काठमाडाैं - बन्दसूची अद्यावधिक गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोली निर्वाचन आयोग पुगेको छ।
उज्यालो नेपाल पार्टीको एकता बिथोलिएपछि प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची अद्यावधि गर्न रास्वपा सचिवालय सदस्य गणेश पराजुलीसहित नेता निर्वाचन आयोग पुगेका हुन्।
शनिबार रास्वपा र उनेपाबीच एकता भाँडिएको थियो। रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा उनेपाका १४ जना उम्मेदवार समाविष्ट छन्। रास्वपाले सूची अद्यावधिक गर्न लागेको हो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको छ,’ प्रवक्ता मनिष झाले बताए ।