Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२

वालिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाबाट दुई उम्मेदवारको टुंगाे लगाएको छ । एमालेले स्याङ्जा क्षेत्र नं १ मा मीनप्रसाद गुरुङ र क्षेत्र नं २ मा खिमबहादुर थापाको नाममा टुंगाे लगाएको हो ।

गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य थिए । नेकपा एमाले स्याङ्जाका पूर्वअध्यक्षको जिम्मेवारी लिइसकेका गुरुङले विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्व लिएर काम गरेको अनुभव छ । क्षेत्र नं २ मा छनोट भएका थापा कालीगण्डकी गाउँपालिकाको अध्यक्ष छन् । विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा थापा विजयी भएका थिए । दोस्रो पटक गाउँपालिकाको अध्यक्षका रूपमा बहालवाला रहँदारहँदै थापालाई पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यमा छनोट गरेको हो ।

प्रतिनिधिसभा सदस्यमा छनोट भएसँगै गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर निर्वाचन केन्द्रीत गतिविधिमा सक्रिय हुने उनले बताए  । थापा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको महासचिव र नेकपा एमालेको केही समयअघि सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा विजयी भएका थिए । स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी निर्वाचनका गतिविधि सञ्चालन भइरहेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

Sonam Lhosar
Hardik health

यसपटकको निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता छन् । विसं २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक जना मतदाता छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३०  हजार ८८६ मतदाता रहेका छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता रहेका छन् । नेकपा एमालेबाहेक अन्य राजनीतिक दलले स्याङ्जामा आधिकारिक रूपमा उम्मेदवारको टुंगाे लगाउन बाँकी छ ।


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार आइतबार, माघ ४, २०८२
उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो आइतबार, माघ ४, २०८२
गगनले स्वीकारे ओली-देउवा सहमति 
गगनले स्वीकारे ओली-देउवा सहमति  आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल शुक्रबार, माघ २, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP