Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन
एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ७, २०८२

एएफपी- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई सुरक्षित र जिम्मेवार दिशामा अघि बढाउन विश्वस्तरमा साझा नियम आवश्यक रहेको बताएका छन् । उनले भारतसहितका साझेदार राष्ट्रहरूसँग मिलेर एआईसम्बन्धी ‘खेलका नियम’ निर्माण र परिमार्जनमा प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्।

भारतमा आयोजित ग्लोबल एआई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले युरोपेली सङ्घ (इयु) ले सन् २०२४ मा अङ्गीकार गरेको आर्टिफिसियल इन्टेलिजेन्स ऐनमार्फत विश्वव्यापी नियमनको मार्ग देखाएको उल्लेख गरे । उक्त कानून चरणबद्ध रूपमा कार्यान्वयन भइरहेको छ । “हामी खेलका नियमहरूलाई आकार दिन जारी राख्न कटिबद्ध छौँ... भारतजस्ता हाम्रा सहयोगीहरूसँग”, उनले नयाँदिल्लीमा भने ।

उनले युरोपलाई केवल कडा नियमनतर्फ उन्मुख क्षेत्रका रूपमा चित्रित गर्न नहुने धारणा व्यक्त गरे। “युरोप अन्धाधुन्ध रूपमा नियमनमा केन्द्रित छैन-युरोप नवीनता र लगानीको ठाउँ हो, तर यो एक सुरक्षित ठाउँ हो”, उनले बताए । गत वर्ष पेरिसमा सम्पन्न एआई शिखर सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अत्यधिक नियमन’ विरुद्ध चेतावनी दिँदै यसले ‘परिवर्तनकारी क्षेत्रलाई नै कमजोर बनाउन सक्ने’ टिप्पणी गर्नुभएको प्रसङ्ग पनि उनले स्मरण गराए ।

Hardik health

इयुको कानूनअनुसार नियामक निकायहरूले सार्वजनिक स्थानमा क्यामेरामार्फत वास्तविक समयमा व्यक्तिको पहिचान गर्ने जस्ता समाजका लागि ‘अस्वीकार्य जोखिम’ मानिएका एआई प्रणालीहरूलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ । नयाँ दिल्लीमाजारी एआई इम्प्याक्ट समिटमा उनले फ्रान्सले एआई क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा तीव्रता दिएको जानकारी दिएयो । “हामी प्रशिक्षित एआई वैज्ञानिक र इन्जिनियरहरूको सङ्ख्या दोब्बर गरिरहेका छौँ”, उनले भने । उनका अनुसार यस क्षेत्रमा स्थापित नयाँ स्टार्टअपहरूले ‘लाखौँ’ रोजगारी सिर्जना गरेका छन् ।

एआई र डिजिटल प्रविधिसम्बन्धी सामाजिक उत्तरदायित्वका सवालमा पनि उहाँले जोड दिए । गत महिना फ्रान्सेली सांसदहरूले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेका छन्, जुन हाल सिनेटको अनुमोदनको प्रतीक्षामा छ । यो कदम अस्ट्रेलियाले डिसेम्बरमा कार्यान्वयन गरेको समान प्रतिबन्धपछिको पहल हो ।

“हाम्रो जी-७ प्राथमिकतामध्ये एक एआई र डिजिटल दुरुपयोगविरुद्ध बालबालिकाको सुरक्षा पनि हुनेछ”, उनले भने, “हाम्रा बालबालिकाहरूलाई वास्तविक संसारमा कानूनी रूपमा निषेध गरिएको कुरा अनलाइनमा उजागर गर्नुको कुनै कारण छैन ।” फ्रान्स धेरै युरोपेली देशहरूसँग मिलेर यस यात्रामा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले भारत पनि यस पहलमा सहयात्री बन्ने विश्वास व्यक्त गरे। “हाम्रा बच्चाहरूको सुरक्षा गर्नु केवल नियमको विषय होइन, यो सभ्यताको विषय हो”, उनले भन ।
 


प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP