Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ? 
कांग्रेसबाहेकका शीर्ष नेताको चुनावी क्षेत्र टुंगो, को कहाँबाट उम्मेदवार ? 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ५, २०८२
  • एमाले अध्यक्ष केपी शर्मा ओली-झापा-५
  • नेकपा संयोजक पुष्पकमल दाहाल-रुकुमपूर्व
  • रास्वपा सभापति रवि लामिछाने-चितवन-२
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन-झापा-३
  • प्रलोपा नेता डा. बाबुराम भट्टराई-गोरखा-२
  • कांग्रेस र जसपा नेपालको टुंगो लाग्न बाँकी

काठमाडौं- नेपाली कांग्रेसबाहेक सबै दलले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याइरहेका छन् । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, श्रम संस्कृति पार्टीलगायत दलले उम्मेदवार टुंग्याइसक्न लागेका हुन् । 

जेन-जी विद्रोहपछि हुन लागेको प्रतिनिधिसभाको मध्यावधि निर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । जेन-जीलाई समेत उम्मेदवार बनाउँदै दलहरूले निर्वाचनको माहोल तताइरहेका छन् । तर, दलहरूका शीर्षस्थ नेताहरू कहाँबाट चुनाव लड्छन् ? आम चासो छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट निर्वाचन लड्दै छन् । उनी आठौंपटक निर्वाचन लड्न लागेका हुन् । छ पटक जित र एकपटक हारेका ओली तीनपटक प्रधानमन्त्री भइसकेका छन् । यो क्षेत्रमा माओवादीले २०६४ मा बाहेक सबै चुनाव एमालेबाट ओलीले जित्दै आएका छन् । त्यसो हुनाले यो क्षेत्र एमालेको लालगढ हो ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल रुकुमपूर्व पुगेका छन् । ‘घुमन्ते उम्मेदवार’को पहिचान बनाएका दाहालले निर्वाचन लड्न लागेको रुकुमपूर्व माओवादीको बलियो प्रभाव भएको क्षेत्र हो । विगतमा यो क्षेत्रबाट जनार्दन शर्माले निर्वाचन जित्दै आएका थिए । शर्माले पार्टी छाडेपछि दाहाल उम्मेदवार बन्ने भएका हुन् । १० वर्षे माओवादी युद्धका सर्वोच्च कमाण्डरसमेत रहेका दाहाल तीनपटक प्रधानमन्त्री भइसके । यसबीचमा उनले रोल्पा, काठमाडौं, चितवन, सिरहा र गोरखाबाट निर्वाचन लडे । उनी यसपटक माओवादी जनयुद्धको ‘इपिसेन्टर’ रुकुमपूर्व पुगेका हुन् । 

Hardik health

पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा. बाबुराम भट्टराई गोरखा-२ बाट उम्मेदवार भएका छन् । यो उनको पुरानो निर्वाचन क्षेत्र हो । २०७९ मा उनले आफ्नो क्षेत्र नेकपा अध्यक्ष दाहालका लागि छाडेका थिए । त्यसबेला दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकता गर्ने समझदारी थियो । तर, पछि एकता भएन । यस्तोमा भट्टराईले आफ्नो पुरानो जितको विरासत फर्काउनेगरी निर्वाचनमा होमिने निर्णय गरेका हुन् । यसअघि उनले निर्वाचन नलड्ने घोषणा गरेका थिए । तर, आइतबार भने उनले उम्मेदवार बन्ने निर्णय गरेका हुन् । 

अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल रौतहट-१ बाट उम्मेदवार बनेका छन् । नेपाल अघिल्लोपटक पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको यो प्रभाव क्षेत्र हो ।  नेकपाकै वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनी इलाम-१ बाट यसअघि निर्वाचन लड्दै आएका थिए । गत २०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचन लड्दा आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँग पराजित भए । यसपटक एमालेले त्यहाँ कोशी प्रदेशका पूर्वसांसद काजीमान कागतेलाई उम्मेदवार बनाएको छ । खनालले भने यसपटक निर्वाचन नलड्ने भएका हुन् ।

नेकपाकै वरिष्ठ नेता वामदेव गौतम बर्दिया-१ बाट उम्मेदवार बनेका छन् । उनी पूर्वउपप्रधान तथा गृहमन्त्री हुन् । यो उनको परम्परागत निर्वाचन थलो हो । तर, केहीपटक उनी पुख्र्यौली थलो प्युठानबाट पनि चुनाव लडे । प्रतिनिधिसभा निर्वाचनकै लागि उनले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् । आगामी फागुनको २० गतेसम्म पदावधि छँदै प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न उनले आइतबार राजीनामा दिएका हुन् । 

नेकपाकै नेता तथा पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन् । उनी विगतमा गोरखाबाट निर्वाचन लड्थे । आफ्नो चुनाव क्षेत्र छाडेर उनी सर्लाही झर्ने भएपछि पार्टीभित्र असन्तुष्टि पनि बढेको छ । नेकपा नेता डा. भीम रावल अछाम-१ बाट निर्वाचन लड्ने भएका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री रावलले गत २०७९ को निर्वाचनमा प्रतिस्पर्धा गर्न पाएनन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नै दिएनन् । हालै नेकपा प्रवेश गरेका उनलाई संयोजक दाहालले उम्मेदवार बनाएको हो । रावल यस क्षेत्रबाट पटक-पटक निर्वाचित नेता हुन् । 

एमालेले पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई रुपन्देही-२ मा उम्मेदवार बनाएको छ । यसअघि पाल्पा-२ मा उनको नाम थियो । त्यहाँबाट गत निर्वाचनमा एमालेकै नेता ठाकुर गैरे निर्वाचित भएका थिए । उनकै ठाउँमा पौडेलको नाम हुँदा असन्तुष्टि बढेको थियो । यसपछि ओलीले पौडेललाई रुपन्देही-२ मै फर्काएको हो । पौडेलले पटक-पटक यहाँबाट निर्वाचन जितेका छन् ।  एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट उम्मेदवार बन्ने भएका छन् । कहिल्यै प्रत्यक्ष निर्वाचन नजितेका पोखरेलको नाम यसअघि सार्वजनिक उम्मेदवारहरूको सूचीमा थिएन । तर, उनलाई ओलीले दाङ-२ मै निर्वाचन लडाउने भएका हुन् । विगतमा पोखरेलको संसद् यात्रा समानुपातिक निर्वाचन प्रणालीबाटै भयो । उनी अघिल्लोपटक तत्कालीन माओवादी नेत्री रेखा शर्मासँग पराजित भ्एका थिए ।

एमालेले उपाध्यक्ष गोकर्ण विष्टलाई गुल्मी-२ बाट र अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई लम्जुङबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । उपमहासचिवहरू लेखराज भट्टलाई कैलाली-४ र रघुवीर महासेठलाई धनुषा-१ उम्मेदवार बनाएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई चितवन-२ बाटै उम्मेदवार बन्ने भएका छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचन र त्यसपछि भएको उपनिर्वाचनमा त्यस क्षेत्रबाट भारी मतका साथ विजयी भएका थिए । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी मुद्द काठमाडौं, कास्की, चितवन, रुपन्देही र पर्सा अदालतमा विचाराधीन छ । गत बुधबार सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी दुई गम्भीर मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयले निर्णय गरेपछि उनलाई उम्मेदवार बन्ने बाटो खुलेको हो । 

रास्वपाले वरिष्ठ नेता बालेन्द्र (बालेन) साहलाई झापा-५ मै उम्मेदवार बनाउने निश्चित भएको छ । उनले मंगलबार त्यहाँ पुगेर उम्मेदवारी दर्ता गर्ने भएका हुन् । त्यसकै लागि उनले आइतबार काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिए । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ-१ बाट निर्वाचन लड्ने भएका छन् । उनी २०८० मा भएको उपनिर्वाचनमा त्यहाँबाट निर्वाचित भएका थिए । उनी अर्थशास्त्री हुन् ।   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३ बाटै निर्वाचन लड्ने भएका छन् । २०७४ र २०७९ मा उनले एमालेको समर्थनमा यही क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् । पूर्वउपप्रधान तथा ऊर्जामन्त्री रहेका लिङ्देनले पूर्ववत् क्षेत्र नछाड्ने भएका हुन् । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कहाँबाट निर्वाचन लड्ने भन्ने टुंगो लागेको छैन । २०७९ मा भएको निर्वाचनमा उनी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भए । पछि बारा-२ मा भएको उपनिर्वाचनमा निर्वाचित भए । यसपटक कहाँबाट निर्वाचन लड्ने भन्ने आज टुंगो लाग्ने प्रवक्ता मनिष सुमनले बताए ।  जनमतका अध्यक्ष डा. राउत सप्तरी-२ बाटै निर्वाचन लड्ने भएका छन् । यस्तै, चुनावी तालमेल गरेका राष्ट्रिय मुक्ति पार्टीका नेता राजेन्द्र महतो, जसपा नेता अशोककुमार राई, नाउपा नेता रेशमलाल चौधरीसँग चुनाव क्षेत्र संख्या बाँडफाँट भए पनि कहाँदेखि चुनाव लड्ने निश्चित भइसकेको छैन । 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी-१ बाट उम्मेदवार बन्दै छन् । यो क्षेत्रबाट २०४८ मा पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले निर्वाचन जितेका थिए । उनी त्यसबेला एमालेबाट निर्वाचन लडेका थिए । त्यसपछि २०६४ मा माओवादीका किरणकुमार राईले एकपटक जितेबाहेक सबै निर्वाचन एमालेका उम्मेदवार वा एमाले समर्थित उम्मेदवारले निर्वाचन जिते । त्यसले गर्दा एमालेको प्रभाव क्षेत्रमा हर्कले उम्मेदवारी घोषणा गरेका हुन् । 

विघटित प्रतिनिधिसभाको मुख्य दल नेपाली कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन । हालै विशेष महाधिवेशन गरेका गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि कांग्रेसको देउवा समूह आइतबार सर्वोच्च अदालत पुगेको छ । यसले कानुनी झमेलामा फसेको कांग्रेसले आज उम्मेदवार टुंगो लगाउने तयारी गरेको प्रवक्ता देवराज चालिसेले बताए । 
‘हामी आज उम्मेदवारहरू टुंगो लगाउँछौं र निर्वाचनमा होमिन्छौं,’ उनले प्रभावसँग भने । 
प्रतिनिधिसभा निर्वाचन क्षेत्र देशभर १६५ वटा रहेको छ । केही दललेमात्रै सबै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न लागेको छ । निर्वाचन आगामी २१ फागनुमा हुँदै छ । 


प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP