Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • पाक-अफगान सीमा तनाव चुलियो
पाक-अफगान सीमा तनाव चुलियो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १०, २०८२

एएफपी- पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई आक्रमणपछि दुई देशबीचको तनाव थप चुलिएको छ । इस्लामाबादले पाकिस्तानमा हालै भएका आत्मघाती बम विस्फोटका घटनाको प्रत्युत्तरस्वरूप अफगानिस्तानमा आधारित आतङ्कवादी समूहहरूलाई लक्षित गरी सात स्थानमा कारबाही गरिएको जनाएको छ भने काबुलले ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष सर्वसाधारण मारिएको दाबी गरेको हाे।

रातभर सञ्चालन गरिएको यो आक्रमणलाई अक्टोबरमा सीमामा भएको भीषण झडपयता सबैभन्दा ठूलो सैन्य कारबाही मानिएको छ । त्यसबेला दुवै पक्षका ७० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए । पछिल्लो आक्रमणपछि सीमा क्षेत्रमा पुनः असुरक्षा र त्रास फैलिएको छ । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तालिबान, उसका सहयोगी समूहहरू तथा इस्लामिक स्टेटसँग सम्बद्ध तत्वहरूलाई लक्षित गरिएको उल्लेख गरिएको छ । इस्लामाबादले तालिबान नेतृत्वले बारम्बार आग्रह गरिँदा पनि पाकिस्तानविरुद्ध अफगान भूभाग प्रयोग गर्ने समूहहरूमाथि कारबाही गर्न असफल भएको आरोप लगाएको छ ।

तर अफगानिस्तानको रक्षा मन्त्रालयले नान्गरहार र पक्तिका प्रान्तका मदरसा र घरहरूमा आक्रमण हुँदा ‘महिला र बालबालिकासहित दर्जनौँ निर्दोष नागरिक शहीद र घाइते भएको’ जनाएको छ । मन्त्रालयले पाकिस्तानी आक्रमणको ‘उचित र सुनियोजित जवाफ दिइने’ चेतावनी दिएको छ । नान्गरहारको बिहसुद जिल्लाबाट एएफपीका पत्रकारले दुर्गम पहाडी गाउँमा स्थानीय बासिन्दाहरू भग्नावशेष पन्छाउँदै शव खोजिरहेको दृश्य देखिएको बताएका छन् । उद्धारमा खटिएकाहरूले बेलचा र उत्खननका साधन प्रयोग गरी ढलेका संरचनामुनि पुरिएका आफन्तलाई निकाल्ने प्रयास गरिरहेका थिए ।

Hardik health

छिमेकी ३७ वर्षीय अमिन गुल अमिनले ‘यहाँका मानिसहरू सामान्य बासिन्दा हुन्, सबै आफन्तजस्तै हुन्’ भन्दै बम विस्फोटपछि बाँचेकाहरूले मद्दतका लागि चिच्याएको सुनिएको बताए । नान्गरहार प्रहरीका प्रवक्ता सैयद तैयब हम्मादका अनुसार मध्यरातमा सुरु भएको बमबारी तीन जिल्लासम्म फैलिएको थियो । उनले एकै घरमा रहेका २३ सदस्य प्रभावित भएको र पाँच जना घाइतेलाई जीवितै उद्धार गरिएको जानकारी दिए । सन् २०२१ मा तालिबानले अफगानिस्तानको सत्ता पुनः नियन्त्रणमा लिएपछि दुई देशबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनका अनुसार पाकिस्तानी सैन्य कारबाहीका कारण अक्टोबरदेखि डिसेम्बरसम्म ७० अफगान सर्वसाधारण मारिएका थिए ।

कतार र टर्कीको मध्यस्थतामा प्रारम्भिक युद्धविराम भए पनि बहुपक्षीय वार्ताले स्थायी सहमति दिन सकेको छैन । यसै महिनामा अफगानिस्तानले नियन्त्रणमा राखेका तीन पाकिस्तानी सैनिकको रिहाइमा साउदी अरेबियाले मध्यस्थता गरेको थियो । यद्यपि सम्बन्ध सुधारतर्फ ठोस प्रगति देखिएको छैन र भूमि सीमा महिनौँदेखि बन्द रहँदा दुवै देशका सर्वसाधारण प्रभावित भएका छन् ।
दुई हप्ताअघि इस्लामाबादको एक शिया मस्जिदमा भएको आत्मघाती विस्फोटमा कम्तीमा ४० जनाको मृत्यु भएको थियो र १६० भन्दा बढी घाइते भएका थिए । सन् २००८ यता राजधानीमा भएको त्यो सबैभन्दा घातक आक्रमण मानिएको छ । इस्लामिक स्टेट समूहले उक्त विस्फोटको जिम्मेवारी लिएको थिया । त्यस्तै, इस्लामिक स्टेट-खोरासान शाखाले गत महिना काबुलको एक रेस्टुरेन्टमा भएको घातक आत्मघाती आक्रमणको दाबी गरेको थियो ।

हालको हवाई आक्रमणले सीमापार आतङ्कवाद, प्रत्युत्तर कारबाही र कूटनीतिक असफलताले सिर्जना गरेको चक्रलाई थप गहिरो बनाएको छ । दुवै पक्षले एकअर्कामाथि दोषारोपण गरिरहँदा सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले नै यसको सबैभन्दा ठूलो मूल्य चुकाइरहेका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP