काठमाडाैं - नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवा भारतबाट स्वदेश फर्केकी छिन् ।उनी नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१८ बाट बुधबार साँझ काठमाण्डु फर्केकी हुन् ।
सोही दिन नेपाली कांग्रेसको एउटा समूहले महामन्त्री गगन थापालाई पार्टीको नयाँ सभापतिमा निर्वाचित गरेको छ । थापा समूहले विशेष महाधिवेशनको तयारी गरिरहँदा आरजु पुस २१ गते दिल्ली प्रस्थान गरेकी थिइन् ।
उनको दिल्ली भ्रमणबारे कारण नखुलाइएपनि नियमित स्वास्थ्य उपचारका लागि दिल्ली गएकी उनका निकटहरूले बताएका छन् ।
उनी नियमित स्वास्थ्य उपचारका लागि गएको बताइए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको प्रतिनिधिका रूपमा दिल्ली पुगेको दाबी पनि गरिएको छ ।
आरजुसँगै सोही उडानबाट प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीपनि नयाँ दिल्लीबाट काठमाण्डु फर्केका छन् । सुवेदी पनि उपचारका लागि दिल्ली गएका थिए ।