काठमाडौं- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा केहीबेर अगाडि सुरु भएको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि -२०८२’ पारित गरेको छ ।
यही पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो । बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।