काठमाडौं- बिहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ। बुधबारकाे १५.४३ अंक घटेको नेप्से परिसूचक १३. ८५ अंक घटेर २५३१ विन्दुमा कायम हाे।
अघिल्लो दिन ४ अर्ब १९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडको कारोबार भयो। ६८ कम्पनीको मूल्य बढ्दा १९९ को घट्यो भने ११ को स्थिर रह्यो।
आज सबै समूहका उपसूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घट्यो। बैंकिङ ०.४७, विकास बैंक ०.३४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घटे।
आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो भने सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशत घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर छन्।