Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा प्रवृत्तिविरुद्ध गगनको विद्रोह
देउवा प्रवृत्तिविरुद्ध गगनको विद्रोह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

काठमाडौं- १९ दिने जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले घुँडा टेके । जनताको नासो जनतालाई फर्काए । तर, राजनीतिक दिशानिर्देश स्पष्ट भएन । तत्कालीन नेकपा माओवादीले प्रस्ट भन्यो-गणतन्त्र घोषणापछि संविधानसभा निर्वाचन ।

रामराजाप्रसाद सिंहले गणतन्त्रको मुद्दा पञ्चायतकालमै उठाए । १० वर्षे युद्ध गरेको माओवादीको गणतन्त्र एउटा राजनीतिक एजेण्डा थियो । तर, जतिबेला माओवादी सात दलसँग मिलेर संयुक्त जनआन्दोलनमा उत्रियो र जनआन्दोलन सफल भयो त्यसपछि माओवादीले गणतन्त्रको नारा सशक्त, दबाबपूर्ण र निर्णायक एजेण्डा बनायो । यद्यपि, गणतन्त्रप्रति आम स्वीकारोक्ति थिए । उता नेपाली कांग्रेस, एमालेसहितका सात दल न गणतन्त्र स्वीकार्न तयार थिए न राजतन्त्रको निरन्तरतामा नै प्रतिबद्ध थिए । राजा ज्ञानेन्द्रको १५ महिने प्रत्यक्ष शासनले सात दल हैरान थिए । 

यही संक्रमणकालीन घडीमा नेपाली कांग्रेसमा नरहरि आचार्य र गगन थापा गणतन्त्रका स्पष्ट प्रवक्ता भएर उभिए । गगनले सडक मोर्चाबाट गणतन्त्रको नारा घन्काए । लाठीचार्ज सहे । गिरफ्तारी भोगे । अर्कातर्फ नरहरि आचार्यले टेलिभिजन अन्तर्वार्ता, पत्रपत्रिकाका लेख र बौद्धिक बहसमार्फत कांग्रेसभित्र र बाहिर गणतन्त्रको वैचारिक जग तयार पारे । त्यसमा प्रदीप गिरीको पनि भूूमिका कम थिएन ।

Hardik health

यसले कांग्रेसमा आन्तरिक दबाब क्रमशः बढ्दै गयो । सडक, मिडिया र अन्तर्राष्ट्रिय वातावरणको प्रभावसँगै अन्ततः गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस गणतन्त्रको कित्तामा उभिन बाध्य भयो ।८ पुस २०६४ मा सात दल र माओवादीबीच सहमति भयो कि देशलाई गणतन्त्रको मार्गचित्रमा लैजाने र संविधानसभा निर्वाचन गर्ने । सोही सहमतिअनुसार २८ चैत २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भयो । त्यसको डेढ महिनापछि, १५ जेठ २०६५ मा बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्षे राजतन्त्रको औपचारिक अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा ग¥यो । गणतन्त्र घोषणा गर्दा संविधानसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको नाताले कांग्रेसकै नेता कुलबहादुर गुुरुङले गरे । यो गणतन्त्र घोषणाको ऐतिहासिक क्षणले गगनहरूको सपना साकार पारेको थियो । 
सायद नरहरि आचार्य र गगन थापाजस्ता नेताहरूले कांग्रेसलाई गणतन्त्रको एजेण्डामा नडो¥याएको भए, राजतन्त्र अन्त्य गर्ने राष्ट्रिय समझदारी सम्भव नहुन पनि सक्थ्यो । यही कारणले गगन  आज पनि ‘गणतन्त्रको आत्मा’ को रूपमा स्मरण गरिन्छन् ।  उनै गगन मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको सभापति बनेका छन्, त्यो पनि विद्रोहको बलमा । शक्तिशाली सभापति शेरबहादुर देउवा अपदस्थ गरेर गगनले नेतृत्वमा पुस्तान्तरण सम्भव तुल्याए । यद्यपि, विशेष महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिता दिने नदिने निश्चित छैन ।

प्रारम्भमा महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत समर्थन गगनको पक्षमा थियो । विशेष महाधिवेशन चलिरहँदा यो समर्थन अझै बढ्दै गयो । यस विद्रोहको मूल निशाना थियो-नियमित महाधिवेशन परपर सार्दै पार्टीको सत्ताशक्ति कब्जामा राख्ने देउवा प्रवृत्ति । गगनको नेतृत्वमा यो प्रवृत्तिमाथि बुधबार गम्भीर प्रहार भयो । यससँगै ८० वर्षे देउवाको बहिर्गमन सम्मानजनक बन्न सकेन । उनको राजनीतिक अवसान अपमानजनक बन्यो, जसले कांग्रेसभित्र दीर्घकालीन घाउ छोड्न पनि सक्छ । ‘सुधारिएको कांग्रेस, बदलिएको कांग्रेस’को नारा घन्काउँदै गगन कांग्रेस पार्टीको शिखरमा पुगेका छन् । यहीबेला देशको संघीय लोकतान्त्रिक गणतन्त्र स्वयं धरमराएको छ । जेन–जी विद्रोहपछि संविधान घिटघिटे अवस्थामा छ । अर्थात् संविधान कोमामा छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जग हल्लिएको छ । देशी तथा विदेशी शक्ति केन्द्रहरूको चलखेल झनै बढ्दो छ ।

यस्तो संवेदनशील समयमा गगन कांग्रेसको सभापति बनेका छन् । अब उनले निर्वाचन आयोगमा आधिकारिकता विवादको सामना गर्नुपर्ला । प्रतिनिधिसभा निर्वाचन अगाडि उनले आफ्नै शब्दमा भनेझैँ ‘सुधारिएको कांग्रेस, बदलिएको कांग्रेस’लाई कति कुशलतापूर्वक हाक्न गर्न सक्छन्, त्यो ठूलो परीक्षा हुने छ ।बुधबारदेखि कांग्रेस दुई फक्लेटोमा विभाजित देखिन्छ । त्यसमध्ये एउटाको मात्र नेता बनेर चुनावमा जाँदा प्रतिनिधिसभामा कांग्रेसको दलीय हैसियत कत्रो होला ? के गगनले गणतन्त्र जोगाउने ऐतिहासिक भूमिकालाई अब संस्थागत नेतृत्वमा रूपान्तरण गर्न सक्लान् ?

 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP