Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
प्रतिनिधिसभा सदस्य निर्वाचन कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २१, २०८२
  • केन्द्रीय प्रतिनिधिलाई सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्न र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्न कांग्रेसको निर्देशन
  • समानुपातिक मत आफ्नो पक्षमा पार्ने रणनीतिका साथ उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा देशभर प्रतिनिधि खटाउँदै रास्वपा
  • निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि भन्दै नेकपाले खटायो देशभर नेता

काठमाडौं- आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरुले धमाधम निर्वाचन प्रतिनिधि खटाउन थालेका छन् । निर्वाचन मिति नजिकिएसँगै परिणाम आफ्नो पक्षमा पार्न दलहरुले देशभर निर्वाचन प्रतिनिधि खटाउन थालेका हुन् । 

यसरी प्रतिनिधि खटाउनेमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल छन् । नेकपा एमालेले भने अहिलेसम्म प्रतिनिधि खटाउने निर्णय गरेको छैन ।  कांग्रेसले मंगलबार निर्वाचनलाई लक्षित गर्दै सातवटै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ले सातवटै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेशभित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् ।

उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला संग्रौलालाई खटाएको छ । कोशीमा संग्रौलासँगै निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ । कोशीका संखुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेताहरु अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी खटिएका छन् । सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएका छन् । 

यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ । 

Hardik health

भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दिलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम खटिएका छन् । 

यस्तै गण्डकी प्रदेशका पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुड, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन् । स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल खटिएका छन् । यस्तै गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएका छन् । 

लुम्बनी प्रदेशका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् । कपिलवस्तु, अर्घाखाँची, रूकुमपूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य रहेका छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशको कन्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिना खटिएका छन् । कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड खटिएका छन् । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्ट खटिएको कांग्रेस निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।

नेकपाले निर्वाचन परिचालनको प्रभावकारिता अनुगमन गर्ने
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार नै निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि भन्दै नेताहरुलाई खटाउने निर्णय गरेको छ । नेकपाको निर्वाचन परिचालन समितिको सचिवालयको बैठकले अनुगमनका लागि प्रदेशगत जिम्मेवारी तोकेको हो । नेकपाले कोशी प्रदेशमा बेदुराम भुसाल, मधेस प्रदेशमा अग्नि सापकोटा, बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ, गण्डकी प्रदेशमा देव गुरुङ, लुम्बिनी प्रदेशमा पम्फा भुसाल, कर्णाली प्रदेशमा प्रमेश हमाल र सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी, निर्वाचनका लागि अपिल छिट्टै सार्वजनिक गर्ने र घोषणापत्रलाई परिमार्जन गरी प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको नेकपा नेता अग्नि सापकोटाले जानकारी दिए । प्रचारप्रसार कार्यलाई व्यवस्थित बनाउन सापकोटाको नेतृत्वमा जगतनाथ खतिवडा र गोविन्द आचार्य सदस्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको छ ।

५१ नेता खटाउँदै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार निर्वाचनलक्षित गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सदस्यसचिवमा शंकर श्रेष्ठ रहेका छन् । यो समितिले विशेषगरी समानुपातिक मत तान्न ध्यान दिने र प्रत्यक्ष क्षेत्रमा उम्मेदवारहरु नै खटिने प्रवक्ता झाले बताए । ‘सम्बन्धित क्षेत्रका उम्मेदवारहरु प्रत्यक्ष क्षेत्रमा खट्ने नै भए । उपसभापतिको नेतृत्वमा गठन भएको समितिले समानुपातिक मतमा ध्यान दिने छ,’ झाले भने ।

रास्वपाले कोशीमा उपेन्द्र पाण्डेको नेतृत्वमा लक्ष्मी बर्देवा, ओमनाथ भण्डारी, चन्द्रशेखर सापकोटा, पुस्कर थापा, निरज गौली, रामकुमार थपलियालाई खटाएको छ । मधेसमा नमिता यादवको नेतृत्वमा महमद अयुब, हेमराज पोखरेल, यम श्रेष्ठ, प्रदिप तिमल्सेना, मानबहादुर लामा, बागमतीमा सरिता ज्ञवालीको नेतृत्वमा अरनिको पाँडे, सुरज प्रधान, लव विष्ट, प्रकाश आचार्य, दीपक विश्वकर्मा र सुमनविक्रम पाण्डेलाई खटाएको छ ।

गण्डकीमा तोयाराज अधिकारीको नेतृत्वमा प्रदीप पाण्डे, गोकुल सापकोटा, हरि जोशी, कृष्णमान श्रेष्ठ, प्रमिला शर्मा भुसाल र नवराज पुडासैनीलाई खटाएको छ । यता लुम्बिनीमा अर्जुन अधिकारीको नेतृत्वमा इश्रामुल्ला मिया, होम क्षेत्री, गोपाल घिमिरे, महेन्द्र गुप्ता, कल्पना पाण्डे र हरिप्रसाद रिजाललाई जिम्मेवारी तोकेको छ । कर्णालीमा श्यामबाबु गौतमको नेतृत्वमा प्रभात अधिकारी, गणेशदत्त देवकोटा, शंकर ढकाल, सुशील अधिकारी र साजन विकलाई खटाएको छ ।

सुदूरपश्चिममा डा. कृष्ण भेटवालको नेतृत्वमा लक्ष्मण थारु, खेमराज साउद, शिवराज पन्त, कविन्द्र ठकुल्ला, कृष्ण न्यौपाने र जमुना शर्मालाई खटाएको छ ।  नेकपा एमालेले भने प्रदेशगतरुपमा यसरी प्रतिनिधि खटाउने कुनै निर्णय गरिनसकेको पार्टीका प्रचार विभाग संयोजक मीनबहादुर शाहीले बताए । उनले प्रतिनिधि खटाउनेबारे अर्को बैठकमा छलफल हुने बताए । ‘पार्टीले प्रतिनिधि खटाउने विषयमा कुनै निर्णय गरेको छैन । फागुन ४ गतेबाट औपचारिक सभा हुन्छ । केही दिनमा पार्टीले खटाउँला,’ शाहीले भने ।
 


प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP