Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको हो : अर्थमन्त्री खनाल
आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजना मात्र रोकिएको हो : अर्थमन्त्री खनाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २८, २०८२
Hardik health

काठमाडौं- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताएका छन्  । 
    
राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उनले बजेटीय दबाब र प्राथमिकता पुनसंरचनाका कारण यस्तो निर्णय गर्नुपरेको स्पष्ट पारे  ।  उनले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनःसञ्चालन, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजनका कारण सिर्जित दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते र सहिद परिवारलाई राहत उपलब्ध गराउने दायित्वले बजेटमा चाप परेको सभालाई जानकारी दिए । 
    
मन्त्री खनालले डिजाइन, स्टिमेट तथा टेन्डर प्रक्रियामा गइसकेका वा उपभोक्ता समितिसँग सम्झौता भई क्रमागत रूपमा अघि बढिरहेका आयोजना सम्बन्धित मन्त्रालयबाट पुष्टि गरी क्रमश फुकुवा गर्दै लगिएको र धेरै आयोजनाको रकम फुकुवा भइसकेको जानकारी समेत दिए । मन्त्रिपरिषद्को २०८२ असोज ५ को निर्णयअनुसार तयारी नभएका, खरिद प्रक्रियामा नपुगेका र तत्काल प्रतिफल नदिने आयोजना मात्र स्थगन गर्ने निर्णय गरेको थियो । 

संविधानको धारा ४० बमोजिम दलित समुदायको हक कार्यान्वयन गर्न दलितको हक, अधिकार तथा विकाससम्बन्धी विधेयकको मस्यौदा निर्माण प्रक्रिया तीव्र पारिएको मन्त्री खनालले बताए । २०८२ पुस २८ गते मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको उक्त विधेयक आगामी अधिवेशनमा सङ्घीय संसद्मा पेस गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । 
    
नेपाल कानुन आयोगसँग प्रारम्भिक मौखिक परामर्शपछि आज औपचारिक पत्राचार गरिएको उनले जानकारी दिए।  मन्त्री खनालले आगामी २१ दिनभित्र मस्यौदा तयारी, सार्वजनिक परामर्श (करिब सात दिन) तथा आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र मन्त्रिपरिषद्सम्म पुर्‍याउने तयारी रहेको बताए । उनले यो अत्यन्त महत्वपूर्ण विधेयक भएको उल्लेख गर्दै सरकारको कार्यअवधि रहँदै यसलाई निष्कर्षमा पुर्‍याउने लक्ष्य लिएको भनाइ राखे ।


प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP