Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २, २०८२

चितवन  -  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्  । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए ।

उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।”  राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गरे । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उहाँले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।  

फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताए । उनले भने “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।”  भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताए ।

Hardik health

यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उनको भनाइ थियो । सो अवसरमा महानगर प्रमुख रेनु दाहालले रु ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिए ।

भवन निर्माण गर्न २०७९ साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभीसँग सम्झौता भएको थियो । भवन बनाउन सङ्घीय सरकारको रु २१ करोड ५८ लाख, वाग्मती प्रदेश सरकारको रु १९ करोड ८९ लाख तथा महानगरपालिकाको रु ४ करोड ५० लाख रकम खर्च भएको छ । सात कट्ठा जग्गामा ६ तले भवन निर्माण गरिएको हो । 


प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह शुक्रबार, माघ २, २०८२
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त शुक्रबार, माघ २, २०८२
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला बिहीबार, माघ १, २०८२
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP