Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • एपस्टिन सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव
एपस्टिन सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ८, २०८२

एएफपी- दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितहरूका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सहमति जनाएको प्रस्तावित अदालतको फैसलामा उल्लेख गरिएको छ । बिहीबार दायर गरिएको उक्त प्रस्तावले लामो समयदेखि विवादित रहेका दाबीहरूलाई सामूहिक रूपमा समाधान गर्ने बाटो खोलेको  हाे ।

फैसलाअनुसार यो सहमति ती व्यक्तिहरूसँग सम्बन्धित छ, जसले जनवरी १, १९९५ देखि अगस्ट १०, २०१९ सम्मको अवधिमा एपस्टिनद्वारा यौन दुव्र्यवहार, शोषण वा तस्करीको सिकार भएको दाबी गरेका छन् । अगस्ट १०, २०१९ एपस्टिन जेलमा मृत भेटिएको मिति हो । प्रस्तावमा उल्लेख भएअनुसार यदि योग्य पीडितहरूको सङ्ख्या ४० वा सोभन्दा बढी पुग्यो भने सम्पत्तिले तीन करोड ५० लाख डलर भुक्तानी गर्नेछ, तर सङ्ख्या ४० भन्दा कम भएमा ५० लाख डलर तिर्ने व्यवस्था गरिएको छ ।

एपस्टिन सम्पत्तिका सह–कार्यकारीहरू उनका पूर्ववकिल ड्यारेन इन्डिक र पूर्व लेखापाल रिचर्ड कान हुन् । उनीहरूले एपस्टिनसँगको पेशागत सम्बन्धका आधारमा आफूहरूले कुनै पनि गलत कार्य नगरेको स्पष्ट पार्दै आएका छन् र उनीहरूमाथि कुनै आपराधिक अभियोग लगाइएको छैन । प्रस्तावित फैसलामा पनि सह-कार्यकारीहरूले गल्ती स्वीकार गरेको वा भविष्यमा थप कानूनी दाबीका लागि उत्तरदायी ठहरिने अर्थ नलाग्ने उल्लेख गरिएको छ ।

Hardik health

उक्त सहमतिले अन्तिम रूप लिनुअघि न्युयोर्कको सङ्घीय न्यायाधीशबाट स्वीकृति आवश्यक पर्नेछ । पीडित पक्षको प्रतिनिधित्व गरिरहेको कानूनी फर्म बोइज शिलर फ्लेक्सनर एलएलपीले तत्काल कति जना दाबीकर्ता सहभागी छन् भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । यद्यपि ब्लुमबर्ग न्युजले बिहीबार साँझ प्रकाशित गरेको प्रतिवेदनमा कम्तीमा ४० जना पीडितले अझै सम्पत्तिसँग अन्तिम समझदारी नगरेको उल्लेख गरिएको छ ।

सह-कार्यकारीहरूको पक्षमा वकालत गरिरहेका अधिवक्ता डेनियल एच. वेनरले पनि तत्काल प्रतिक्रिया दिनुभएको छैन । यसैबीच अमेरिकी न्याय मन्त्रालयले एपस्टिनमाथिको अनुसन्धानसँग सम्बन्धित लाखौँ कागजात, तस्बिर र भिडियो सामग्री सार्वजनिक गरेपछि यो मुआब्जा प्रस्ताव सार्वजनिक भएको हो ।

एपस्टिनले जीवनकालमा शक्तिशाली राजनीतिज्ञ, व्यावसायिक अधिकारी, शिक्षाविद् तथा चर्चित व्यक्तित्वहरूसँग व्यापक सम्बन्ध विस्तार गरेका थिए । तीमध्ये धेरै जना उनीसँगको सम्बन्धका कारण सार्वजनिक आलोचना र प्रतिष्ठागत क्षतिमा परेका छन् । प्रस्तावित मुआब्जाले लामो समयदेखि कानूनी र सामाजिक रूपमा संवेदनशील बनेको प्रकरणलाई केही हदसम्म अन्त्यतर्फ लैजाने प्रयासका रूपमा हेरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP