Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ऊर्जा विकासको मानक नेपाली कम्युनिस्ट पार्टी
ऊर्जा विकासको मानक नेपाली कम्युनिस्ट पार्टी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ५, २०८२

काठमाडौं - राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर ९८ दशमलव चार प्रतिशत घरधुरीमा बिजुली बत्तीको सेवा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ९९ दशमलव चार प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । सरसर्ती हेर्दा तथ्यांक फरक छ । तर, सारमा मिल्दोजुल्दो नै छ । 

प्रदेशगत रुपमा हेर्दा गण्डकी प्रदेश पूर्ण रुपमा विद्युतीकरण भएको छ । तराई मधेश समेटने मधेश प्रदेश पनि पूर्ण विद्युतीकरणको चरणमा प्रवेश गरेको छ । चालु आवको अन्त्यसम्म लुम्बिनी प्रदेश र वाग्मती प्रदेश समेत पूर्ण विद्युतीकरण हुनेछ । वाग्मती प्रदेशको पनि ९० प्रतिशत भन्दा धेरै स्थानमा बिजुली पुगेको छ । 

गोसाइकुण्डमा समेत बिजुली पुगेको सन्दर्भमा केही हिमाली र पहाडी भेगमा भने अझै बाँकी छ । सुस्ताका नागरिकले पनि बिजुली पाएका छन् । अब बाँकी रहेको क्षेत्र भने कर्णाली र सुदुरपश्चिम प्रदेश हो । कोहलपुर–सुर्खेत– दैलेख १३२ केभी प्रसारण लाइन हालैमात्र सञ्चालनमा आएको छ । सो प्रसारण लाइनले कर्णाली प्रदेशको विद्युतीकरणमा ठूलो योेगदान गर्नेछ । सो प्रसारण लाइन निर्माणका लागि तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले गरेको प्रयास सह्रानीय छ । 

सुदुरपश्चिम प्रदेशमा प्रसारण लाइन मात्रै बनाउने हो भने चमेलिया करिडोरको बिजुली नै उपलब्ध हुनसक्छ । प्रसारण लाइन निर्माणका लागि तत्कालीन माओवादी नेतृत्वको सरकारले चिनियाँ लगानीको एएआइबी बैंक मार्फत सुहलियत कर्जा अन्तर्गत २५ अर्ब बराबरको ऋण लिएको छ । नियमित रुपमा काम गराउन सके आगामी डेढ बर्षभित्र सुदूरपश्चिम प्रदेशको सबै क्षेत्रमा बिजुली बल्नेछ । 

Hardik health

यस्तै, कोशी प्रदेशका केही पहाडी बस्ती बाहेक सबै भूभागमा बिजुली बत्ती पुग्दैछ । अध्यारोमा बस्दै आएका नेपाली नागरिकले पाएको यो सुविधा त्यसै सम्भव भएको होइन । अब फर्कौ, २०६२ सालतिर । जतिबेला देश नयाँ राजनीतिक चरणमा प्रवेश गर्दै थियो । जनयुद्ध र जनआन्दोलनको संयुक्त प्रयासपछि देशमा गणतन्त्र स्थापना भयो । जनयुद्धमा रहेका तत्कालीन माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । त्यसबेला देशभित्र मात्रै २८ प्रतिशत घरधुरीमा बिजुली बत्तीको सुविधा थियो । 

आफूलाई लोकतान्त्रिक भन्न रुचाउने उनै नेपाली काँग्रेस र नेकपा(एमाले) सत्ताको वरीपरी थिए । राजतन्त्र सक्रिय थियो । विकासको मूलप्रवाहमा कुनै पनि ग्रामीण बस्ती अग्रसर थिएन  जनयुद्धले प्रदान गरेको चेतना र राजनीतिक परिवर्तनको प्रवाहले माओवादी जब संविधानसभामा ठूलो दल बनेर स्थापित भयो । तब देश भित्र विद्युतीकरण र उज्यालो नेपालको सपनाले साकार रुप लिन थाल्यो । विसं २०६३ सालमा प्रचण्ड नेतृत्वको सरकारले ऊर्जा संकट समाधान गर्ने महत्वाकाक्षी लक्ष्य अगाडि सा¥यो । नौ महिनाको अवधि मात्रै सरकारमा रहँदा अगाडि सारिएको महत्वपूर्ण काम मध्ये एक थियो, उज्यालोको खोजी । 

मध्यपहाडी राजमार्ग, गरिबको ऋण मिनाहा जस्तै ऊर्जा संकटको समाधान गर्ने महत्वपूर्ण कार्यसूची अगाडि सारेर क्रियान्वयनमा लैजाँदा एउटा जग बस्न गयो । जुन, दोस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा साकार भयो । उज्यालो नेपालको नारा दिएर अगाडि बढेको तत्कालीन माओवादी नेतृत्वको सरकारले लोडसेडिङको अन्त्य मात्रै गरेर बिजुली बिक्री गरेर देशलाई धनी बनाउन सकिन्छ भन्ने महत्वाकांक्षी लक्ष्य समेत अगाडि सा¥यो । ठूला परियोजनाको शुरुवाती, सिँचाइ क्षेत्रमा गुणस्तरीय प्रणालीको खोजी, ठूला परियोजना त्यसै बेलाको सपना थियो । माओवादी नेतृत्वको सरकार र मन्त्रीहरुले सोही अनुरुप काम गरे । 

आज आइपुग्दा देश पूर्ण रुपमा विद्युतीकरणको दिशामा अग्रसर छ । हात हातमा मोबाइल र घर घरमा इन्टरनेटको नारा दिँदा नपत्याएका र हावादारी भन्दै खिसीट्यूरी गर्ने सोही जमातले ऊर्जाको विकास र उज्यालोको कुरा गर्दा समेत माओवादी नेतृत्वलाई गिज्याएका थिए । हावादारी भन्दै उडाएका थिए । आज सरकारी निकायकै तथ्यांकले भनिरहेको छ – देश पूर्ण रुपमा विद्युतीकरणको दिशामा अगाडि बढेको छ । सम्भवतः आगामी दुई बर्षभित्र देश पूर्ण रुपमा उज्यालो बन्नेछ । यसको पछाडि उनै प्रचण्ड नेतृत्वको सरकारले अगाडि सारेको मिशनले काम गरिरहेको छ । ऊर्जामा मात्रै होइन, सिँचाइ सुविधामा समेत सोही नीति कामयाव भएको छ । 

राजनीतिक खिँचातानी नभएको भए वा आफूलाई ठूला र लोकतान्त्रिक नाम दिने काँग्रेस , एमालेहरुको अवरोध नभएको भए बुढीगण्डकी, नलगाड जस्ता ठूला परियोजना शुरु भइसक्ने थिए । उज्यालोसँगै ठूला परियोजनाले समेत मूर्त रुप लिइ सकेका हुने थिए । यद्यपी,बुढीगण्डकीलाई स्वदेशी लगानीमा कम्पनी मोडलमा लैजाने निर्णय भने उने प्रचण्ड नेतृत्वको सरकारले नै गरेको थियो । देशभित्रका ठूला परियोजना अगाडि बढाउन प्रचण्ड नेतृत्वको सरकारले गरेको कामले निरन्तरता पाउन सकेन । सोही कारण आज राष्ट्रिय गौरवका ठूला परियोजना अगाडि बढ्न सकेन ।

