Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गगनको शक्ति प्रदर्शनमा देउवाको खोजी
गगनको शक्ति प्रदर्शनमा देउवाको खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२
  • भृकुटीमण्डपमा भेला भएका कांग्रेसका युवा नेताहरुले गगनलाई भावी नेतृत्वका रुपमा प्रस्तुत गर्दै उनको फोटो भएको झण्डा, टोपी लगाएका थिए
  • ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको अवस्थामा बन्दसत्रको हलबाट गगनलाई सभापतिका रुपमा चयन गर्ने तयारी
  • देउवालाई दिनभर पर्खेको विशेष महाधिवेशन पक्षधरका नेताहरुले मञ्चमा पुग्नसाथ बन्दसत्रमा भए पनि आइदिन गरे आग्रह

काठमाडौं- महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार उद्घाटन भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटनमा महामन्त्री थापाको क्रेज उल्लेख्य देखिन्थ्यो ।

संस्थापनपक्षको नीतिविरुद्ध विद्रोहीको रुपमा प्रस्तुत भएका गगनले आफ्नो शक्ति प्रदर्शनका रुपमा विशेष महाधिवेशनलाई लिएको देखिन्छ । भृकुटीमण्डपमा भेला भएका कांग्रेसका युवा नेताहरुले गगनलाई भावी नेतृत्वका रुपमा प्रस्तुत गर्दै उनको फोटो भएको झण्डा, टोपी लगाएका थिए ।

दिउँसो १ बजेबाट सुरु भएको महाधिवेशनको उद्घाटन सत्र साँझ ७ बजेसम्म पनि गगनको भाषण सुन्न नेता कार्यकर्ता धीर भएर उभिएका थिए । गगनले सम्बोधनका क्रममा कांग्रेस दास र लासहरुको पार्टी नभएको बताए । ‘कांग्रेस दास र लासको पार्टी होइन, हामी सबै बराबर छौं,’ उनले भने, ‘कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन ।’

गगनले भदौ २३ र २४ मा भएको ‘जेन-जी आन्दोलन’ केवल नवयुवाको असन्तुष्टिमात्र नभई देशभरका लाखौं नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको परिणाम भएको बताए । महामन्त्री थापाले राजतन्त्र अन्त्य गरी ल्याइएको गणतन्त्रमा ‘नेपोबेबी’ प्रवृत्तिको बर्चस्व देखेर जनता आक्रोशित भएको उल्लेख गरे । ‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले गणतन्त्र ल्यायौं । तर आज त्यसै गणतन्त्रमा नेपोबेबीहरूको राज देख्दा जनता रिसाएका हुन् । त्यो रिस जेन-जी आन्दोलनका क्रममा सडकमा पोखियो,’ उनले भने । आन्दोलनमा जनताले सरकार, संसद् र समग्र राजनीतिक प्रणालीप्रति असन्तुष्टि प्रकट गरेको बताए ।

Hardik health

अर्का महामन्त्री शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताए । ‘आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइहरू- कसैले लाइभ, कसैले युट्युबमार्फत हेर्दै हुनुहुन्छ । तपाईंहरू प्रत्येकका असन्तुष्टिलाई केस्राकेस्रा, बुँदाबुँदामा केलाएर कांग्रेसको महाधिवेशनमा छलफल गर्नेछौं, पहिचान गर्नेछौं,’ महामन्त्री शर्माले भने, ‘फागुन २१ गते रूख चिह्नमा मतदान हुनुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, नदोहो¥याउने संकल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दै छौं ।’

महामन्त्री शर्माले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिक सन्तुष्टि कायम हुन नसकेको उल्लेख गरे । सरकार परिवर्तनले सत्तामा पुगेकालाई त सन्तुष्टि मिलेको हुनसक्ने तर आम नागरिकले अनुभूति गर्न नसकेको उनको भनाइ थियो । यस्ता असन्तुष्टिका उदाहरणहरू धेरै रहेको र तिनलाई विशेष महाधिवेशनको बन्दसत्र प्रतिवेदनमा विस्तृत रूपमा प्रस्तुत गरिने उनले जानकारी दिए ।

महामन्त्री शर्माले विशेष महाधिवेशनलाई केवल संगठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताए ।

विशेष महाधिवेशनमा देउवाको खोजी
कांग्रेस विशेष महाधिवेशनमा धेरैले सभापति शेरबहादुर देउवा पनि उपस्थित हुनुपर्ने माग गरेका छन् । मञ्चमा पुगेका नेताहरुदेखि महाधिवेशन प्रतिनिधिहरुले देउवाले यसलाई अपनत्व लिनुपर्ने बताएका हुन् । मञ्चबाट कांग्रेस नेता सुनिल शर्माले बन्दसत्रमा भए पनि आउन आग्रह गरे । ‘रोइलो छाडेर यो हलमा आउनुस्, तपाईंलाई हामी विकल्प दिन्छौं,’ शर्माले भने ।

गगननिकट नेता डिल्लीराम सुवेदीले आइतबारको उपस्थिति देखेर देउवा पनि उपस्थित हुने बताए । ‘यो उपस्थिति देखेपछि सभापतिले पनि सम्बोधन गर्नुहुने छ भन्ने हामीलाई लाग्छ,’ सुवेदीले भने । सभापति देउवा भने विशेष महाधिवेशन गर्न नहुने भन्ने पक्षमा अडिग छन् । देउवाका लागि विशेष पक्षधरले सिट पनि छुट्याएका थिए । तर देउवा आएनन् । मञ्चबाट नै केन्द्रीय सदस्य मधु आचार्यले भनिरहेका थिए, ‘यो विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिको सिट पनि खाली छ ।’

देउवाले दिनभर आफूपक्षका नेता र संस्थापनइतरका नेता डा. शेखर कोइरालासँग छलफल गरे । दिनभरको छलफलको क्रममा के-के भयो भन्ने विषय खुलेको छैन । देउवा नआउँदा आफूलाई दुःख लागेको महामन्त्री थापाले बताए । ‘तल ओर्लिएर नेताहरूको तस्बिरमा माल्यार्पण ग¥यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन ग¥यौं । हामीलाई खुसी लागेको होइन,’ प्रमुख अतिथिका रुपमा उपस्थित थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’

विशेष महाधिवेशनमा संस्थापनपक्षका नेताहरु पूर्वउपसभापति गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, महेश आचार्य, नरहरि आचार्य, विनोद चौधरी, सुनिल शर्मा, उदयशमशेर जबरा, डिला संग्रौला, पुष्पा भुसाल, राजेन्द्रकुमार केसीसहित कोशी प्रदेशमा विद्रोह गरेर मुख्यमन्त्री बनेका शेखर समूहको नेताका रुपमा चिनिएका केदार कार्की विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेका थिए । 

२६६२ प्रतिनिधिको नाम दर्ता
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पहिलो दिन दुई हजार ६६२ जना प्रतिनिधिले नाम दर्ता गराएको विशेष महाधिवेशन सचिवालयका युवराज पाण्डेले दाबी गरे । आइतबार राति ९ बजेसम्म दुई हजार ६६२ प्रतिनिधिको नामावली दर्ता भएको पाण्डेले विज्ञप्तिमार्फत जनाएका हुन् ।

जसअनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, उपत्यकाका तीन जिल्लाबाट १७८, भ्रातृ शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि गरी जम्मा २६ सय ६२ जनाले नाम दर्ता गराएका हुन् । 

कूल चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेको कांग्रेसमा २६ सय २६ प्रतिनिधि भनेको ५६ प्रतिशत हो । आज (सोमबार)समेत प्रतिनिधिहरुको नाम दर्ता हुने छ । आज बिहान ८ः०० बजेबाट नाम दर्ता हुने तथा बन्दसत्र बिहान १०ः०० बजेबाट हुने जनाइएको छ ।

 

बन्द सत्रबाट नेतृत्व छानिएला ?
विशेष महाधिवेशन आयोजना सफल भएसँगै आज के होला ? धेरैले चासोपूर्वक हेरिरहेका छन् । ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि पुगेको अवस्थामा बन्दसत्रको हलबाट गगनलाई सभापतिका रुपमा चयन गर्ने तयारी विशेष पक्षधरको देखिन्छ । उनी पक्षधर नेताहरु गगनलाई सभापतिका रुपमा चयन गरेरमात्र महाधिवेशन टुंगोमा पुगिने बताउँछन् । उनीहरुको भनाइलाई साथ दिनेगरी गगनले पनि महाधिवेशन कहाँ गएर टुंगिन्छ भन्ने थाहा नभएको बताएका छन् । ‘कहाँ गएर टुंगिन्छ, मलाई थाहा छैन । तपाईंहरूले माग्नुभएको छ, नीति पनि बदल्ने, नेता पनि बदल्ने,’ थापाले भने, ‘मैले मागेको होइन, तपाईंहरूले मागेको हो । हाउसले जे निर्णय गर्छ, त्यो मेरा लागि स्वीकार्य छ ।’

गगन सभापति छानिनु भनेको कांग्रेस फुटको दिशामा अघि बढ्नु भएको विश्लेषकहरु बताउँछन् । अर्का महामन्त्री शर्माले आफू पार्टी फुटको दिशामा जानबाट रोक्न लाग्ने यसअघि बताइसकेका छन् । बरु यो विशेष महाधिवेशनलाई संकल्प प्रस्तावका रुपमा परिणत गराउने प्रयासमा शर्मा लाग्ने बताउँछन् । यता डा.शेखर कोइराला पक्षले भने यसलाई नीति महाधिवेशनमात्र बनाउनेगरी देउवासँग छलफल अघि बढाइरहेका छन् । महाधिवेशनमा देउवानिकट नेताहरु र शेखरनिकट नेताहरुकोसमेत घुसपैठ रहेको भन्दै गगननिकट नेताहरु भने सशंकित बनेका छन् । उनीहरुका कारण बन्दसत्र भँडिन नदिन आफूहरु लागिपरेको विशेष महाधिवेशन पक्षधरहरु बताउँछन् ।
 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP