Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बेहाल
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #विमला_घिमिरे
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
क्यानडामा नेपालको साहसिक र सांस्कृतिक गन्तव्य प्रवर्द्धन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १०, २०८२

काठमाडौं- क्यानडाको आउटबाउन्ड बजारमा नेपाललाई शीर्ष साहसिक तथा सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित नेपाल पर्यटन बोर्डले ओटावास्थित नेपाली दूतावाससँग सहकार्यमा टोरन्टोमा ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ । यही फेब्रुअरी २० देखि २२ सम्म सञ्‍चालनमा रहेको विश्वप्रसिद्ध आटडोर एड्‌भेन्चर शोको पूर्वसन्ध्यामा सम्पन्न ‘नेपाल इभिनिङ’मार्फत क्यानडाको ट्राभल व्यवसायीसँग प्रत्यक्ष सञ्जाल विस्तार, व्यापारिक सहकार्य र बजार प्रवर्द्धनलाई प्राथमिकता दिइएको बोर्डले जनाएको हाे ।

कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपाल केवल पर्यटकीय गन्तव्य मात्र नभई “रूपान्तरणकारी अनुभव” भएको उल्लेख गर्दै हिमाल, साहसिक गतिविधि, संस्कृति र आध्यात्मिकताको अद्वितीय संयोजनले क्यानडाका पर्यटकलाई आकर्षित गर्ने बताए ।

उनले सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये ८ हिमाल नेपालमा रहेको स्मरण गराउँदै ट्रेकिङ, पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ र जंगल सफारीजस्ता गतिविधिले नेपाललाई विश्वस्तरीय साहसिक गन्तव्य बनाएको धारणा राखे ।

Hardik health

राजदूत पौड्यालले नेपालमा पछिल्ला वर्षमा पूर्वाधार, सेवा गुणस्तर र हवाई पहुँचमा सुधार भएको उल्लेख गर्दै क्यानडाका नागरिकका लागि आगमनमा भिसा तथा विद्युतीय यात्रा अनुमति जस्ता सहज व्यवस्थाले भ्रमण प्रक्रिया सरल भएको जानकारी दिए । उनले क्यानडाका पर्यन व्यवसायीलाई नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य बढाउन आह्वानसमेत गरेका छन् । 

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटकीय विविधता, सुधारिएको पूर्वाधार तथा निजी क्षेत्रको सशक्त संलग्नताबारे प्रस्तुति दिएका थिए । बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले ‘नेपाल इभिनिङ’ को उद्देश्य नेपाली र क्यानडाली पर्यटन व्यवसायीबीच व्यवसायदेखि व्यवसाय (बीटुबी) सम्बन्ध विस्तार गर्दै दीगो साझेदारी निर्माण गर्नु रहेको बताए ।

बोर्डका अनुसार क्यानडा उत्तर अमेरिकी क्षेत्रबाट नेपाल आउने स्थिर स्रोत बजारका रूपमा रहेको छ । वार्षिक रूपमा करिब १५–१६ हजार क्यानडाका पर्यटक नेपाल आउने गरेका छन् । साहसिक पर्यटनप्रति उच्च आकर्षण र बहु–आयामिक जनसांख्यिक संरचनाका कारण क्यानडा सम्भावित शीर्ष दस स्रोत बजारमध्ये एक बन्न सक्ने आकलन गरिएको छ ।

कार्यक्रममा टोरन्टोस्थित ट्राभल एजेन्सी तथा टुर अपरेटर, नेपाल पर्यटन बोर्डका अधिकारी, नेपाली निजी क्षेत्रका पर्यटन व्यवसायी र दूतावासका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रम नेटवर्किङ सत्रसहित सम्पन्न भएको थियो । यसै क्रममा फेब्रुअरी २०–२२ सम्म इन्टरनेश्‍नलर सेन्टरमा सञ्चालन भइरहेको आटडोर एड्‌भेन्चर शोमा नेपाल पर्यटन बोर्ड र नेपाली निजी क्षेत्रले संयुक्त रूपमा सहभागिता जनाइरहेका छन् । राजदूत पौड्यालले नेपाली प्याभिलियनको अवलोकन गर्दै क्यानडाली ट्राभल व्यवसायीसँग अन्तरक्रिया गरेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
मुख्य याममा सौराहामा पर्यटक घटे
मुख्य याममा सौराहामा पर्यटक घटे शुक्रबार, फागुन ८, २०८२
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक
मुस्ताङमा सात महिनामा भित्रिए तीन लाख २५ हजार बढी पर्यटक शुक्रबार, फागुन ८, २०८२
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक
साके एन्ड फेंगमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक बुधबार, फागुन ६, २०८२
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता
धनगढीमा अवतरण हुन नसक्दा श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता मंगलबार, फागुन ५, २०८२
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी 
बोर्ड र जापानको वाकायामाबीच दीगो पर्यटन सहकार्यमा समझदारी  सोमबार, फागुन ४, २०८२
खुल्यो तुम्लिङटार विमानस्थल
खुल्यो तुम्लिङटार विमानस्थल सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP