Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिका- इन्डोनेसिया व्यापार सहमति
अमेरिका- इन्डोनेसिया व्यापार सहमति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन ८, २०८२

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को पहिलो बैठकका क्रममा वासिङ्टनमा रहनुभएका इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो अमेरिकासँग महत्त्वपूर्ण व्यापार सम्झौतामा पुगेको छ । ह्वाइट हाउसले बिहीबार घोषणा गरेको उक्त सहमतिलाई दुवै देशले द्विपक्षीय आर्थिक सम्बन्धको नयाँ अध्यायका रूपमा प्रस्तुत गरेका छन् ।

सम्झौताअनुसार दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाले अमेरिकी वस्तुहरूमा लगाइँदै आएको ९९ प्रतिशत शुल्क हटाउनेछ । त्यसको बदलामा अमेरिकाले इन्डोनेसियाका अधिकांश वस्तुहरूमा १९ प्रतिशत भन्सार दर कायम गर्नेछ । यो दर यसअघि कम्बोडिया र मलेसियाका लागि पनि तय गरिएको थियो । साथै इन्डोनेसियाले गैर–कर अवरोधहरू सम्बोधन गर्ने र महत्त्वपूर्ण खनिज तथा अन्य औद्योगिक सामग्रीहरूको अमेरिकातर्फ निर्यातमा लगाइएका प्रतिबन्धहरू हटाउने प्रतिबद्धता जनाएको ह्वाइट हाउसले जनाएको छ ।

यसै सन्दर्भमा इन्डोनेसिया र अमेरिकी कम्पनीहरूबीच ३८ अर्ब ४० करोड डलर बराबरका ११ वटा व्यावसायिक सम्झौताहरू सम्पन्न भएका छन् । तीमध्ये अमेरिकी सोयाबिन, मकै, कपास र गहुँ खरिद, तेल क्षेत्र पुनःउत्थानमा सहकार्य, महत्त्वपूर्ण खनिज आपूर्ति तथा कम्प्युटर चिप्समा संयुक्त लगानी समावेश छन् । इन्डोनेसियाली कम्पनीहरूले १० लाख मिलियन टन सोयाबिन, १६ लाख टन मकै, ९३ हजार टन कपास तथा सन् २०३० सम्म ५० लाख टन गहुँ खरिद गर्ने सहमति व्यक्त गरेका छन् ।

Hardik health

बुधबार युएस चेम्बर अफ कमर्समा आयोजित कार्यक्रममा राष्ट्रपति प्रबोवोले पछिल्ला महिनाहरूमा गहन वार्ता भएको र धेरै विषयमा ठोस समझदारी बनेको बताए । ह्वाइट हाउसले उक्त सहमतिलाई ‘ठूलो सम्झौता’ भन्दै यसले आर्थिक सुरक्षा सुदृढ पार्ने, विकास प्रवर्द्धन गर्ने र विश्वव्यापी समृद्धिमा नेतृत्व गर्न सहयोग पुग्ने जनाएको छ । सम्झौतामा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर र इन्डोनेसियाका समकक्ष एयरलाङ्गा हार्टार्टोले हस्ताक्षर गरेका थिए । हार्टार्टोले यसलाई द्विपक्षीय सम्बन्धको ‘नयाँ स्वर्ण युग’ को सुरुआतका रूपमा व्याख्या गरे ।

व्यापार सहमतिसँगै कूटनीतिक सन्देश पनि जोडिएको छ । विश्वकै सबैभन्दा ठूलो मुस्लिम जनसङ्ख्या भएको देशका नेता प्रबोवोले गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बलका लागि आठ हजार वा आवश्यक परे थप सेना पठाउने प्रतिबद्धता दोहोर्‍याएका थिए । ट्रम्पले बैठकमा इन्डोनेसियाको भूमिकाको प्रशंसा गरे भने प्रबोवोले ट्रम्पको नेतृत्वमा ‘वास्तविक शान्ति’ सम्भव हुने विश्वास व्यक्त गरे।

उक्त बोर्डमा कम्बोडिया र भियतनाम पनि सहभागी छन् । कम्बोडियाले अमेरिकासँग पहिल्यै व्यापार सम्झौता गरिसकेको छ भने भियतनाम फ्रेमवर्क सहमतिमा पुगेको छ । यसैबीच भियतनामका नेता टो लाम पुनःनिर्वाचित भएपछि पहिलो पटक अमेरिका आएको हो । विश्लेषकहरूले चीन भ्रमणअघि उनको अमेरिका यात्रा कूटनीतिक प्राथमिकतामा आएको परिवर्तनको सङ्केतका रूपमा लिएका छन् ।

अमेरिकाले भियतनामी निर्यातमा २० प्रतिशत कर लगाएपछि दुवै देशबीच व्यापार वार्ता जारी छ । वार्ताको छैटौँ चरण फेब्रुअरीको सुरुमा सम्पन्न भएको थियो । महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा चीनको प्रभाव घटाउने अमेरिकी रणनीतिसँग जोडिएको यो व्यापक आर्थिक तथा कूटनीतिक पहललाई वासिङ्टनले क्षेत्रीय सन्तुलन सुदृढ गर्ने कदमका रूपमा हेरेको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP