Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

खोटाङ- जन्तेढुङ्गा गाउँपालिका-५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको । जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रमुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछि लामो समय पश्चात मुहार फेर्न लागेको छ । 

गाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ । ठेक्का प्रणालीमार्फत सुरु गरिएको दुवै सडक ढलान योजनाको भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख इन्जिनियर रमेशकुमार यादवले जानकारी दिभएका छ । 

चिसापानी बजार ढलानका लागि भ्याटसहित  एक करोड चार लाख ४२ हजार ३३  रुपैयाँ तथा गाउँपालिका जाने बाटो ढलानका लागि  ५९ लाख १३ हजार ७३४ रुपैयाँ लागतमा ठेक्का लगाइएको छ । चिसापानी बजार ढलानको जिम्मा वियान्सा अग्रिम जेभीले लिएको छ भने, गाउँपालिका जाने बाटो ढलानको जिम्मा जेमपिया हिल्स कन्सट्रक्सन प्रालिले लिएको प्रमुख इन्जिनियर यादवले जानकारी दिएका छन् ।

चिसापानी बजार ढलानका लागि निर्माण कम्पनीसँग विसं २०८२ चैत- ३० गतेभित्र ढलानको काम सम्पन्न गर्नेगरी विसं २०८२ असो-५ गते ठेक्का सम्झौता गरिएको छ । यस्तै, गाउँपालिका जाने बाटो ढलानको काम विसं २०८२ चैत-१५ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०८२ असोज-२६ गते सम्झौता गरिएको छ । 

Hardik health

चिसापानी बजार तथा गाउँपालिकाको कार्यालय जाने सडक ढलानको काम धमाधम भइरहेकाले सम्झौता मितिमै सम्पन्न हुने अवस्था देखिएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राईले बताएका  छन् । “बजार ढलान नहुँदा ठूलो समस्या थियो । गुणस्तर निर्धारण गराउँदै समयमै काम सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट निर्माण व्यवसायीमाथि खबरदारी गरिरहेका छौँ”, उनले भने, “सडक ढलानको काम सम्पन्न भएपछि चिसापानी बजार सफा र सुन्दर हुनेछ । यसमा स्थानीयवासीको पनि सहयोग र समर्थन आवश्यक छ ।”

बजार ढलानको क्रममा केही समयअघि स्थानीयवासी र निर्माण व्यवसायीबीच विवादसमेत भएको थियो । ढलानमा प्रयोग भएका समाग्री गुणस्तरहीन भएको भन्दै स्थानीयले आवाज उठाएपछि केही दिन कामसमेत रोकिएको थियो ।  स्थानीयको विरोधपछि अनुगमनमा गएका गाउँपालिकाका कर्मचारीमाथि हातपातसमेत भएको भन्दै कर्मचारीहरुले विज्ञप्ति निकालेर कारबाहीको माग गरेका थिए । निर्माण व्यवसायी र स्थानीयबीचको विवादमा कर्मचारीमाथि हातपात भएपछि सर्वपक्षीय भेलामा सहमति गराएर कामलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ । 

बजार क्षेत्रभित्रको सडक साँघुरो रहेको र त्यसलाई फराकिलो बनाउनेक्रममा पनि विवाद भएको थियो । स्थानीयको अवरोधका कारण विवाद भएपछि गाउँपालिकाको तर्फबाट सबै समस्या समाधान गरेर काम सुरु गराइएको हो ।  हरेक हप्ताको शनिबार हटिया लाग्ने चिसापानी बजार क्षेत्रभित्रका सबै सडक ढलान हुने भएपछि स्थानीयसमेत हर्षित भएका छन् । साँघुरो ठाउँ तथा हिउँदमा धुलो र बर्सातमा हिलोका कारण समस्या झेल्दै आएका चिसापानी बजारका स्थानीय ढिलै भएपनि बजार ढलान हुने भएपछि हर्षित भएका हुन् । 

चिसापानी बजारस्थित बिपी चोकलाई केन्द्र मानेर चिसापानी माध्यमिक विद्यालय, गाउँपालिकाको कार्यालय तथा बसपार्क जाने छुट्टाछुट्टै तीनवटा सडक ढलानको काम सुरु गरिएको जनाइएको छ । दायाँबायाँ नाली निर्माण गरेर कम्तीमा चार मिटर चौडाइ सडकमा ढलान गर्नेगरी काम सुरु गरिएको योजना सम्पन्न भएपछि चिसापानी बजार क्षेत्रका सबै सडक ढलान हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सङ्घीय सरकारसँगको लागत साझेदारीमा गत वर्षबाट चिसापानी बजारको सडक ढलानको काम सुरु गरेको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए  । गत वर्ष  ४२ लाख ४२ हजार २१५ रुपैयाँ लागतमा भीमा कन्सट्रक्सन प्रालिले ठेक्का लिएर ११५ मिटर सडक ढलान गरेको थियो ।


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP