Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनले स्वीकारे ओली-देउवा सहमति 
राष्ट्रिय सभा निर्वाचन गगनले स्वीकारे ओली-देउवा सहमति 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२

 

राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन । राष्ट्रिय सभा सदस्यका लागि एमालेसँग गरिएको सहमति कायम राख्छौं ।
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनलाई निरन्तरता दिने भएको छ ।  विशेष महाधिवेशनमार्फत चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि कांग्रेस-एमालेबीच भएको सहमतिको भविष्यलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको थियो । तर, कांग्रेसले पुरानै सहमति निरन्तर रहने बताएको हो । 

विशेष महाधिवेशनको बन्दसत्रबाट पारित राजनीतिक दस्तावेजमा गठबन्धन नगर्ने भनिएको थियो, त्यसले संशय उत्पन्न गरेको थियो तर कांग्रेस प्रवक्ताको सहमतिलाई निरन्तरता दिने भन्ने कुराले संशय रहेन ।
महेश बस्नेत
सचिव, नेकपा एमाले

Hardik health

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले कसैसँग गठबन्धन नगरी चुनावमा जाने घोषणा गरेका थिए । त्यसविपरीत उनले पूर्वसभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई स्वीकारेका हुन् ।  कांग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्न नहुने बताए । ‘अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति हो । राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन । राष्ट्रिय सभा सदस्यका लागि एमालेसँग गरिएको सहमति कायम राख्छौं,’ उनले प्रभावसँग भने ।

उनका अनुसार राष्ट्रिय सभा निर्वाचनको प्रकृति नै फरक भएकाले यसलाई प्रतिनिधिसभा निर्वाचनसँग तुलना गर्न नमिल्ने धारणा कांग्रेसको छ । यसअघिको केन्द्रीय समितिले गरेका निर्णयहरू निरन्तरताको सिद्धान्तअनुसार नयाँ समितिले पनि मान्यता दिने उनको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट सचिव महेश बस्नेतले कांग्रेसको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘विशेष महाधिवेशनको बन्दसत्रबाट पारित राजनीतिक दस्तावेजमा गठबन्धन नगर्ने भनिएको थियो, त्यसले संशय उत्पन्न गरेको थियो तर कांग्रेस प्रवक्ताको सहमतिलाई निरन्तरता दिने भन्ने कुराले संशय रहेन,’ उनले भने ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । तीमध्ये एक जना बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । उनको पद रिक्त भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले पुनः अर्को व्यक्तिलाई प्रधानमन्त्रीको सिफारिसमा मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । बाँकी १८ सदस्यका लागि भने निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । निर्वाचन आयोगका अनुसार गत पुस २३ गते मनोनयन दर्ता भइसकेको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट ४४ जनाको उम्मेदवारी परेको हो । निर्वाचनमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धन गरेका छन् । बाँकी दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका हुन् । प्रदेशगत मतभारलाई आधार मान्दा कांग्रेस र एमाले चुनावी गठबन्धनमा रहँदा सबै प्रदेशबाट सहज जित हुने अवस्था छ । नेकपालाई जित निकाल्न निकै कठिन हुने भएको छ । 

गठबन्धनपछि कांग्रेसले सबैभन्दा बढी नौ सिट पाएको छ । एमालेले आठ सिट पाउँदा जसपाले एक सिट पाएको छ । यही ११ माघमा निर्वाचन १८ सिटका लागि हुँदै छ । सोहीअनुसार गत २३ पुसमा सबै प्र्रदेशमा उम्मेदवारी दर्ता भएको थियो ।  आयोगका अनुसारका कोशीमा दुई सिटमा निर्वाचन हुँदै छ । अन्य सिटबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएपछि महिला सिट र दलित क्लस्टरमा मात्रै निर्वाचन हुँदै छ । त्यहाँ नेपाल कम्युनिस्ट पार्टीबाट महिला क्लस्टरमा नमिता न्यौपानेको उम्मेदवारी परेको छ । उनीसँगै नेकपा एमालेकी रोशनी मेचे प्रतिस्पर्धामा छिन् । दलित क्लस्टरमा नेपाल कम्युनिस्ट पार्टीका खेमराज नेपाली र एमालेका सोमनाथ पोर्तेल -प्रतिस्पर्धामा छन् । 

मधेश प्रदेशमा महिलाबाट जनता समाजवादी पार्टी नेपालकी चन्द्रकलादेवी साहको उम्मेदवारी परेको छ । त्यहाँ एमालेकी रेखाकुमारी झा र नेपाल कम्युनिस्ट पार्टीकी शमीकुमारी अग्रवाल पनि प्रतिस्पर्धामा छिन् ।  दलितमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवानसँग नेपाली कम्युनिस्ट पार्टीका शम्भु पासवान हजारी र जसपाकी चमेलीदेवी दास प्रतिस्पर्धामा उत्रिएका छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट रामनन्दन प्रसाद, रञ्जित कर्ण र शैलेशकुमार चौधरीको उम्मेदवारी छ । प्रसाद नेपाली कम्युनिस्ट पार्टी, कर्ण कांग्रेस र चौधरी जसपा नेपालका उम्मेदवार हुन् । 

अन्यबाट महन्थ ठाकुर र लक्ष्मण पौडेल उम्मेदवार छन् । ठाकुर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष हुन् । उनलाई कांग्रेस, एमाले र जसपाको साथ छ । पौडेल नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भएको निर्वाचन आयोगले जनाएको छ ।  बागमतीमा महिला कोटामा कांग्रेसकी गीता देवकोटासँग नेपाल कम्युनिस्ट पार्टीकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन चुनाव लड्दै छन् । अन्य सिटमा अन्य विक्रम ढुकुछु, प्रेमप्रसाद दंगाल र प्रेमप्रसाद सापकोटा उम्मेदवार छन् । ढुकुटु नेपाल मजदुर किसान पार्टी, दंगाल नेकपा एमाले र सापकोटा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुन् । 

गण्डकीमा महिला सिटमा एमालेकी सम्झना देवकोटा उम्मेदवार छिन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीकी गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटाले टक्कर दिने भएका छन् । अन्य सिटमा नेपाली कम्युनिस्ट पार्टीका कपिल लामा उम्मेदवार छन् । उनीसँग चुनावी प्रतिस्पर्धामा कांग्रेसका जगत तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल मैदानमा छन् ।  लुम्बिनी प्रदेशको महिला सिटमा नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गाकुमारी भण्डारी उम्मेदवार छिन् । उनीसँग राष्ट्रिय जनमोर्चाकी  पद्मा पण्डित र एमालेकी रामकुमारी झाँक्री प्रतिस्पर्धामा छन् । झाँक्री गत मंसिरको तेस्रो साता एमाले फर्किएकी नेत्री हुन् । पूर्वमन्त्रीसमेत रहेकी झाँक्री राष्ट्रिय राजनीतिमा चर्चित पात्र हुन् । 

लुम्बिनीमै अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सिटमा नेपाली कांग्रेसका वासुदेव घिमिरे र नेपाली कम्युनिस्ट पार्टीका सर्जन विक उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका वोमबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका बृहस्पति अधिकारीको उम्मेदवारी छ ।  कर्णालीको महिला सिटमा नेपाली कम्युनिस्ट पार्टीकी अञ्जु महतरा र नेकपा एमालेकी मीनासिंह रखाल उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेपाली कम्युनिस्ट पार्टीका बुद्धिप्रसाद शर्मा चुनावी प्रतिस्पर्धामा छन् । सुदूरपश्चिम प्रदेशको महिला सिटमा एमालेकी लिलाकुमारी भण्डारी र नेपाल कम्युनिस्ट पार्टीकी रोजी बस्नेत तथा अन्यमा कांग्रेसका खम्बबहादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसी उम्मेदवार छन् । 

निर्वाचन यही ११ माघमा हुँदै छ । निर्वाचनमा मतदाता प्रदेश र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष हुन् । उनीहरूको मतभार तोकिएको छ । निर्वाचन आयोगले प्रदेशको राजधानीमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मतदानस्थल र मतदान केन्द्रको पनि व्यवस्था गरिएको जनाएको छ ।  आगामी २१ फागुनमा राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १८ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । एक जना राष्ट्रपतिबाट मनोनीत हुनाले उक्त पदमा निर्वाचन नहुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।
 


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP