Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
प्रतिनिधिसभा सदस्य निर्वाचन नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १९, २०८२
  • भदौ २३ र भदौ २४ लाई फरक तरिकाले विश्लेषण गरेर भदौ २४ गतेको दोष विद्रोही पक्षधरलाई लगाउने एमाले रणनीति, विध्वंसको विरोधमा मतदाताले आफूलाई मत जाहेर गर्ने आशा
  • जेन-जी विद्रोहले मागेको नेतृत्व परिवर्तनको मुद्दालाई विशेष महाधिवेशनमार्फत सम्बोधन गरेको र जेन-जी विद्रोहपछि सबैभन्दा नयाँ पार्टी नै नेपाली कांग्रेस बनेको दाबी
  • देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने नेकपाका संयोजक दाहालको उद्घोष

हामी घोषणापत्रमा सबैको सुझाव समेट्छौं । छलफल चलाइरहेका छौैं । हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । जनतालाई चित्त बुझ्नेगरी ल्याउँछौं ।
प्रदीप पौडेल
महामन्त्री, कांग्रेस

काठमाडौं- ललितपुर सैंबुका मानबहादुर रावत यसपटक नयाँ दललाई मत दिनुपर्ने बताउँछन् । ७५ वर्षे रावत ललितपुर क्षेत्र ३ का मतदाता हुन् । पुराना दलले सुशासन कायम गर्न नसकेको बताउँदै उनी यसपटक नयाँ दलका उम्मेदवारलाई मत दिने पक्षमा छन् । ‘नयाँ दलले केही गरेनन् । उनीहरु भ्रष्टाचारको वरपर घुमिरहे । त्यसैले नयाँ दललाई यो चोटि मौका दिने विचार गरेको छु,’ रावतले भने ।

रावतझैं काठमाडौं ४ का मतदाता बताउने लुना सुवेदी पनि यसपालि नयाँ दलतिर आकर्षित देखिइन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा धेरैले नयाँ अनुहार र नयाँ दललाई रोज्ने देखिएको ६० वर्षीया सुवेदी बताउँछिन् । ‘यो पालि सबैतिर नयाँ दलको चर्चा देखिन्छ । सडकदेखि सामाजिक सञ्जालमा नयाँ-नयाँ भन्दै छन्,’ उनी भन्छिन्, ‘यो लहरले सबैलाई तानिने हो कि जस्तो लाग्छ ।’

कतिपयले केही पनि भएन भन्ने एकतर्फी भाष्य निर्माण गर्न खोजिरहेका छन्, जुन सरासर गलत हो । हामीमध्ये धेरैले १० वर्ष अघिको नेपालको पूर्वाधार अवस्था देखेका छौं ।
डा. राजन भट्टराई
सचिव, नेकपा एमाले

Hardik health

युवा पुस्ता भदौ २३ र २४ को विद्रोहपछि युवा उम्मेदवारतिर आकर्षित देखिन्छ । युवामात्र नभएर अहिले प्रौढ पुस्ताले पनि जेन-जी विद्रोहबाट जन्मिएका नयाँ दल र नयाँ उम्मेदवारलाई मौका दिनुपर्ने मत राख्छन् । जेन-जी विद्रोहको मुद्दालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै एकल मुद्दा बनाएको देखिन्छ । यो विद्रोहमा अग्रपंक्तिमा देखिएका युवालाई रास्वपाले विभिन्न क्षेत्रमा उम्मेदवार बनाएका छन् ।

जेन-जी विद्रोहअघि सरकारको नेतृत्व गरिरहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ मा रास्वपाले बालेन्द्र (बालेन) शाहलाई प्रतिस्पर्धी बनाएको छ । काठमाडौं महानगरका मेयर रहँदा बालेनलाई युवाहरुले अनुमोदन गरेको देखिन्छ । बालेन अहिले पूर्वबाट पश्चिमसम्म चुनावी अभियानमा पुगेर काठमाडौं फर्किसकेका छन् । बालेनप्रति ‘क्रेज’ देखिएसँगै पुराना दल विशेष गरी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आफूप्रति ‘थ्रेट’ महसुस गरेको देखिन्छ ।

नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छौं । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौं ।
देव गुरुङ
नेता, नेकपा

सबैभन्दा बढी त एमाले अध्यक्ष ओलीले । उनले बालेनलाई ‘बतासे अण्डा’को संज्ञा दिँदा आफूसँग निर्वाचनमा केही गर्न नसकिने दाबी शनिबार गरे । ‘मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् सिंगौरी खेल्न । मैले धेरै केही भन्नु पर्दैन । अण्डा दुई प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साँच्चैको । बतासे अण्डाबाट चल्ला निक्लिँदैन । बतासे अण्डाहरुबाट कुनै चल्ला निस्किनेवाला छैन,’ ओलीले भने ।

ओलीले यसो भने पनि यो निर्वाचन हुन नसक्नेतिर इंगित गर्न पनि छाडेनन् । ओलीले सामाजिक सञ्जालमा नयाँ दलप्रति देखिएको क्रेजतिर संकेत गर्दै भने, ‘आगो बाल्न जानेको छ, देश बिगार्न जानेको छ, भड्काउन जानेको छ, तोडफोड गर्न जानेको छ, लुटपाट गर्न जानेको छ । यस्ता कुराहरुलाई क्रान्ति भनेर महिमा गाइएको छ । र, अरुमाथि विभिन्न प्रकारको आरोप लगाएको छ । यी आकासेखेती हुन् । यिनीहरु जनतासम्म पुगेका छैनन् । कहाँबाट कसले खेलाएका हुन् थाहा छैन । एउटा मोबाइल भन्ने भाँडो छ, त्यही भाँडाबाट देशमा हुडलो मच्चाएको छ ।’

यतिमात्र हैन उनले संसद् पुनस्र्थापनाका मुद्दा पर्दा पनि अदालत नबोलेकोमा अचम्म मानेका छन् । ‘हामीले संसद् पुनस्र्थापनाको माग गरिरहेका छौं । संविधान मिचिएको छ भनिरहेका छौं । अदालतले यसमा बोल्नुपर्छ,’ ओलीले भनेका छन् । ओलीले बाहिर यसो भन्दै गर्दा चुनावी तयारीमा भने रणनीति बनाएरै लागेको उनी निकट नेताहरु बताउँछन् ।

एमाले अहिले पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)तिर लागेका नेताहरु फकाउन लागिपरेको उनीहरु बताउँछन् । ‘बाहिर पार्टी अध्यक्षले चुनावको विरोध गरेको देखिए पनि भित्री रुपमा एमाले परिपक्व तरिकाले नतिजा आफ्नोपक्षमा पार्ने रणनीति बनाउन लागिपरेको छ । सुरुआती चरणमा पार्टी छाडेर नेकपातिर लागेका नेताहरुलाई फकाएर मत आफूतिर पार्ने तयारी छ,’ एमालेका ती नेताले भने । यतिमात्र हैन जेन-जी विद्रोहमा सबै पार्टी एकातिर हुँदा एमाले भने एक्लो रक्षात्मक बनेर उभिएको छ । एमालेले भदौ २३ मा र भदौ २४ लाई फरक तरिकाले विश्लेषण गरेर भदौ २४ गतेको दोष विद्रोह पक्षधरलाई लगाउने तयारीमा देखिन्छ । यसले भदौ २४ गते भएको विध्वंसको विरोधमा मतदाताले आफूलाई मत जाहेर गर्ने एमालेको आशा देखिन्छ । 

एमाले सचिव डा. राजन भट्टराई पार्टीले घोषणापत्रमार्फत पनि मतदातालाई आकार्षित गर्ने बताउँछन् । ‘कतिपयले केही पनि भएन भन्ने एकतर्फी भाष्य निर्माण गर्न खोजिरहेका छन्, जुन सरासर गलत हो । हामीमध्ये धेरैले १० वर्ष अघिको नेपालको पूर्वाधार अवस्था देखेका छौं । राजनीतिक अस्थिरताका बाबजुद पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ- सडक, खानेपानी, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवा विस्तार भएका छन्,’ भट्टराईले आइतबार एक कार्यक्रममा भने ।

यद्यपि, अहिलेको प्राथमिकता आर्थिक सुशासन भएको र लगानीको वातावरण बनाउनुपर्ने उनले बताए । ‘अहिलेको प्राथमिकता सुशासन र लगानीमैत्री वातावरण निर्माण हो । राजनीतिक स्थिरता नभएसम्म लगानीकर्ताले विश्वास गर्दैन । लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र कानुनी जटिलताको अन्त्य नगरी न आन्तरिक न वैदेशिक लगानी आकर्षित हुन्छ,’ उनले भने । 

यता नेपाली कांग्रेसले भने जेन-जी विद्रोहले मागेको नेतृत्व परिवर्तनको मुद्दालाई विशेष महाधिवेशनमार्फत सम्बोधन गरेको दाबी गरेको छ । ‘विद्रोहले नेतृत्व परिवर्तन गर्नु भनेको थियो । हामीले यो गरेका छौं,’ सभापति गगन थापाले भने, ‘जेन-जी विद्रोहपछि सबैभन्दा नयाँ पार्टी नै नेपाली कांग्रेस बनेको छ ।’

थापाको नेतृत्वमा अघि बढेको कांग्रेसले मधेस जोड्नेगरी नयाँ ‘भिजन’ ल्याउने तयारी गरेको छ । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्दै कांग्रेसले ‘भिजन-१०’ मार्फत मतदातालाई आफूतिर आकर्षित गरिरहेको छ । यतिमात्र हैन कांग्रेसले प्रत्यक्षमा १६५ मध्ये १०६ स्थानमा युवा उम्मेदवारहरुलाई मौका दिएको छ ।

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसले ‘१० बुँदामा घोषणापत्र’ ल्याउन लागेको र स्थिरतालाई प्रमुख मुद्दा बनाउने बताए । ‘हामीले घोषणापत्रमा राख्ने कन्टेन्टको विषयमा सबैसँग छलफल गरेर राख्नुपर्छ । हामी सबैको सुझाव समेट्छौं । छलफल चलाइरहेका छौैं,’ उनले भने, ‘हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । जनतालाई चित्त बुझ्नेगरी ल्याउँछौं । हामी भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहन्छौं ।’

यसैगरी कांग्रेसले विशेष महाधिवेशनमा असन्तुष्ट रहेको पक्षलाई पनि मनाउने कोसिस गरिरहेको छ । यता विभिन्न वाम शक्तिसँग एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी बनेको पुष्पकमल दाहाल नेतृत्वको दलले भने भावनात्मकरुपमा मत तान्ने प्रयास जारी राखेको छ । जेन-जी विद्रोहलाई समर्थन गरे पनि पछिल्लो समय कमजोर देखिएको यो दलका संयोजक पुष्पकमल दाहालले आइतबारमात्र भावनात्मक सन्देश जारी गरेका छन् । 

दाहालले आफू खलनायकका रुपमा इतिहासको पानामा हराउन आफू तयार नरहेको उल्लेख गर्दै देशलाई सही दिशामा नलगी राजनीतिबाट आराम नलिने उद्घोष गरेका छन्् । ‘यदि म धेरै अघि बिदा भएको भए सायद देशले मलाई नायकको रूपमामात्र सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन । तपाईंहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, यो तपाईंहरूको स्वतन्त्रता र अधिकारको कुरा हो । तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुने छ, जब तपाईंहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुने छ । म हार मान्न तयार छैन किनकि मेरो काम अझै सकिएको छैन,’ दाहालले भिडियो सन्देश जारी गर्दै भनेका छन् । 

नेकपाका नेता देव गुरुङले मतदाता आकर्षित गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने बताए ।  ‘नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छौं । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौं,’ गुरुङले भने । यद्यपि गुरुङले निर्वाचनको निष्पक्षतामाथि भने आशंका व्यक्त गरेका छन् । ‘निर्वाचनबाट प्रोक्सी दलहरु आउने त होइन भन्ने शंका छ,’ गुरुङले भने । विशेष महाधिवेशनअघि कांग्रेससँग तालमेलको प्रयासमा रहेको नेकपा अहिले एमालेसँग ‘सबै वाम, एक ठाम’ नीतिका साथ चुनावी गठबन्धनको गोप्य छलफलमा रहेकोसमेत बताइएको छ ।

 

 

नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छौं । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौं ।
देव गुरुङ
नेता, नेकपा


 


प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP