Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उम्मेदवार घरदैलोमा, नेतृत्व घोषणापत्र लेख्दै 
प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार घरदैलोमा, नेतृत्व घोषणापत्र लेख्दै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १४, २०८२
  • कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा र एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेखन अन्तिम चरणमा 
  • नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा र रास्वपाले डा स्वर्णिम वाग्लेको नेतृत्वमा घोषणापत्र लेख्दै
  • एमाले लोकतन्त्रलाई लयमा ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीजस्ता पुरानै एजेण्डा अघि सार्दै, कांग्रेससहित अरु दल भने यथार्थवादी नारा तय गर्दै

काठमाडौं- फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो धाउन थालेका छन् । उम्मेदवारहरुले आफ्नै शैलीको नारासमेत तयार गरिसकेका छन् । 

दलहरुले भने घोषणापत्र तयार नपार्दा उनीहरु खाली हात मत मागिरहेका छन् । निर्वाचनमा एजेण्डा नै पहिलो विषय भन्दै मतदाताले भने घोषणापत्र खोजेका छन् । घोषणपत्र लेखनमा के गर्दै छन् त दलहरु । प्रमुख दल नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र लेख्न सुरु गरिसकेको जनाएको छ ।

मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले घोषणापत्र लेखन सुरु भएको जनाएको हो । कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन-१०’ समेटिने पार्टी प्रवक्ता देवराज चालिसेले बताए । घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यावहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने उनले बताएका छन् ।

कांग्रेसले गर्न सक्ने क्षमता, व्यावहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ । यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्ने छ ।
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस

Hardik health

गगन नेतृत्वमा पहिलोपटक आउन लागेको घोषणापत्रका लागि विज्ञहरुसँग छलफल लिइसकेको प्रवक्ता चालिसेको भनाइ छ । उनले कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नभइ यथार्थपरक रहने बताए । ‘कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्टरूपमा उल्लेख गरिने छ । घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,’ चालिसेले भने ।

स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिनेसमेत उनले बताए । घोषणापत्रमा जेन–जी विद्रोहका क्रममा उठेका सवालहरुसमेत कांग्रेसले समेट्ने तयारी गरेको छ । ‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यावहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ । यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्ने छ,’ चालिसेले भने ।

कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधन गर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने तयारी गरेको छ । पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको बताइएको छ । कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्दै विशेष महाधिवेशनमा प्रस्तुत प्रतिवेदनका विषयहरु समेटेर घोषणापत्र ल्याउने तयारी गरेको छ ।

यता नेकपा एमालेले घोषणापत्र निर्माणको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओली झापाबाट फर्केसँगै घोषणापत्र निर्माणमा जुटेका छन् । घोषणापत्र मस्यौदा समितिमा उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा, केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यो समितिले घोषणापत्र लेखनको काम तीव्र गतिमा अघि बढाइसकेको पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले बताए । 

एमालेले यसपटक पुरानै नारा समेटेर घोषणापत्र ल्याउने तयारी गरेको शाहीले बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पनाअनुसार घोषणापत्र तयारी गरिरहेको नेता शाही बताउँछन् । जेन-जी विद्रोहको विरोध गर्दै आएको एमालेले लोकतन्त्रलाई लयमा ल्याउने विषयलाई मुख्य एजेण्डा बनाउने तयारीसमेत गरेको छ । एमालेले विज्ञसँग छलफल गरी घोषणापत्र तयारी अवस्थामा राखेको र केही दिनमा सार्वजनिक गर्ने शाहीले बताए । 

यता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यो निर्वाचनमा मुख्य गरी सुशासन, सामाजिक न्याय र समृद्धिको मुद्दा घोषणापत्रमा समेट्ने तयारी गरेको छ । नेकपाले नेता नारायणकाजी श्रेष्ठलाई घोषणपत्र लेखनको संयोजक तोकेको छ । यो समितिमा प्रमेश हमाल, भीम रावल, देव गुरुङ, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, हरिबोल गजुरेल, राजेन्द्र श्रेष्ठ, पम्फा भुसाल, रामचन्द्र झा, हरि चौधरी, हाकिकुल्ला खाँ, अजम्बर काङबाङ, शेरबहादुर कुँवरलगायत छन् ।

नेता राजेन्द्र श्रेष्ठका अनुसार घोषणापत्र मस्यौदा कमिटीले मस्यौदा तयार गरिरहे पनि सार्वजनिक गर्ने मिति तय भइसकेको छैन । यसपटक नेकपाभित्र प्रत्यक्ष कार्यकारी राख्नुपर्ने विषय जोडका साथ उठेको नेताहरु बताउँछन् । तर यो विषय समेटिन्छ वा समेटिदैनन् भन्ने विषय यकीन भइनसकेको श्रेष्ठ बताउँछन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा वाचापत्र लेखन कार्य निरन्तर भइरहेको पार्टीका प्रवक्ता मनिष झाले बताए । 

झाका अनुसार फागुन महिनाको पहिलो साताभित्र उक्त दस्तावेज सार्वजनिक गर्ने तयारी छ । रास्वपाले वाचापत्र बनाउन ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन गरेको छ । उक्त कार्यदलमा डा. नन्दन यादव, डा. अरनिको पाण्डेलगायत विभिन्न क्षेत्रका विज्ञ तथा नेताहरूको सहभागिता रहेको जनाइएको छ । कार्यदलले पार्टीको नीति, दृष्टिकोण र शासन प्रणालीसम्बन्धी प्राथमिकताहरू समेट्ने गरी मस्यौदा तयार गरिरहेको प्रवक्ताको भनाइ छ । रास्वपाले पूर्वमेयर बालेन्द्र (बालेन) शाह लाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर दैश दौडाह अभियान चलाएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, उज्यालो नेपाल, नेकपा संयुक्तलगायत दलले पनि चुनावी घोषणापत्र बनाइरहेका छन् । यी घोषणापत्रमा कस्ता एजेण्डा समावेश गर्छन् भन्ने विषय सार्वजनिक गरेका छैनन् ।


 


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP