काठमाडाैं- भक्तपुर-२ मा शोभा पाठक (जानुका)ले उम्मेदवारी दिएकी छन् । उनले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी हुन् ।
उनी निर्वाचन अधिकृतको कार्यालयमा नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराउन पुगेकी छन् । पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ । उनी महेश बस्नेतसँग चुनाव लड्ने भएकी छिन् ।
सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शोभाको बस्नेतसँग विवाद रहँदै आएको छ ।