Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपालको पर्यटन प्रवर्द्धन गर्न ५०० भन्दा बढी राइडर नेपाल राइडर्स मिटमा सहभागी हुँदै
नेपालको पर्यटन प्रवर्द्धन गर्न ५०० भन्दा बढी राइडर नेपाल राइडर्स मिटमा सहभागी हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २६, २०८२

काठमाडौं - नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले ललितपुरमा आठौं नेपाल राइडर्स मिट हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभा हलमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको गोदागरी २ स्थित चापखर्कमा नेपाल राइडर्समिट हुने आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाले जानकारी गराएका छन् ।

उक्त कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारलगायतका मुलुकबाट ५५० भन्दा बढी राइडर सहभागी हुनेसमेत संयोजक थापाले जानकारी गराएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपालको पर्यटन प्रबर्द्धनका लागि ‘मोटरबाइक राइडिङ’ महत्वपूर्ण साधन हुने बताएका छन् ।

वरिष्ठ प्रबन्धक थपिलियाले यस किसिमका कार्यक्रमले परम्परागत पदयात्रा र पर्वतारोहणभन्दा बाहिरका पर्यटन उत्पादनलाई प्रवर्द्धन गर्दै रोड ट्रिप, एडभेन्चर टुरिज्म र क्रस–बोर्डर पर्यटन विस्तारमा योगदान पुग्ने बताएका छन् । उनले भने, “यस नेपाल राइडर्स मिटले नेपालको साहसिक र अनुभवमा आधारित पर्यटन प्रबर्द्धनका लागि महत्वपूर्ण योगदान गर्नेछ । नेपालको दक्षिण छिमेक भारतमा मात्रै बाइक राइडिङ संस्कृतीलाई प्रबर्द्धन गर्दै नेपालमा भारतीय राइडर ल्याउन सकेमा नेपालको पर्यटक आगमन फड्को मार्ने देखिन्छ । बाइक राइडिङ केवल घुम्‍ने मात्र नभएर नेपालको संस्कृती, प्रकृतीसँग पनि साक्षात्कार हुने अवसर प्राप्त हुनेछ ।“ 

Hardik health

त्यसैगरी आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल, द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेलगायतले नेपाल राइडर्स मिट राइडिङ समुदायको महत्वपूर्ण पर्व भएको उल्लेख गर्दै बाइक राइडिङलाई पर्यटन प्रबर्द्धनको महत्वपूर्ण उत्पादनको रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनीहरुले यस बाइक राइडमार्फत् भातृत्व विकासका साथै नेपालको संस्कृती प्रबर्द्धन गर्न पनि टेवा पुग्ने बताएका छन् । 

यस कार्यक्रममा हुने सहभागिताले नेपाललाई क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट केही व्यक्तिबाट सुरु भएको र हाल ५०० भन्दा बढी राइडर्स सहभागी हुँदै छन् । यस कार्यक्रममार्फत नेपालका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग र आतिथ्य संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।

आयोजकका अनुसार मोटरसाइकल पर्यटनले गन्तव्यलाई नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्नुका साथै यात्राका कथाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्न प्रभावकारी माध्यम बन्नेछ । नेपाल राइडर्स मिटले यसअघि बर्दिया, चितवन, मनाङलगायतका विभिन्‍न ठाउँमा कार्यक्रम गरिसकेको छ । र्यक्रमले डिजिटल प्लेटफर्म, राइडर नेटवर्क र सञ्चारमाध्यममार्फत नेपालका पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’
पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’ शनिबार, जेठ ९, २०८३
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे
निकुञ्‍ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे शुक्रबार, जेठ ८, २०८३
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक
मुस्ताङ भित्रिए दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक बिहीबार, जेठ ७, २०८३
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP