Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनले स्वीकारे ओली-देउवा सहमति 
राष्ट्रिय सभा निर्वाचन गगनले स्वीकारे ओली-देउवा सहमति 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२

 

राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन । राष्ट्रिय सभा सदस्यका लागि एमालेसँग गरिएको सहमति कायम राख्छौं ।
देवराज चालिसे
प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनलाई निरन्तरता दिने भएको छ ।  विशेष महाधिवेशनमार्फत चयन भएको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि कांग्रेस-एमालेबीच भएको सहमतिको भविष्यलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको थियो । तर, कांग्रेसले पुरानै सहमति निरन्तर रहने बताएको हो । 

विशेष महाधिवेशनको बन्दसत्रबाट पारित राजनीतिक दस्तावेजमा गठबन्धन नगर्ने भनिएको थियो, त्यसले संशय उत्पन्न गरेको थियो तर कांग्रेस प्रवक्ताको सहमतिलाई निरन्तरता दिने भन्ने कुराले संशय रहेन ।
महेश बस्नेत
सचिव, नेकपा एमाले

Sonam Lhosar
Hardik health

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले कसैसँग गठबन्धन नगरी चुनावमा जाने घोषणा गरेका थिए । त्यसविपरीत उनले पूर्वसभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिलाई स्वीकारेका हुन् ।  कांग्रेस प्रवक्ता देवराज चालिसेले राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्न नहुने बताए । ‘अघिल्लो केन्द्रीय समितिको अविछिन्न रूपमा रहेको वर्तमान केन्द्रीय समिति हो । राष्ट्रिय सभा निर्वाचनलाई चुनावी गठबन्धनका रूपमा बुझ्नु हुँदैन । राष्ट्रिय सभा सदस्यका लागि एमालेसँग गरिएको सहमति कायम राख्छौं,’ उनले प्रभावसँग भने ।

उनका अनुसार राष्ट्रिय सभा निर्वाचनको प्रकृति नै फरक भएकाले यसलाई प्रतिनिधिसभा निर्वाचनसँग तुलना गर्न नमिल्ने धारणा कांग्रेसको छ । यसअघिको केन्द्रीय समितिले गरेका निर्णयहरू निरन्तरताको सिद्धान्तअनुसार नयाँ समितिले पनि मान्यता दिने उनको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट सचिव महेश बस्नेतले कांग्रेसको निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘विशेष महाधिवेशनको बन्दसत्रबाट पारित राजनीतिक दस्तावेजमा गठबन्धन नगर्ने भनिएको थियो, त्यसले संशय उत्पन्न गरेको थियो तर कांग्रेस प्रवक्ताको सहमतिलाई निरन्तरता दिने भन्ने कुराले संशय रहेन,’ उनले भने ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । तीमध्ये एक जना बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । उनको पद रिक्त भएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले पुनः अर्को व्यक्तिलाई प्रधानमन्त्रीको सिफारिसमा मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । बाँकी १८ सदस्यका लागि भने निर्वाचन प्रक्रिया अघि बढिसकेको छ । निर्वाचन आयोगका अनुसार गत पुस २३ गते मनोनयन दर्ता भइसकेको छ । 

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट ४४ जनाको उम्मेदवारी परेको हो । निर्वाचनमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धन गरेका छन् । बाँकी दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका हुन् । प्रदेशगत मतभारलाई आधार मान्दा कांग्रेस र एमाले चुनावी गठबन्धनमा रहँदा सबै प्रदेशबाट सहज जित हुने अवस्था छ । नेकपालाई जित निकाल्न निकै कठिन हुने भएको छ । 

गठबन्धनपछि कांग्रेसले सबैभन्दा बढी नौ सिट पाएको छ । एमालेले आठ सिट पाउँदा जसपाले एक सिट पाएको छ । यही ११ माघमा निर्वाचन १८ सिटका लागि हुँदै छ । सोहीअनुसार गत २३ पुसमा सबै प्र्रदेशमा उम्मेदवारी दर्ता भएको थियो ।  आयोगका अनुसारका कोशीमा दुई सिटमा निर्वाचन हुँदै छ । अन्य सिटबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएपछि महिला सिट र दलित क्लस्टरमा मात्रै निर्वाचन हुँदै छ । त्यहाँ नेपाल कम्युनिस्ट पार्टीबाट महिला क्लस्टरमा नमिता न्यौपानेको उम्मेदवारी परेको छ । उनीसँगै नेकपा एमालेकी रोशनी मेचे प्रतिस्पर्धामा छिन् । दलित क्लस्टरमा नेपाल कम्युनिस्ट पार्टीका खेमराज नेपाली र एमालेका सोमनाथ पोर्तेल -प्रतिस्पर्धामा छन् । 

मधेश प्रदेशमा महिलाबाट जनता समाजवादी पार्टी नेपालकी चन्द्रकलादेवी साहको उम्मेदवारी परेको छ । त्यहाँ एमालेकी रेखाकुमारी झा र नेपाल कम्युनिस्ट पार्टीकी शमीकुमारी अग्रवाल पनि प्रतिस्पर्धामा छिन् ।  दलितमा नेपाली कांग्रेसका धर्मेन्द्र पासवानसँग नेपाली कम्युनिस्ट पार्टीका शम्भु पासवान हजारी र जसपाकी चमेलीदेवी दास प्रतिस्पर्धामा उत्रिएका छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट रामनन्दन प्रसाद, रञ्जित कर्ण र शैलेशकुमार चौधरीको उम्मेदवारी छ । प्रसाद नेपाली कम्युनिस्ट पार्टी, कर्ण कांग्रेस र चौधरी जसपा नेपालका उम्मेदवार हुन् । 

अन्यबाट महन्थ ठाकुर र लक्ष्मण पौडेल उम्मेदवार छन् । ठाकुर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष हुन् । उनलाई कांग्रेस, एमाले र जसपाको साथ छ । पौडेल नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार भएको निर्वाचन आयोगले जनाएको छ ।  बागमतीमा महिला कोटामा कांग्रेसकी गीता देवकोटासँग नेपाल कम्युनिस्ट पार्टीकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन चुनाव लड्दै छन् । अन्य सिटमा अन्य विक्रम ढुकुछु, प्रेमप्रसाद दंगाल र प्रेमप्रसाद सापकोटा उम्मेदवार छन् । ढुकुटु नेपाल मजदुर किसान पार्टी, दंगाल नेकपा एमाले र सापकोटा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हुन् । 

गण्डकीमा महिला सिटमा एमालेकी सम्झना देवकोटा उम्मेदवार छिन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीकी गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटाले टक्कर दिने भएका छन् । अन्य सिटमा नेपाली कम्युनिस्ट पार्टीका कपिल लामा उम्मेदवार छन् । उनीसँग चुनावी प्रतिस्पर्धामा कांग्रेसका जगत तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल मैदानमा छन् ।  लुम्बिनी प्रदेशको महिला सिटमा नेपाली कम्युनिस्ट पार्टीबाट दुर्गाकुमारी भण्डारी उम्मेदवार छिन् । उनीसँग राष्ट्रिय जनमोर्चाकी  पद्मा पण्डित र एमालेकी रामकुमारी झाँक्री प्रतिस्पर्धामा छन् । झाँक्री गत मंसिरको तेस्रो साता एमाले फर्किएकी नेत्री हुन् । पूर्वमन्त्रीसमेत रहेकी झाँक्री राष्ट्रिय राजनीतिमा चर्चित पात्र हुन् । 

लुम्बिनीमै अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सिटमा नेपाली कांग्रेसका वासुदेव घिमिरे र नेपाली कम्युनिस्ट पार्टीका सर्जन विक उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका वोमबहादुर खत्री, नेपाली कम्युनिस्ट पार्टीका बृहस्पति अधिकारीको उम्मेदवारी छ ।  कर्णालीको महिला सिटमा नेपाली कम्युनिस्ट पार्टीकी अञ्जु महतरा र नेकपा एमालेकी मीनासिंह रखाल उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेपाली कम्युनिस्ट पार्टीका बुद्धिप्रसाद शर्मा चुनावी प्रतिस्पर्धामा छन् । सुदूरपश्चिम प्रदेशको महिला सिटमा एमालेकी लिलाकुमारी भण्डारी र नेपाल कम्युनिस्ट पार्टीकी रोजी बस्नेत तथा अन्यमा कांग्रेसका खम्बबहादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसी उम्मेदवार छन् । 

निर्वाचन यही ११ माघमा हुँदै छ । निर्वाचनमा मतदाता प्रदेश र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष हुन् । उनीहरूको मतभार तोकिएको छ । निर्वाचन आयोगले प्रदेशको राजधानीमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । मतदानस्थल र मतदान केन्द्रको पनि व्यवस्था गरिएको जनाएको छ ।  आगामी २१ फागुनमा राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १८ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । एक जना राष्ट्रपतिबाट मनोनीत हुनाले उक्त पदमा निर्वाचन नहुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।
 


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट आइतबार, माघ ४, २०८२
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार आइतबार, माघ ४, २०८२
उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल शुक्रबार, माघ २, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP