Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विचार
  • Home
  • विचार
  • अरनिको नेपालका गहना
अरनिको नेपालका गहना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२
प्रा.डा. तीर्थप्रसाद मिश्र

अरनिकोका विषयमा नेपाली स्रोत मौन रहँदा कतिपय प्रश्न हालसम्म अनुत्तरित नै छन् । सही उत्तर पाउन पनि मुस्किल नै होला । अरनिकोको खास नाम के थियो भन्ने विषयमा पनि अलमल छ, कसैले अनिको वा अरनिक भनेका छन् त कसैले उनको नाम चिनियाँ भाषामा उच्चारण गर्दा अरनिको भएको चर्चा गरेका छन् । बाबुराम आचार्यले उनको नाम बलबाहु भएको जनाएका छन् । उनको जन्म कहिले भएको हो र सन् १२४४ मा भोट जाँदा उनी कति वर्षका थिए भन्ने पनि यकीन हुन सकेको छैन ।

अरनिको नेपालको छवि विश्वभर उजिल्याउने र नेपाली मनमन्दिरमा विराजमान कहिल्यै ननिभ्ने बत्ती हुन् । यिनैको आरती र अर्चना गरी उनको व्यक्तित्व र योगदान विषयमा स्तुति गरी श्रद्धा गर्ने दिवस हो, अरनिको जयन्ती । यथार्थमा नै सबै नेपालीले श्राद्ध (श्रद्धापूर्वक गरिने कार्य) गर्ने पितृ (पुर्खा) तिनै महामानव हुन्, जसको सन्दर्भ नेपालको गौरवमय अतीतसँग प्रत्यक्ष रूपमा गाँसिएको छ । नेपाल र चीनमासमेत हरेक वर्ष पुस २३ गते विशेष महत्‍वका साथ अरनिको दिवस मनाइने परम्परा २०५८ सालबाट थालनी भएको हो ।

नेपाललाई तिब्बत, चीन, मंगोलिया, इण्डोनेसियासम्म चिनाउने अरनिको एक महान् चित्रकार, कलाकार, वास्तुकलाविद् थिए, जसको कलाकारिताविना वास्तुकलाको इतिहास नै अधुरो र अपुरो रहन्छ । यस्ता महान् धर्तीपुत्रको कार्य र योगदान विषयमा प्रकाश पार्ने नेपाली वाङ्मयका श्रेष्ठ व्यक्तित्व सत्यमोहन जोशी र अन्वेषक मीनबहादुर शाक्यप्रति सम्मान र सराहना गर्न पनि कञ्जुस्याइँ गर्नु हुँदैन । चिनियाँ स्रोतको अध्ययन, विश्लेषण र स्थलगत अवलोकनका आधारमा जोशीले र उनको चित्र अन्वेषण गर्ने शाक्यहरूले जागर नचलाएको भए अरनिको इतिहासकै गर्भमा हराउने थिए ।

नेपालको प्रसिद्धि तिब्बत र चीनमा पु¥याई ती देशहरूसँग घनिष्ठता गराउने नेपाली राजकुमारी भृकुटी विषयमा जस्तै यी महान् कलाकार अरनिको विषयमा नेपालमा ऐतिहासिक सामग्री किन मौन भए भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ खोज्ने बेला आएको छ । चीनमा पुगेर प्रसिद्धि कमाउने अरनिकोका विषयमा चर्चा गर्दा नेपाल-भोट-चीन सम्बन्धको पूर्वसन्दर्भलाई पृथक राख्न सकिँदैन । नेपालको सम्बन्धमा उत्तरका मुलुक खासगरी भोट र चीनसँग घनिष्ठता ल्याउने सर्वाधिक महत्‍वपूर्ण भूमिका बौद्ध धर्मले निर्वाह गरेको सर्वविदित तथ्य हो । शान्तिभद्र, अनन्तश्री, जेत कर्ण, सुमन कीर्ति, शान्तिश्रीजस्ता बौद्ध धर्मका पण्डित नेपालबाटै भोट पुगेका थिए । यसैगरी पद्मसम्भव पनि नेपाल भएरै भोट पुगी मानसम्मान पाउन सफल भए ।

Hardik health

यसैगरी नेवारी पण्डित महान् ज्ञानी (स्थानीयले दिएको नाम ग्रेटमर्सी तर खास नाम अज्ञात)ले त भोटबाट फर्कदा एक हजार औंस सुन दक्षिणा नै पाएका थिए । सातौं शताब्दीमा नै कुती र केरुङ मार्ग प्रचलनमा आएपछि चीनका भारत भ्रमण गर्ने तीर्थयात्री एवं भिक्षुहरू नेपाल भएर नै जाने आउने गरेका दृष्टान्त पाइन्छन् । सोही शताब्दीमा नै नेपाली राजकुमारी भृकुटीले ल्हासामा झोकाङ मन्दिर निर्माण गराएकी थिइन् । उक्त मन्दिरको निर्माण नेपाली कालीगढहरूले गरेको अनुमान गरिएको छ । सोही समयदेखि नेपाली कालीगढ, कलाकार, वास्तुकलाविद् जस्ता जनशक्तिको माग भोटमा हुने गरेको थियो । भोटमा रहेको प्रसिद्ध साक्या(स्याक्या) गुम्बाहरू बौद्ध धर्मालम्बीका लागि आकर्षणको केन्द्र थियो र नेपालका भिक्षु बाँडाहरूलाई उक्त गुम्बा गन्तव्यस्थल थियो ।

तेह्रौं शताब्दीमा चीनलाई आफ्नो हातमा नचाउन सफल चंगेज खाँसमेत साक्या गुम्बा र सम्बन्धित धार्मिक मठबाट निकै प्रभावित भएका थिए । यिनै चंगेजका नाति कुब्लाई खाँ सर्वत्र दिग्विजय गरी शक्तिशाली बादशाह हुन पुगेका थिए । उनले साक्या गुम्बाका संघनायक नाम गरेका व्यक्तिसँग बौद्ध धर्मदर्शनको दीक्षा लिए । यिनै कुब्लाई खाँको आदेशमा साक्या गुम्बाका प्रमुखले सोही स्थानमा सुवर्ण चैत्य निर्माण गर्न नेपालका राजालाई १०० जना वास्तुकलाकार÷शिल्पकार पठाइदिन अनुरोध गरे । सोहीअनुसार नेपालका मल्ल राजा जयभीम मल्ल (अनन्त मल्ल) ले कालीगढको एक टोली भोट पठाइदिए । यस टोलीको नेतृत्व अरनिकोले गरेका थिए ।

अरनिकोले नेपालमा छँदा नै वास्तुकलाका विविध पक्षमा दक्षता हासिल गरिसकेका थिए भन्ने अनुमान हुन्छ । नेपालबाट जाने सबै कालीगढहरू नेवार समुदायकै बौद्धमार्गी भएको अनुमान गर्न सकिन्छ । यी नेपाली कलाकारहरू नेपालको कुन स्थानबाट कुन-कुन सर्तमा के-कसरी गए भन्ने कुनै ऐतिहासिक दस्तावेज उपलब्ध छैन । नेपाली कलाकारहरू अरनिकोको निर्देशनमा साक्या गुम्बाको सुवर्ण चैत्य निर्माण गरी सुनका मसीले कंग्युर र तंग्युरजस्ता बौद्धधर्म कृतिहरू उतार गरी शाक्यमुनि बुद्धको सुवर्ण मूर्ति, सुवर्ण चैत्य र अनेकौं बौद्ध मूर्ति बनाएको चर्चा सत्यमोहन जोशीले गरेका छन्, यो समय सन् १२६० आसपासको थियो ।

अरनिकोको प्रतिभा, कार्यदक्षता तथा सीपबाट साक्या गुम्बाका संघनायक पाहसपाले उनलाई कुब्लाई खाँको दरबार पेचिङ लिएर गए । अरनिकोका अतिरिक्त कति जना कलाकार तिब्बत गएका थिए भन्ने कुराको तथ्य उपलब्ध छैन । संघनायकद्वारा अरनिकोको प्रतिभा र अभूतपूर्व कलाकारिताको प्रशंसा सुनेका सम्राट कुब्लाई खाँ अरनिकोबाट प्रभावित भए । उनले बिग्रेर थन्किएको एउटा ढलोटको मूर्ति मर्मत गर्ने आदेश दिए ।

अरनिकोले तत्परताका साथ आफूलाई प्रदान गरिएको दायित्व पूरा गरी ढलोटको मूर्तिलाई मर्मत गरी आफ्नो सीप र दक्षताको परिचय दिए । यस कार्यबाट बादसाह प्रसन्न भई बेइजिङको श्वेत चैत्य महानिर्माण गर्ने दायित्व प्रदान गरे । अरनिकोकै नेतृत्वमा सन् १२७१ मा कार्य प्रारम्भ गरी आठ वर्ष लगाएर सो योजना पूरा भयो । यसपछि अर्को आठ वर्ष लगाएर उक्त चैत्यको परिसरमा नै एक बौद्ध विहार निर्माण गरे । यसपछि अरनिकोले चीनका अन्य प्रान्तमा पनि बौद्ध मूर्ति एवं कलाकृतिबाट सजिएका बौद्ध विहार बनाएका थिए । उक्त समयसम्म अरनिकोले धेरै चिनियाँहरूलाई ढलोटकलामा दक्ष कालीगण बनाइसकेका थिए । कुब्लाई खाँले अरनिकोको कौशल र सीपको सम्मान गर्दै वास्तुकला प्रमुखमा नियुक्त गरे ।

उनले चिनियाँ युवतीसँग विवाह गरेर चिनको राजधानीमा घरजम गरी बस्न थाले । त्यहाँको सरकारी सेवामा कार्यरत रहँदाको अवस्थामा नै ६२-६३ वर्षको उमेरमा उनको देहान्त भयो । त्यस बेलासम्म उनका छोराहरू पनि बाबुको काँध थाप्न सक्ने हैसियतमा पुगिसकेका थिए । भनिन्छ, अरनिकोपश्चात् उनैका छोराहरू वास्तुकला विभागमा कार्यरत रहे । अरनिको केबल वास्तुकलाविद् मात्र थिएनन्, उनी त एक कुशल चित्रकार पनि थिए । उनले बनाएको कुब्लाई खाँको मुहारचित्र र साम्राज्ञीको छविचित्र ताइवानको ताइपे संग्रहालयमा सुरक्षित रहेको तथ्य मीनबहादुर शाक्यले पत्ता लगाई सोको छायाप्रति पनि उपलब्ध गराए । जुन नेपाल आर्ट काउन्सिल बबरमहल ग्यालरीमा सजाइएको छ । अरनिकोको मृत्युपश्चात् चिनियाँ सम्राटले उनलाई मरणोपरान्त प्रदान गरिने विशेष सम्मान ‘मिङ हुई’ सम्मानबाट श्रद्धाञ्जली दिएका थिए । आजसम्म चीनमा उनका कलाकृतिहरू देख्न सकिन्छ । बेइजिङमा उनको समाधिस्थलमा सन् १३११ मा खडा गरिएको कीर्तिस्तम्भ नै उनको जीवनी र कार्यका विषयमा जानकारी दिने एक भरपर्दो स्रोत हो ।

अरनिकोका विषयमा नेपाली स्रोत मौन रहँदा कतिपय प्रश्न हालसम्म अनुत्तरित नै छन् । सही उत्तर पाउन पनि मुस्किल नै होला । अरनिकोको खास नाम के थियो भन्ने विषयमा पनि अलमल छ, कसैले अनिको वा अरनिक भनेका छन् त कसैले उनको नाम चिनियाँ भाषामा उच्चारण गर्दा अरनिको भएको चर्चा गरेका छन् । बाबुराम आचार्यले उनको नाम बलबाहु भएको जनाएका छन् । उनको जन्म कहिले भएको हो र सन् १२४४ मा भोट जाँदा उनी कति वर्षका थिए भन्ने पनि यकीन हुन सकेको छैन । चीनमा रहँदा अरनिकोले धेरै जनासँग विवाह गरेका थिए । उनले कति श्रीमतीलाई त पारपाचुके पनि दिएका थिए भन्ने कथन पनि छ । मृत्युकालीन समयमा उनका नेपाली श्रीमतीबाहेक दुई मंगोलियन र सात चिनियाँ श्रीमती रहेको उल्लेख पाइन्छ । उनले नेपालबाट श्रीमती लिएर भोट जान सम्भव देखिँदैन किनकि भोट जाने कसैले पनि श्रीमती लिएर गएको प्रमाण भेटिँदैन ।

उनका छोराछोरी चीनमै बसोबास गरेका र नेपालसँग कुनै सम्पर्क नभएको अनुमान हुन्छ । अरनिकोले देहत्याग गरेका थिए भन्नेसम्मका टिप्पणी पनि गरिएको पाइन्छ । उनी नेपालको कुन ठाउँबाट गएका हुन् भन्ने यकीन हुन सकेको छैन ललितपुरमा कालीगढी कलाकारहरूको बाहुल्य रहेकाले सोही ठाउँबाट उनी भोट गएको अनुमान बाबुराम आचार्यले गरेको हुनसक्छ । भोट तथा चीनमा प्रसिद्धि कमाएका नेपाली कलाकार अरनिकोका विषयमा नेपालमा कुनै ऐतिहासिक प्रमाण नपाइनु साँच्चिकै खड्किने विषय हो । चिनियाँ स्रोतले प्रवाह गरेको सूचनाको आधारमा उनको योगदानको चर्चा गरिएको धेरैपछि मात्र नेपालमा अरनिकोको विषयमा चर्चा परिचर्चाहरू हुन थालेको हो ।

जे होस् अरनिकोलाई राष्ट्रिय विभूतिको सम्मान दिनु, उनकै नामबाट कोदारी राजमार्गको नामकरण हुनु, उनको नाममा हुलाक टिकट प्रकाशन हुनु तथा पाटनमा उनको पूर्णकदको सालिक निर्माण हुनु निश्चय नै इतिहासलाई सम्मान दिने कार्य हुन् । अरनिको नेपाल-चीन सम्बन्धलाई उचाइमा पु¥याउने धर्तीपुत्र हुनुका साथै चीनमा सबैभन्दा ठूलो सम्मान, पद र प्रतिष्ठा पाउने पहिलो नेपाली पनि हुन् । नेपालको वास्तुकला विश्वको रंगमञ्चमा फैलाउने कला सारथिका रूपमा प्रतिष्ठाप्राप्त व्यक्ति हुन् यस्ता महान् विभूतिको स्मृति जयन्ती मनाइरहँदा सबै नेपाली सम्मानित भएका छन् । चीनको पहिलो सांस्कृतिक दूत अरनिकोप्रति हार्दिक श्रद्धाञ्जलि ! 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार
सामाजिक सुरक्षामा गर्नुपर्ने सुधार बुधबार, पुस २३, २०८२
निजी अस्पताल सञ्चालन र सरकारी नीति 
निजी अस्पताल सञ्चालन र सरकारी नीति  मंगलबार, पुस २२, २०८२
स्लाइन पानी !
स्लाइन पानी ! मंगलबार, पुस २२, २०८२
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति सोमबार, पुस २१, २०८२
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता 
राष्ट्रिय एकता र मेलमिलाप नीति सान्दर्भिकता  आइतबार, पुस २०, २०८२
बिपीको मेलमिलापको सान्दर्भिकता
बिपीको मेलमिलापको सान्दर्भिकता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP