भारत ‘मार्च ३१ सम्म माओवाद अन्त्य गर्न तयार’ रहेको बताउनुभएको थियो ।

“फेब्रुअरी अन्त्य हुँदै गइरहेको छ र मैले पहिले भनेको कुरा दोहोर्‍याउँछु- मार्च ३१ सम्ममा हामी यस देशलाई माओवादी समस्याबाट पूर्ण रूपमा मुक्त गर्नेछौँ”, उनले भनेका थिए । उनले विगत तीन वर्षमा हासिल प्रगतिको उल्लेख गर्दै यति जटिल र दीर्घकालीन चुनौती छोटो अवधिमा नियन्त्रणतर्फ उन्मुख हुनु ऐतिहासिक उपलब्धि भएको धारणा व्यक्त गरेका छन् ।

सरकारले आत्मसमर्पणलाई निर्णायक मोडको सङ्केतका रूपमा प्रस्तुत गरिरहँदा, विद्रोहको सामाजिक र आर्थिक जडबारे बहस भने अझै कायम छ । यद्यपि आधिकारिक दाबीअनुसार भारत माओवादी आन्दोलनको समापनतर्फ अब अन्तिम चरणमा प्रवेश गरिसकेको छ ।
 


प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP