Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउने ताकाइचीकाे प्रतिबद्धता
जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउने ताकाइचीकाे प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ८, २०८२

टोकियो- सत्तारूढ एलडिपीले दुई तिहाइ बहुमतसहितको जित हात पारेपछि प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्मा प्रस्तुत नीतिगत सम्बोधनमार्फत जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्  । सुरक्षा चुनौती चर्किँदै गएको र आर्थिक दबाब बढिरहेको सन्दर्भमा उनले रक्षा नीतिको पुनरावलोकनदेखि आर्थिक पुनरुत्थानसम्म व्यापक एजेन्डा अघि सारेकी हुन्।

ताकाइचीले चीनले पूर्वी तथा दक्षिण चीन सागर क्षेत्रमा आफ्नो गतिविधि बढाउँदै गएको र जापान वरपरको सुरक्षा अवस्थाप्रति चासो व्यक्त गरेकाे बताइन्  । उनले रुस र उत्तर कोरियाको नाम पनि उल्लेख गर्दै जापानले दोस्रो विश्वयुद्धपछिकै ‘सबैभन्दा गम्भीर र जटिल सुरक्षा वातावरण’ सामना गरिरहेको बताए । यसै कारण यस वर्ष तीन प्रमुख रक्षा नीति कागजात संशोधन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

घातक हतियार निर्यातमा जापानले स्वेच्छाले लगाएको प्रतिबन्ध थप खुकुलो पार्ने विषयमा पनि छलफल अघि बढाइने सङ्केत उनले दिइन्  ।  नोभेम्बरमा ताइवानको अवस्थाबारे दिएको अभिव्यक्तिपछि बेइजिङले असहमति जनाएको थियो । त्यसपछि चीनले आफ्ना नागरिकलाई जापान भ्रमणबारे सतर्क रहन सुझाव दिएको थियो भने म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ कूटनीतिज्ञ वाङ् यीले जापानको सुरक्षा नीतिबारे चिन्ता व्यक्त गरेका थिए ।

Hardik health

अर्थतन्त्रतर्फ ताकाइचीले बजारको विश्वास कमजोर पार्ने ‘अविवेकी वित्तीय नीति’ नअपनाइने स्पष्ट पारिन् । सार्वजनिक ऋणलाई कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा घटाउने प्रतिबद्धता व्यक्त गर्दै उनले विकास प्रवर्द्धनका लागि ‘ग्रोथ स्विच’ निरन्तर थिचिरहने बताइन् । ऊर्जा, स्वास्थ्य, पूर्वाधार, साइबर सुरक्षा, एआई, चिप्स र जहाज निर्माणजस्ता क्षेत्रलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

सरकारी तथ्यांकअनुसार जनवरीमा मुद्रास्फीति केही सुस्तिएको छ । ताजा खाद्यान्न बाहेकको कोर उपभोक्ता मूल्य वर्षमा दुई प्रतिशतले बढेको छ । यो दुई वर्षयताकै न्यून वृद्धि हो । दशकौँको स्थिर वा घट्दो मूल्यपछि बढ्दो मुद्रास्फीति अघिल्ला दुई प्रधानमन्त्रीको पतनको कारण बनेको थियो । ताकाइचीले घरपरिवारलाई राहत दिन दुई वर्षका लागि खाद्यान्नमा उपभोग कर निलम्बन गर्ने विषयमा विचार गर्ने चुनावी प्रतिबद्धता दोहोर्‍याइन् ।

यस कदमले उच्च सार्वजनिक ऋणबारे बजारको चिन्ता बढाएको छ र दीर्घकालीन सरकारी बन्डको प्रतिफल गत महिना कीर्तिमानी उचाइमा पुगेको थियो । कर संरचना र बढ्दो सामाजिक सुरक्षा खर्च कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा क्रस–पार्टी ‘राष्ट्रिय परिषद्’ गठन गर्ने घोषणा पनि उनले गरिन्  । साथै ऊर्जा सुरक्षाका लागि स्वदेशमै उत्पादित र डिकार्बोनाइज्ड ऊर्जा स्रोतको अधिकतम उपयोग गर्ने नीति अघि सारिने उनले बताइन्  । 


 


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP