क्युएनए- इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल-अक्सामा ६० हजार मानिसहरु भेला भएका छन् । इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र यसको परिसरहरूमा रमजानको पवित्र महिनाको पहिलो दिनमा भेला भएका हुन् ।
६० हजार उपासकहरू तथा ईशा र तारावीह प्रार्थनाकर्ताहरु भेला भएको जेरुसेलम इस्लामिक वक्फले रिपोर्ट गरेको छ । पवित्र सहर अल-अक्सा वरपरका सैन्य अवरोधहरू सफलतापूर्वक पार गरेका वेस्ट ब्याङ्कका बासिन्दाहरूसँगै तिनीहरू जेरुसेलमका विभिन्न स्थानहरू बाट आएको जनाइएको छ ।
स्थानीय स्रोतका अनुसार, कब्जा सैनिकहरूले प्रवेशमा अधिकतम प्रतिबन्ध लगाए भने युवाहरूलाई ईशा र तरावीहको प्रार्थना अघि गेट अफ द चेन हुँदै अल-अक्सा पुग्नबाट रोकेका थिए ।