Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०८२

लिस्बन-  पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तोमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले यही जनवरी २४ र २५ तारिखका दिन पोर्तोको भिला नोभा दि गइयास्थित नमस्ते पोर्तो रेष्टुरेन्टको हलमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा) सम्बन्धी दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको हो ।

राहदानी नवीकरण तथा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका पोर्तो क्षेत्रका नेपालीलाई सोही स्थानमै सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप शिविर सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ । दूतावासले टोली खटाएर पोर्तो सहरमा पहिलोपटक घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । 

दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा राहदानीको म्याद एक वर्षभन्दा कम भएकाहरूको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन संकलन गर्नेछ । साथै राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण, पारिवारिक कागजात प्रमाणीकरण, शैक्षिक प्रमाणपत्र प्रमाणीकरण, राहदानी वितरणलगायतका कन्सुलर सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । 

Hardik health

 राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूलाई घुम्ती शिविरमार्फत सहज सेवा उपलब्ध गराउने योजनाअनुरुप पोर्तोमा शिविर सञ्चालन गर्न लागिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताए । दूतावास धाउन टाढा भएकै कारण पोर्तो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरणलगायतका कागजात प्रमाणीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले टोली खटाएरै सेवा दिन लागिएको पौडेलले बताए ।

शिविरबाट राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणलगायतका आवश्यक सेवा लिन पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राजदूत पौडलले आग्रह समेत गरे । यसअघि दूतावासले पोर्चुगलको फारो र मदेइरामा घुम्ती शिविर सञ्चालन गरेर सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई सेवा प्रदान गरेको थियो ।


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
ड्यालसमा महावाणिज्य दूतावास खुलेसँगै सेवाग्राहीलाई राहत बुधबार, पुस १६, २०८२
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP