Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • पोलेको मकैको व्यापार फस्टाउँदै
पोलेको मकैको व्यापार फस्टाउँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन ५, २०८२

बेलबारी -  बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आएकी छन्  । 

मकै पोलेरै जीविका चलाउँदै आएकी उनलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उनका अनुसार रु २५ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा रु ५० मा बिक्री भइरहेको छ । उनीसँगै मकै पोल्नुहुने कानेपोखरी–५ की दुुर्गामाया तामाङले भनिन्, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक रु एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी हुन्छ । पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदो छ ।”

बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनिं सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आ‍एका छन्  । घरमै होटल व्यवसाय सञ्चालन गर्नुभएका कुुँवरले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको बताए। कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांश सार्वजनिक यातायातले यहाँ रोकेका बेला यात्रीले पोलेको मकै किनेर खाने र निजी सवारीमा यात्रा गर्नेले पनि पोलेको मकै खानकै लागि आउने गरेका छन् । 

Hardik health

सुुनसरीको इटहरी घर भएका अनिल सुुब्बा उर्लाबारी पुगेर फर्किएपछि परिवारसहित भाउन्नेमा गाडी रोकेर मकै पोल्न भने। मकै खाँदै उनले भने, “यहाँको मकैको स्वादै बेग्लै, पोलेको मकै रुचाउनेका लागि यहाँ उचित मूल्यमा ताजा मकै खान पाइन्छ”, मकै पोलुुञ्जेल थकाइ पनि मर्ने उनले बताए । केही वर्षयता यस स्थानमा पोलेको मकै रूचाउनेको भीड नै लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ ।

भाउन्ने चोक पूर्व चिसाङ खोला छेउसम्ममा २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आउनुुभएको छ । पछिल्लो समय बेलबारीमा व्यावसायिक मकैखेतीप्रति किसानको आकर्षण बढ्दो छ । मकैले उचित मूल्य पाएपछि बाह्रै महिना हरिया मकै उत्पादनमा किसानले जोड दिन थालेका छन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन आइतबार, वैशाख २०, २०८३
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती
उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती शनिबार, वैशाख १९, २०८३
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर बिहीबार, वैशाख १०, २०८३
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा
संविधानसभा सदस्य गमबहादुर श्रीस कृषि उद्यममा मंगलबार, चैत २४, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन सोमबार, चैत २, २०८२
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’
‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’ शुक्रबार, फागुन २९, २०८२
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP