Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
प्रवास
  • Home
  • प्रवास
  • फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०८२

मलेसिया- गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ बृहत् एकता महाधिवेशन फेब्रुअरीको अन्तिम साता गर्नैपर्ने स्पष्ट पारेका छन्। विधानअनुसार तोकिएको समयमै निर्वाचन हुन नसके वर्तमान स्टेरिङ कमिटी स्वतः भंग हुने चेतावनीसमेत उनले दिएका छन्।

गैरआवासीय नेपाली संघ मलेसियाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. शर्माले एनआरएनएको विधान २०२२ बमोजिम संघको निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५ गते काठमाडौँमा सम्पन्न हुने सुनिश्चित भइसकेको बताए। उनका अनुसार यसमा कुनै अन्य विकल्प वा बहाना स्वीकार्य छैन।

डा. शर्माले एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठबीच भएको लिखित सहमतिअनुसार विधानअनुरूप अनलाइन प्रणालीमार्फत निर्वाचन गर्ने स्पष्ट उल्लेख रहेको स्मरण गराए। निर्वाचन प्रक्रियालाई लिएर अनावश्यक अतिरञ्जना नगर्न आग्रह गर्दै उनले निर्वाचन रोक्ने वा अवरोध गर्ने प्रयास भए सहमतिअनुसार स्टेरिङ कमिटी स्वतः भंग हुने स्पष्ट चेतावनी दिए।

उनले भने, “निर्वाचनका सबै प्रक्रिया र मोडालिटीमा पहिल्यै सहमति भइसकेको छ। सहमति कार्यान्वयन नभए प्रत्येक पक्ष आ–आफ्नो बाटो कसरी लाग्ने भन्ने विषयसमेत लिखित रूपमा तय भइसकेको छ। यदि निर्वाचन सार्ने वा अवरोध गर्ने प्रयास गरियो भने सहमति स्वतः खारेज हुन्छ र हालको स्टेरिङ कमिटी स्वतः भंग हुने कुरा सहमतिपत्रमा महेश श्रेष्ठ र डा. बद्री केसी दुवैले हस्ताक्षर गर्नुभएको छ।”

Hardik health

डा. शर्माले ‘इफ’ वा ‘बट’का आधारमा निर्वाचन रोकिए आफूलाई मान्य नहुने स्पष्ट पार्दै अध्यक्षद्वयबीच भएको पूरक सहमति सार्वजनिक गर्न माग गरे।अध्यक्ष पदका प्रत्यासीसमेत रहेका डा. शर्माले उम्मेदवारपिच्छे फरक–फरक मागअनुसार निर्वाचन प्रणाली परिवर्तन हुन नसक्ने बताए। उनले सहमति कार्यान्वयन गर्ने जिम्मेवारी स्टेरिङ कमिटीलाई दिइएको भए पनि सो कमिटीलाई नियम बनाउने वा बदल्ने अधिकार नरहेको स्पष्ट गरे। “संस्था विधानअनुसार नै चल्नुपर्छ,” उनले जोड दिए।

उनले एनआरएनएको निर्वाचन प्रणाली, संस्थागत संरचना, ब्रान्डिङ, सोच र एजेन्डामा आमूल परिवर्तन आवश्यक रहेको बताए। यति ठूलो र विश्वव्यापी संस्थामा विभिन्न जाति, पेशा, विचार र राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू आबद्ध भएकाले सबैलाई एउटै धारमा ल्याउनु जटिल भए पनि विवादका बीचबाटै सबैलाई समेटेर अघि बढ्नु आजको आवश्यकता भएको उनले बताए।

डा. शर्माले आगामी १२औँ महाधिवेशनलाई साँच्चिकै “बृहत् एकताको महाधिवेशन” बनाउने उद्देश्यले सहमतिको कार्यसमिति चयन गर्न सकिने प्रस्ताव अघि सारे।उनले निर्वाचन प्रणालीमा सुधार गर्दै प्रतिनिधिमूलक प्रणाली हटाई विश्वभरका सबै सदस्यले प्रत्यक्ष रूपमा अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखे।चुनाव खर्चिलो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले भने, “अघिल्ला कार्यकालमा नाइट क्लब बुकिङ गर्ने, अत्यधिक खर्च गर्ने प्रचलन देखियो। अब यो संस्कृति अन्त्य गर्नुपर्छ। संस्था खर्चिलो हुँदा सक्षम व्यक्तिहरू नेतृत्वमा आउनै डराउँछन्।”

संस्थाका मुद्दा राजनीतिक प्रकृतिका भए पनि राजनीतिक दलहरूले एनआरएनएको निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न नहुने उनको स्पष्ट भनाइ थियो। “राजनीतिक दलसँग संस्थागत सम्बन्ध राम्रो हुनुपर्छ, तर दलहरूले निर्वाचनमा हस्तक्षेप गर्न हुँदैन,” उनले भने।डा. शर्माले एनआरएनएभित्र सबै पेशा र पृष्ठभूमिका व्यक्तिहरूबीच पारस्परिक सम्मान, समान अवसर र सहकार्यको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। नेटवर्क, आइडिया र स्पष्ट भिजन भए संस्था सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन सकिने उनको भनाइ थियो।

उनले ‘थ्री पी’ - पैसा, पावर र पोलिटिक्स - को प्रयोग गरेर संस्था कब्जा गर्ने प्रवृत्तिको अन्त्य गर्न आफू दृढ संकल्पित रहेको बताए।कार्यक्रममा एनआरएनएका उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्थागत एकतामा जोड दिँदै आगामी महाधिवेशनमा सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे। एशिया क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले महाधिवेशनमा सहभागी भई एकताको प्रक्रियालाई बलियो बनाउन सबै पक्षलाई आग्रह गरे।

अन्तरक्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति चोलाकान्त पङ्गेनी, प्रवासी नेपाली एकता समाज (राप्रपा) का पूर्व अध्यक्ष योगेन्द्र कुवँर, एनआरएनए मलेसियाका पूर्व अध्यक्ष विनोद थापा, जनजाति महासंघका अध्यक्ष पदम लिम्बू, पीएनसीसी मलेसियाका प्रमुख पूर्ण लिम्बू, पत्रकार रामजी बगाले लगायतको उपस्थिति रहेको थियो।एनआरएनए मलेसियाका अध्यक्षद्वय राकेशप्रसाद महतो र इन्द्रनारायण लिम्बुले सम्बोधन गरेको कार्यक्रम संघका प्रवक्ता हेमराज सापकोटाले सञ्चालन गरेका थिए।
 


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP