Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #मकर
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #एकता दिवस
  • #पृथ्वी जयन्ती
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

खोटाङ- जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछि लामो समय पश्चात मुहार फेर्न लागेको छ । 

गाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ । ठेक्का प्रणालीमार्फत सुरु गरिएको दुवै सडक ढलान योजनाको भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख इन्जिनियर रमेशकुमार यादवले जानकारी दिभएका छ । 

चिसापानी बजार ढलानका लागि भ्याटसहित  एक करोड चार लाख ४२ हजार ३३  रुपैयाँ तथा गाउँपालिका जाने बाटो ढलानका लागि  ५९ लाख १३ हजार ७३४ रुपैयाँ लागतमा ठेक्का लगाइएको छ । चिसापानी बजार ढलानको जिम्मा वियान्सा अग्रिम जेभीले लिएको छ भने, गाउँपालिका जाने बाटो ढलानको जिम्मा जेमपिया हिल्स कन्सट्रक्सन प्रालिले लिएको प्रमुख इन्जिनियर यादवले जानकारी दिएका छन् ।

चिसापानी बजार ढलानका लागि निर्माण कम्पनीसँग विसं २०८२ चैत- ३० गतेभित्र ढलानको काम सम्पन्न गर्नेगरी विसं २०८२ असो-५ गते ठेक्का सम्झौता गरिएको छ । यस्तै, गाउँपालिका जाने बाटो ढलानको काम विसं २०८२ चैत-१५ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०८२ असोज-२६ गते सम्झौता गरिएको छ । 

Hardik health

चिसापानी बजार तथा गाउँपालिकाको कार्यालय जाने सडक ढलानको काम धमाधम भइरहेकाले सम्झौता मितिमै सम्पन्न हुने अवस्था देखिएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राईले बताएका  छन् । “बजार ढलान नहुँदा ठूलो समस्या थियो । गुणस्तर निर्धारण गराउँदै समयमै काम सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट निर्माण व्यवसायीमाथि खबरदारी गरिरहेका छौँ”, उनले भने, “सडक ढलानको काम सम्पन्न भएपछि चिसापानी बजार सफा र सुन्दर हुनेछ । यसमा स्थानीयवासीको पनि सहयोग र समर्थन आवश्यक छ ।”

बजार ढलानको क्रममा केही समयअघि स्थानीयवासी र निर्माण व्यवसायीबीच विवादसमेत भएको थियो । ढलानमा प्रयोग भएका समाग्री गुणस्तरहीन भएको भन्दै स्थानीयले आवाज उठाएपछि केही दिन कामसमेत रोकिएको थियो ।  स्थानीयको विरोधपछि अनुगमनमा गएका गाउँपालिकाका कर्मचारीमाथि हातपातसमेत भएको भन्दै कर्मचारीहरुले विज्ञप्ति निकालेर कारबाहीको माग गरेका थिए । निर्माण व्यवसायी र स्थानीयबीचको विवादमा कर्मचारीमाथि हातपात भएपछि सर्वपक्षीय भेलामा सहमति गराएर कामलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । 

बजार क्षेत्रभित्रको सडक साँघुरो रहेको र त्यसलाई फराकिलो बनाउनेक्रममा पनि विवाद भएको थियो । स्थानीयको अवरोधका कारण विवाद भएपछि गाउँपालिकाको तर्फबाट सबै समस्या समाधान गरेर काम सुरु गराइएको हो ।  हरेक हप्ताको शनिबार हटिया लाग्ने चिसापानी बजार क्षेत्रभित्रका सबै सडक ढलान हुने भएपछि स्थानीयसमेत हर्षित भएका छन् । साँघुरो ठाउँ तथा हिउँदमा धुलो र बर्सातमा हिलोका कारण समस्या झेल्दै आएका चिसापानी बजारका स्थानीय ढिलै भएपनि बजार ढलान हुने भएपछि हर्षित भएका हुन् । 

चिसापानी बजारस्थित बिपी चोकलाई केन्द्र मानेर चिसापानी माध्यमिक विद्यालय, गाउँपालिकाको कार्यालय तथा बसपार्क जाने छुट्टाछुट्टै तीनवटा सडक ढलानको काम सुरु गरिएको जनाइएको छ । दायाँबायाँ नाली निर्माण गरेर कम्तीमा चार मिटर चौडाइ सडकमा ढलान गर्नेगरी काम सुरु गरिएको योजना सम्पन्न भएपछि चिसापानी बजार क्षेत्रका सबै सडक ढलान हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सङ्घीय सरकारसँगको लागत साझेदारीमा गत वर्षबाट चिसापानी बजारको सडक ढलानको काम सुरु गरेको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए  । गत वर्ष  ४२ लाख ४२ हजार २१५ रुपैयाँ लागतमा भीमा कन्सट्रक्सन प्रालिले ठेक्का लिएर ११५ मिटर सडक ढलान गरेको थियो ।


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे
बैंकहरूको औसत ब्याजदर माघमा घट्याे बुधबार, पुस ३०, २०८२
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित बुधबार, पुस ३०, २०८२
मुग्लिन-आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत
मुग्लिन-आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत सोमबार, पुस २८, २०८२
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP