Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • लामिछानेले सार्वजनिक गरे ‘ नागरिक करार’ शीर्षकको दस्तावेज
लामिछानेले सार्वजनिक गरे ‘ नागरिक करार’ शीर्षकको दस्तावेज
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ३, २०८२

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आइतबार फेसबुकमार्फत् ‘नागरिक करार’ शीर्षकको दस्तावेज सार्वजनिक गरेका छन्।

फागुन २१ गतेको आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त दस्तावेजमा शासन सुधारदेखि समृद्धि र रोजगारीसम्मका प्रतिबद्धता समेटिएका छन्।

दस्तावेजमा सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ। सार्वजनिक सेवा डिजिटल माध्यमबाट समयमै उपलब्ध गराउने, सरकारी सेवामा पारदर्शिता र जवाफदेहिता बढाउने तथा सार्वजनिक पदाधिकारीको अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ।

आर्थिक पक्षमा उत्पादनमुखी अर्थतन्त्र निर्माण, रोजगारी विस्तार र मध्यम वर्ग सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइएको छ। औसत आय वृद्धि, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा सामाजिक सुरक्षा मजबुत बनाउने योजना दस्तावेजमा समेटिएको छ।

Hardik health

रोजगारी सिर्जनाका लागि सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रमा लगानी विस्तार गर्ने उल्लेख छ। पूर्वाधार विकासतर्फ सडक, ऊर्जा र डिजिटल सञ्जाल विस्तारलाई प्राथमिकता दिइएको छ।

प्रवासी नेपालीको अधिकार संरक्षण, वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने तथा स्वदेश फर्किने वातावरण तयार गर्ने प्रतिबद्धता पनि करारमा उल्लेख गरिएको छ।

रास्वपाले सरकारमा पुगेपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको प्रगति विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने नारासहित परिणाममुखी शासन दिने दाबी रविले गरेका छन् ।

पाँच प्रतिबद्धता

सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

-सार्वजनिक सेवा समयमै दिने कानुनी सुनिश्चितता, डिजिटल प्रशासन, पारदर्शिता र पदाधिकारीको अनलाइन सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था।

मध्यम वर्ग सुदृढीकरण र सामाजिक सुरक्षा

-गुणस्तरीय शिक्षा–स्वास्थ्यमा पहुँच, आय वृद्धि र आवश्यकतामा आधारित सामाजिक सुरक्षा प्रणाली विस्तार।

रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र

-आईटी, कृषि, पर्यटन, निर्माण र उद्योग क्षेत्रमा लगानी विस्तार गर्दै ठूलो संख्यामा नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य।

पूर्वाधार र ऊर्जा विस्तार

-सडक, जलविद्युत र डिजिटल सञ्जालको तीव्र विस्तार गरी आर्थिक गतिविधि चलायमान बनाउने योजना।

प्रवासी नेपालीको अधिकार र सुरक्षित वैदेशिक रोजगारी

-श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन, लगानीको वातावरण सुधार र स्वदेश फर्किने आधार तयार गर्ने प्रतिबद्धता।


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP