Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
नेपाल सेल्स मिसन कोलकता व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १८, २०८२

काठमाडौं - पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ ।

मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी र कूटनीतिक समुदायका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको थियो । कार्यक्रमले नेपाल र पश्चिम बंगालबीच प्रत्यक्ष व्यापारिक संवाद, नेटवर्किङ र नयाँ सहकार्यका सम्भावना पहिचान गर्ने अवसर प्रदान गरेको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जनाएका छन् । 

सेल्स मिसनमा नेपालबाट १९ वटा अग्रणी ट्राभल तथा टुर कम्पनी र एक होटलसहित २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया र वरिष्ठ अधिकृत जयशक्ति सर्राफले भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै नेपाललाई वर्षभरी नै भ्रमणयोग्य तथा बहुआयामिक गन्तव्यका रूपमा प्रस्तुत गरेका हुन् ।

Hardik health

कार्यक्रममा संयुक्त पर्यटन प्याकेज विकास, आपसी प्रचार–प्रसार अभियान सञ्चालन, व्यापारिक सम्झौता विस्तार र यात्रु प्रवाह सहज बनाउने विषयमा विशेष छलफल भएको थियो । पश्चिम बंगालका ट्राभल अपरेटरहरूले नेपाललाई नजिकको, सुरक्षित र विविध अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा लिँदै व्यापारिक सहकार्य विस्तारमा रुचि देखाएको कार्यक्रममा सहभागी सर्राफले जानकारी गराएका छन् । 

कार्यक्रममा नेपालको साहसिक, धार्मिक, सांस्कृतिक पर्यटनसँगै उदाउँदा निच पर्यटन क्षेत्रहरुबारे प्रस्तुती गरिएको छ । यसका साथै पश्चिम बंगालबाट छोटो तथा मध्यम अवधिका भ्रमण प्याकेजमार्फत पर्यटक संख्या बढाउन सकिने सम्भावनालाई उजागर गरिएको थियो । यस सन्दर्भमा मिसनमा सहकार्य गरेको बुद्ध एयरद्वारा काठमाडौं–कोलकाता रुटमा साप्ताहिक चार उडान सञ्चालन भइरहेको जानकारी दिँदै, हवाई सम्पर्कले पर्यटन व्यापारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमबाट सहभागी व्यवसायीहरूबीच सकारात्मक बी–टु–बी छलफल भएको, नयाँ व्यावसायिक सम्पर्क स्थापित भएको र दीर्घकालीन सहकार्यतर्फ ठोस आधार तयार भएको प्रतिक्रिया आएको छ । सञ्चारकर्मीको सक्रिय सहभागिताले पश्चिम बंगालमा नेपालको पर्यटन सम्भावनाबारे जानकारी फैलाउन सहयोग पुग्‍ने अपेक्षा गरिएको छ । 

बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले कोलकातामा सम्पन्न नेपाल सेल्स मिसनले व्यापारिक साझेदारी विस्तारमार्फत पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन उल्लेख्य रूपमा बढाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन् ।
 


प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक सोमबार, चैत २, २०८२
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’ आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP