Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावको मुखमा फुट्यो कांग्रेस
चुनावको मुखमा फुट्यो कांग्रेस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२

 

  • २०१०, २०५९ पछि ३० पुस २०८२ मा फुट्यो कांग्रेस
  • कांग्रेस फुट होइन, जुटका लागि भन्दै भएको देउवा र गगन-विश्वको भेटवार्ता निरर्थक
  • सभापति छाड्ने, प्रधानमन्त्रीको उम्मेदवार गगनलाई बनाएर चुनावमा जानेजस्ता गगन-विश्वको प्रस्ताव देउवाले अस्वीकार गर्दा कांग्रेस एक रहेन
  • पार्टी विभाजनपछि आरोप-प्रत्यारोप सुरु
  • गगन, विश्व र फरमुल्ला साधारण सदस्यसमेत नरहनेगरी पाँच वर्षका लागि निलम्बित 

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको मुखैमा देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस फुटेको छ । कांग्रेसको आन्तरिक जीवनमा यो तेस्रो ठूलो फुट हो ।

पार्टी फुटअघि जुटका निम्ति चरण-चरणमा प्रयास भए । तर, विशेष महाधिवेशनपक्षधर महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आठबुँदे प्रस्तावमाथि तीन बुँदामा सभापति शेरबहादुर देउवा सहमत नहुँदा पार्टी फुट्यो । शर्माका अनुसार देउवाले सक्रिय भूमिका निर्वाह नगर्ने र सो क्रममा उम्मेदवारीपत्रमा उनले हस्ताक्षर नगर्ने भन्ने आफूहरूको प्रस्तावमा देउवा सहमत भएनन् । गगन थापालाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जान पनि उनको विमति रह्यो । उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्न पनि देउवा सकारात्मक भएनन् । बुधबार बिहान देउवा र महामन्त्रीहरू गगन र विश्वबीच भेटवार्ता भएको थियो ।

भेटवार्तामा सहमति नजुटेपछि गगन-विश्व विशेष महाधिवेशनस्थल भृकुटीमण्डप आए । देउवाले केन्द्रीय समिति बैठक राखे । त्यहाँ कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन-विश्वलाई दोष दिए । ‘महामन्त्रीहरूसँगको सहमतिमै पुुसको कार्यतालिका ल्याइएको हो । तर, गर्दै जाँदा भ्याइएन । यसमा उहाँहरू आफू पन्छिएर दोष थोपर्नुभयो । उहाँहरूले धोका दिनुभयो ।’ मंगलबार तीन चरणको वार्तामा देउवा अर्थात् संस्थापन पक्षबाट सहभागी नेता रमेश लेखकले पनि केन्द्रीय समिति बैठकमा पार्टी फुट जोगाउन नसकिएको ‘ब्रिफिङ’ गरेका थिए । यता गगन-विश्वले भने देउवालाई आफूूहरूले बुझाउनै नसकिएको गुनासो गरेका थिए ।

Hardik health

केहीबेरमै देउवाले सभापतित्व गरेको केन्द्रीय समिति बैठकले गगन, विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी पाँच वर्षका लागि निष्कासन ग¥यो । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विधानको अनुशासन उल्लंघन गरेर पार्टी हितविपरीत विशेष महाधिवेशन बोलाएको भन्दै कारबाही गरेको बताए । उनका अनुसार बैठकले विशेष महाधिवेशनमा सहभागी बाँकी नेता र महाधिवेशन प्रतिनिधिहरूलाई कारबाही गरेन । उनीहरूलाई जिल्ला फर्केर पूर्ववत् भूमिकामा सक्रिय रहन निर्देशन दिने निर्णय गर्‍यो । 

उता भृकुटीमण्डपबाट गगनले भने हिम्मत भए विशेष महाधिवेशनमा सहभागी २५ सय महाधिवेशन प्रतिनिधिलाई पनि कारबाही गरेर देखाउन देउवालाई चुनौती दिए । उनले आधिकारिक कांग्रेस आफूूहरू भएको र सोमबार नै कांग्रेसको केन्द्रीय समिति भंग भइसकेको सन्दर्भमा कारबाही गरे भन्नु हास्यास्पद भएको बताए । उनले देउवालाई २८ असोजमा फर्किन आग्रह गरिएको पनि स्मरण गरे । जुन दिन देउवाले केन्द्रीय समिति बैठकमा लिखित पत्र वाचन गरेर सभापतिको कार्यकारी भूमिकाबाट अलग भएको सन्देश दिएका थिए । लगत्तै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिए । गगन र विश्वले देउवाको यो कदमको तारिफ गरे । तर, सिंगापुरमा लामो समय उपचार गरेर फर्किएपछि उनी सक्रिय भए । यसबाट उनीहरू झनै चिढिए ।

त्यसबीच ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर विशेष महाधिवेशनका लागि संकलन गरे । विधानतः हस्ताक्षर बुझाएको तीन महिनामा विशेष महाधिवेशन गरिसक्नुपर्छ । त्यसअनुुसार यही पुस २७ मा विशेष महाधिवेशन गर्नुपर्ने विधानको सीमा थियो । तर, हालैको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधनको निर्णय ग¥यो । उक्त निर्णयमा गगन-विश्वले ‘नोट अफ डिसेन्ट’ लेखे । 

विशेष महाधिवेशन पक्षधरहरू ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको भावनालाई सम्बोधन गर्ने देउवालाई चेतावनी दिए । नभन्दै विशेष महाधिवेशन आह्वान भयो । बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशन भृकुटीमण्डपमा भयो । यसले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिमा बहुमत रहेका देउवालाई सभापतिबाट अपदस्त गर्‍यो । 

तेस्रोपटक विभाजित
आठ दशक लामो इतिहास बोकेको दल कांग्रेस तेस्रोपटक विभाजित भएको छ । पहिलोपटक २०१० सालमा कांग्रेस विभाजन भएको थियो । त्यसबेला बिपी र मातृकाको टकराव विभाजनको कारक थियो । २०५९ मा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको टकरावले कांग्रेस विभाजन भयो । यसपटक उनै देउवा र महामन्त्रीद्वयको टकरावले कांग्रेस फुटेको हो । 

खासमा गगन-विश्वले जेन-जी विद्रोहपछि सुधारिएको कांग्रेस र बद्लिएको कांग्रेसको एजेण्डा जोडतोडले उठाए । नेतृत्वमा पुस्तान्तरणको एजेण्डा त चौधौं महाधिवेशनमा पनि उठेको थियो । तर, ८० वर्षे देउवा पार्टीको राजकीय सत्ता र शक्तिबाट अलग हुन चाहेनन् । अन्ततः उनको राजनीतिक बहिर्गमन पीडादायी भएको छ ।
 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP