काठमाडौं- साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेकाे छ । आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजार आज ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार कित्ता शेयर ६९ हजार २६१ पटक खरिदबिक्री भएका थिए ।
आज कुल १२९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ११५ कम्पनीको मूल्य ओरालो लागेको छ भने बाँकी १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
आजको बजारमा आज साञ्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसको शेयर मूल्य ८.१६ प्रतिशतले बढेर ७९५ रुपैयाँ पुगेको छ । त्यस्तै, एसबाई प्यानलको मूल्य ५.७१ प्रतिशत र खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशतले बढेको छ। सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ३.९० प्रतिशतले घट्नु नै आजको सर्वाधिक गिरावट रह्यो ।