आज देशभित्र बढी भएको बिजुली भारत र बंगलादेश निर्यात हुन थालेको छ । यो शुरु भएको पनि तीन बर्ष पूरा भइसकेको छ । ऊर्जा विकासको मार्गदर्शन, ग्रिन हाइड्रोजनको अवधारणा पनि माओवादी नेतृत्वको सरकारकै उपज थियो र छ पनि । सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली निकाल्ने महत्वाकांक्षी र रणनीतिक योजना तेस्रो पटक प्रचण्ड प्रधानमन्त्री बन्दा नै अगाडि सारियो ।  भारतसँग दीर्घकालीन विद्युत् व्यापार स्म्झौता, बंगलादेशसँग भएको दुईपक्षीय सहमतिले देश भित्र नयाँ आशाको सञ्चार भएको तथ्य कोही कसैले भूलेका छैनन् । 

ऊर्जा पूर्वाधारमा भएको विकास र बढोत्तरीको पछाडि कोही कसैको हात छ भने आजको नेपाली कम्युनिस्ट पार्टी र साविकको माओवादीले लिएको नीति नै कामयावी भएको छ । अन्य राजनीतिक दलमा न त सोच देखियो, न त इमान्दार प्रयास नै । सो सफलताको श्रेय धेरैले प्रचण्डलाई नै दिएका छन् । सत्य यही हो । अब, लागौ नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अगाडि सारेको  प्रतिवद्धतापत्र तर्फ । 

नेपाली कम्युनिस्ट पार्टीले विशेष प्राथमिकताका साथ ऊर्जा तथा पूर्वाधार विकासलाई प्रतिवद्धतापत्रमा समावेश गरेको छ । त्यसमा जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत करिडोरको विषय अगाडि सारिएको छ । नेकपाले प्रतिव्यक्ति विद्युत् खपत पाँच बर्षमा ७५० किलोवाट घण्टा पुर्याउने विषय समावेश गरेको छ । हाल नै प्रतिव्यत्तिः विद्युत् खपत ३८० किलोवाट घण्टा पुगेको छ । यस्तै, विसं २१०० सम्म ४० हजार मेगावाट बिजुली उत्पादन गर्ने दीर्घकालीन लक्ष्य तय गरेको छ । १०० मेगावाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गर्दा १० हजार जनाले प्रत्यक्ष वा परोक्ष रुपमा रोजगारी उापँछन् । 

सो लक्ष्यमा काम हुन सकेको खण्डमा बेरोजगारीको अन्त्य गर्न समेत सहज हुनेछ । यस्तै, आगामी पाँच बर्षमा १० हजार मेगावाट बिजुली थप गर्ने लक्ष्य समेत नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । यो लक्ष्य सहजै पूरा हुन्छ । किनकी, त्यसका लागि निर्माणमा रहेका आयोजना, निर्माणमा जान ठिक्क भएका आयोजना र निर्माण सकिने चरणमा रहेका आयोजना जोडिने बित्तिकै यो लक्ष्य पूरा हुन्छ । 

यस्तै, भारत र बंगलादेशमा थप व्यवस्थित तरिकाले बिजुली निर्यात गर्ने नेकपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । संयोग पनि कस्तो परेको छ भने बंगलादेशसँग ऊर्जा सहकार्य र बिजुली निर्यातको सहमति तत्कालीन ऊर्जामन्त्री बर्षमान पुनले गर्नुभएको थियो भने दीर्घकालीन ऊर्जा व्यापार सम्झौता प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा भएको थियो । केही कानुनी प्रश्नहरु समाधान गर्ने र नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग जस्ता संस्थाको नेतृत्वमा कामकाजी मान्छे ल्याउने  बित्तिकै सबैभन्दा देखिने गरी प्रगति यही ऊर्जा क्षेत्रमा नै हुने देखिन्छ । नेकपाले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर प्रतिवद्धता पत्रमा समावेश गरेकाले पनि यो वस्तुनिष्ठ र व्यवहारिक देखिन्छ । उज्यालो नेपालको नेतृत्वकर्ता भएकाले नेकपाको प्रतिवद्धतापत्र अन्यको तुलनामा वैज्ञानिक र कार्यान्वयनमुखी रहेको देखिन्छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP