Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • उपत्यकामा थपिए ९२ संक्रमित
उपत्यकामा थपिए ९२ संक्रमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २६, २०७७
माक्स लगाउने
Hardik health
काठमाडौं– भारतमा मात्र होइन, नेपालमा पनि लकडाउन अन्त्य गरिएसँगै कोरोना संक्रमित ह्वातै बढेका छन् । भारतले लकडाउन खुकुलो गरेपछि त्यहाँ पछिल्लो समय दैनिक ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिन थालेका छन् । यस्तै, नेपालमा पनि झण्डै पाँच महिने लकडाउन अन्त्य गरिएसँगै दैनिक संक्रमित बढिरहेका छन् । पछिल्लो समय देशभर कोरोना संक्रमित बढ्दै गएको छ । त्यसमा पनि काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा रहेको छ । आइतबारमात्रै उपत्यकामा थप ९२ जनामा संक्रमण पुष्टि भएको छ । सरकारले लकडाउन खुलाएसँगै सार्वजनिक यातायात र बजारमा भीडभाड बढेपछि उपत्यकामा कोरोनाको जोखिम बढेको हो । आइतबार थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमध्ये ९२ जना काठमाडौं उपत्यकाका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । आइतबार काठमाडौंमा ९० र ललितपुरमा दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आइतबार ४० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । आइतबारसम्म कोरोना संक्रमणमुक्त भई घर फर्किनेको संख्या १६ हजार ३५३ रहेको छ । यस्तै, मुलुकभर क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । हालसम्म ४ लाख ४३ हजार ८०४ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै, कोरोनाबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुषको २४ साउनमा उपचारका क्रममा मृत्यु भएको थियो । उनीमा मधुमेहको समस्या रहेको बताइएको छ । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिलाको २४ साउनमा मृत्यु भएको थियो । योसँगै नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मुलुकभर ६ हजार ५४४ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेशगत रूपमा प्रदेश नं १ मा ५११, प्रदेश नं २ मा तीन हजार ७५, वाग्मती प्रदेशमा एक हजार १३२, गण्डकी प्रदेशमा २३७, प्रदेश नं ५ मा ४४६, कर्णाली प्रदेशमा १६९ र सुदूरपश्चिम प्रदेशमा ९७४ रहेका छन् । पछिल्लो विवरणअनुसार विश्वभर एक करोड ९८ लाख १७ हजार ५७४ जना कोरोनाका संक्रमित भएका छन् । हालसम्म ७ लाख २९ हजार ७४८ जनाको मृत्यु भइसकेको छ । एक करोड २७ लाख ५० हजार ३८४ जना निको भइसकेका छन् । नेपालमा कोरोनाको पीसीआर परीक्षण प्रति १० लाख जनसंख्यामा दुई दशमलव ७५ रहेको छ । संक्रमणबाट मुक्त हुने दर ७१ दशमलव एक रहेको छ । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । ७२ प्रतिशतले मात्रै माक्स प्रयोग गर्छन् यसैबीच नेपालमा कोरोनाबाट बच्न ७२ प्रतिशतले मास्क लगाएको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनअनुसार ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाउने गरेको पाइएको छ । काठमाडौंका ३२ सार्वजनिक स्थलमा गरिएको अवलोकनमा अहिले पनि २७ प्रतिशतभन्दा बढीले मास्क राम्रोसँग लगाउँदैनन् । परिषद्का सदस्यसचिव प्रा डा प्रदीप ज्ञवालीले काठमाडौंका २३ सार्वजनिकस्थलमा गरिएको अध्ययनमा ७२ प्रतिशतले मात्रै सही तरिकाले मास्क लगाएको पाइएको जानकारी दिए । अध्ययनका क्रममा व्यक्तिले मास्क लगाएको, नलगाएको वा कस्तो प्रकारको मास्क लगाएको भनी चार हजार ५०२ जनामा गरिएको अवलोकनमा मास्क लगाउनेको संख्या ७२ दशमलव एक र मास्क नलगाउनेको संख्या २७ दशमलव एक प्रतिशत रहेको देखिएको छ । सार्वजनिकस्थलमा जम्मा दुई हजार ७०३ जनामा गरिएको अवलोकनमा सही तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत र मास्कको बेवास्ता गरी लगाउनको संख्या २७ दशमलव ३४ प्रतिशत रहेको पाइएको छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ०६:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP