Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  •  कठिन अभिभारासहित गगन मधेसमा
 कठिन अभिभारासहित गगन मधेसमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ११, २०८२

 

एकपटक मधेसको नेतृत्व गर्न सकेँ भनेमात्रै बल्ल देशको नेतृत्वका लागि योग्य हुन्छु ।
गगन थापा
सभापति, नेपाली कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसको नियमित महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण सम्भव नदेखिएपछि विशेष महाधिवेशनको बाटो हुँदै सभापति बनेका गगन थापाले नेतृत्व सम्हालेको दुई साता पुगेको छ । यद्यपि, उनी अझै पूर्णवैधानिक सभापति भने भइसकेका छैनन् ।

अपदस्थ सभापति शेरबहादुर देउवापक्षले पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको टुंगो लाग्न बाँकी छ । कानुनी प्रक्रिया जारी रहे पनि थापा राजनीतिकरूपमा भने स्थापित भइसकेका छन् । कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेको छ । यही राजनीतिक पृष्ठभूमिमा थापा आज मधेस झर्दै छन् । उनी सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुने लक्ष्यसहित मधेस जान लागेका हुन् ।

Hardik health

गगन थापा कांग्रेसको पुरानो आधार मधेसमा पुनः स्थापित गर्न चाहन्छन् । तर उनको मुख्य चुनौती भनेको कांग्रेसबाट अलग भएका असन्तुष्ट शक्तिलाई पुनः जोड्नु हो ।
चन्द्रकिशोर
राजनीतिक विश्लेषक

मधेस जानुअघि शनिबार काठमाडौंमा थापाले सर्लाही-४ बाट उम्मेदवारी दिनु आफ्नो सचेत निर्णय भएको बताए । ‘यो पटक आँट गरेर सर्लाही-४ बाट उम्मेदवारी दिएँ,’ उनले भने । थापा चारपटक संसद् पुगिसकेका नेता हुन् । पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका उनी २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले लगातार जित्दै आएको निर्वाचन क्षेत्र काठमाडौं-४ हो । तर, यसपटक उनले उक्त क्षेत्र छाडेर मधेसको सर्लाही-४ रोजेका छन् ।

१८ वर्षको संसदीय अनुभव बोकेका थापाले यसपटक किन सुरक्षित क्षेत्र परित्याग गरे भन्ने विषयलाई राजनीतिकवृत्तमा चासोका साथ हेरिएको छ । तर, यसबारे उनले भनेका छन्, ‘एकपटक मधेसको नेतृत्व गर्न सकेँ भनेमात्रै बल्ल देशको नेतृत्वका लागि योग्य हुन्छु ।’

मधेस मामिलाका जानकार चन्द्रकिशोरका अनुसार थापाको मधेस उम्मेदवारी रणनीतिक छ । ‘गगन थापा कांग्रेसको पुरानो आधार मधेसमा पुनः स्थापित गर्न चाहन्छन्,’ उनले प्रभावसँग भने, ‘तर उनको मुख्य चुनौती भनेको कांग्रेसबाट अलग भएका असन्तुष्ट शक्तिलाई पुनः जोड्नु हो ।’

सभापति थापा यतिबेला उनको राजनीतिक जीवनकै सर्वाधिक चुनौती सामना गर्ने ठाउँमा छन् । यो यथार्थ स्वीकार्दै उनले सभापति निर्वाचित भएको नवौं दिन पार्टी कार्यालय सानेपा पुगेर भने, ‘हामी सीधा बाटोबाट यहाँ आएका होइनौं ।’ उनकै शब्दमा भन्दा पार्टी बदल्नु छ । बदलिएको कांग्रेस पार्टीलाई निर्वाचनबाट पहिलो दल बनाउनु छ र देश बदल्नु छ । थापाका लागि यो त ठूलो अभिभारा हो । जबकि, विशेष महाधिवेशनपछि कांग्रेसभित्रका समूहगत विभाजन थप स्पष्ट देखिन थालेका छन् । सभापति थापाको पदभार ग्रहण समारोहमा देउवा समूहका प्रभावशाली नेताहरूको अनुपस्थिति त्यसको संकेत मानिएको छ ।

यद्यपि, कांग्रेस नेता मधु आचार्य भने पार्टी क्रमशः एकताबद्ध हुने दाबी गर्छन् । ‘अब सबै कुरा सामान्य बन्दै जान्छ । निर्वाचनमा एकताबद्ध कांग्रेस देख्नुहुन्छ,’ उनले भने ।  तर, उम्मेदवारी चयन प्रक्रियामा सभापति थापाले देउवा र शेखर कोइराला पक्षलाई सीमित गरेको बुझाइ कांग्रेसभित्रै छ । यसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ ।

चुनाव जित्नै चुनौती
अघिल्ला निर्वाचनमा थापा आफ्नो क्षेत्रमा केन्द्रित भएर चुनावी गतिविधि गर्थे । तर, यसपटक उनी उम्मेदवारमात्र होइनन्, पार्टी सभापतिका रूपमा देशभर कांग्रेसको चुनावी नेतृत्व गर्ने जिम्मेवारीमा छन् । आफू जित्नुका साथै अन्य कांग्रेस उम्मेदवारहरूलाई जिताउने वातावरण बनाउनु उनको प्रमुख दायित्व बनेको छ ।

अर्कोतिर, उनी कांग्रेसले अघि सारेको भावी प्रधानमन्त्री हुन् । त्यसो हुनाले उनको अर्को अभिभारा कांग्रेसलाई पहिलो दल बनाउनु हो । मिश्रित निर्वाचन प्रणालीमा दलहरूलाई बहुमत ल्याउनै कठिन हुँदै आएको छ । तैपनि सभापति थापाले देशकै ठूलो दल बनाउने र एकल सरकार गठन गर्नेगरी चुनावी परिचालनको कमाण्ड उपसभापति विश्वप्रकाश शर्मालाई दिएका छन् । थापाले पार्टी पंक्तिलाई आ-आफ्नो क्षेत्रमा केन्द्रित भएर लाग्न निर्देशन दिँदै आएका छन् । शनिबार पनि उनले भने, ‘सबै साथीहरू आफ्नो क्षेत्रमा जानुहोस् । एकमना भएर लागौं । सर्लाहीजस्ता ठाउँमा अनावश्यक भीड नल्याऔं ।’

थापाले चुनाव लड्ने भएको सर्लाही-४ मा उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंह छन् । सिंह कांग्रेसका पूर्वसांसद हुन् । २०७४ मा कांग्रेसबाट निर्वाचित भएका उनी पार्टीसँग असन्तुष्ट भएपछि स्वतन्त्र उम्मेदवार बनेर २०७९ मा विजयी भएका थिए । सिंहसँगको चुनावी प्रतिस्पर्धामा सभापति थापाको जित कि हार ? २१ फागनुको निर्वाचनपछि मतपेटिका खोल्दा थाहा हुन्छ ।

तर, थापा आज मधेस जाँदै गर्दा पार्टीलाई एकताबद्ध बनाउने, कांग्रेसको जनाधार मधेसमा सुधार्नेदेखि आफूसँगै पार्टीका अन्य उम्मेदवारहरूलाई जिताउन माहोल बनाउनुपर्ने दायित्व पनि बहन गर्नुपर्ने भएको छ ।
 


प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP