काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र अभियन्ता सुधन गुरुङ आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय जाने भएका छन् ।
गुरुङले सामाजिक सञ्जालमार्फत आज दिउँसो ३:३० बजे आफूहरू रास्वपाको कार्यालय जान लागेको उल्लेख गरेका छन् ।
रास्वपा प्रवेशको घोषणा गर्दै सुधन गुरुङले यो निर्णय कुनै व्यक्तिगत स्वार्थ वा पदका लागि नभई जनताको चाहना र जिम्मेवारीका कारण लिइएको बताएका छन् ।