Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस-एमाले गठबन्धनसँग भिड्दै नेकपा
१८ पदमा ४४ उम्मेदवार, कोशीबाट कांग्रेसका थापा निर्विरोध कांग्रेस-एमाले गठबन्धनसँग भिड्दै नेकपा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०८२
  •  कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन
  •  कांग्रेस नौ, एमाले आठ र जसपा नेपाललाई एक सिट
  •  कांग्रेस-एमालेसँग सिट बाँडफाँट नमिलेपछि नेकपा एक्लै चुनावमा
  •  कोशीबाट कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध
  •  सबै प्रदेशमा गठबन्धन बलियो, नेकपालाई जित निकाल्न सकस

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उम्मेदवारी परेको हो ।

सबै प्रदेशमा बुधबार दलहरूले आयोगले तोकेको समयमा उम्मेदवारी दर्ता गराएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । ‘आयोगको प्रदेशस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर दलहरूले उम्मेदवारी दर्ता गरेका छन्,’ उनले प्रभावसँग भने, ‘क्लस्टरअनुसार उम्मेदवारी दर्ता गराएका छन् ।’ निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालले गठबन्धन गरेका छन् । बाँकी दलहरू एक्लाएक्लै निर्वाचनमा होमिएका हुन् । बुधबार बिहानसम्मै कांग्रेस, एमाले, नेकपा र जसपा नेपालबीच चुनावी गठबन्धनबारे छलफल चलेको थियो । नेकपाले निर्वाचन हुने १८ सिटमध्ये चार सिट मागेको थियो । कांग्रेस र एमाले तयार भएनन् । तीन सिटमात्रै दिन तयार भए । जसपा नेपालले दुई सिट मागेकोमा एक सिटमा चित्त बुझायो । तर, नेकपा असन्तुष्ट हुँदै गठबन्धनबाट बाहिरियो । 

नेकपा नेता हरिबोल गजुरेलले सबै प्रदेशमा उम्मेदवारी दिएको बताए । ‘हामीले मतभारको आधारमा सिट बाँडफाँट हुनुपर्छ भन्यौं, तर कांग्रेस र एमालेले हेपेर तीन सिटभन्दा बढी दिन सकिँदैन भने, त्यसपछि लौ न त चुनाव लडौं भनेर हामीले उम्मेदवारी सबै प्रदेशमा दियौं,’ उनले भने ।  प्रदेशगत मतभारलाई आधार मान्दा कांग्रेस र एमाले चुनावी गठबन्धनमा रहँदा सबै प्रदेशबाट सहज जित हुने अवस्था छ । नेकपालाई जित निकाल्न निकै कठिन हुने भएको छ । यदि, कांग्रेसको असन्तुष्ट महामन्त्रीद्वयले सहयोग गरे भने नेकपाले अनपेक्षित जित ठाउँ-ठाउँमा निकाल्न सक्ने विश्लेषण पनि भइरहेको छ । तर, त्यस्तो सम्भावना न्यून रहेको जानकारहरु बताउँछन् ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनमा दायाँबायाँ नहुने दाबी गरे । ‘गठबन्धनमा हामी दुवै शक्ति इमानदार हुन्छौं । त्यसमा कुनै शंका गर्नुपर्ने छैन,’ प्रवक्ता महतले भने । गठबन्धनपछि कांग्रेसले सबैभन्दा बढी नौ सिट पाएको छ । एमालेले आठ सिट पाउँदा जसपा नेपालले एक सिट पाएको छ । 

Hardik health

राष्ट्रिय सभामा रिक्त हुने १८ सिटका लागि निर्वाचन हुन लागेको हो । सोहीअनुसार बुधबार सबै प्र्रदेशमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसारका कोशीमा तीन सिटमा निर्वाचन हुँदै छ । अन्य सिटबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । नेकपाबाट उम्मेदवारी नपर्दा उनी निर्विरोध भएका हुन् । उनी पूर्वउद्योगमन्त्री पनि हुन् । धनकुटा घर भएका उनका बुबा सूर्यबहादुर थापा पटक-पटक प्रधानमन्त्री भएका थिए । सुनिल पनि एकपटक मन्त्री र एक पटक सांसद भए । पछिल्लो समय उनी राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । उक्त पदबाट राजीनामा दिएर उनी राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट अन्य पदमा उम्मेदवार भए । अन्ततः उनी निर्विरोध हुँदा राष्ट्रिय सभाको यात्रा सहज भयो ।
सोही प्रदेशबाट महिला सिटमा नेकपाबाट नमिता न्यौपानेको उम्मेदवारी परेको छ । उनीसँगै नेकपा एमालेकी रोशनी मेचे प्रतिस्पर्धामा छिन् । दलित क्लस्टरमा नेकपाका खेमराज नेपाली र एमालेका सोमनाथ पोर्तेल प्रतिस्पर्धामा छन् । मधेस प्रदेशमा महिलाबाट जनता समाजवादी पार्टी नेपालकी चन्द्रकलादेवी साहको उम्मेदवारी परेको छ । त्यहाँ एमालेकी रेखाकुमारी झा र नेकपाकी शमीकुमारी अग्रवाल पनि प्रतिस्पर्धामा छन् । दलिततर्फ कांग्रेसका धर्मेन्द्र पासवान, जसपा नेपालकी चमेलीदेवी दाल र नेकपाका शम्भु पासवान हजारी प्रतिस्पर्धामा छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट रामनन्दन प्रसाद, रञ्जित कर्ण र शैलेशकुमार चौधरीको उम्मेदवारी छ । प्रसाद नेकपा, कर्ण कांग्रेस र चौधरी जसपा नेपालका उम्मेदवार हुन् ।

अन्यबाट महन्थ ठाकुर र लक्ष्मण पौडेल उम्मेदवार छन् । ठाकुर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष हुन् । उनलाई कांग्रेस, एमाले र जसपाको साथ छ । पौडेल नेकपाका उम्मेदवार हुन् ।  बागमतीमा महिला कोटामा कांग्रेसकी गीता देवकोटासँग नेकपाकी सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की कविता महर्जन चुनाव लड्दै छन् । अन्य सिटमा विक्रम ढुकुछु, प्रेमप्रसाद दंगाल र प्रेमप्रसाद सापकोटा उम्मेदवार छन् । ढुकुटु नेमकिपा, दंगाल एमाले र सापकोटा नेकपाका उम्मेदवार हुन् । 

गण्डकीमा महिला सिटमा एमालेकी सम्झना देवकोटा उम्मेदवार छिन् । उनलाई नेकपाकी गोमा लुइँटेल घिमिरे र राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बास्कोटाले टक्कर दिने भएकी छन् । अन्य सिटमा नेकपाका कपिल लामा उम्मेदवार छन् । उनीसँग चुनावी प्रतिस्पर्धामा कांग्रेसका जगत तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल मैदानमा छन् । लुम्बिनी प्रदेशको महिला सिटमा नेकपाबाट दुर्गाकुमारी भण्डारी उम्मेदवार छिन् । उनीसँग राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डित र एमालेकी रामकुमारी झाँक्री प्रतिस्पर्धामा छन् । झाँक्री गत मंसिरको तेस्रो साता एमाले फर्किएकी नेत्री हुन् । पूर्वमन्त्रीसमेत रहेकी झाँक्री राष्ट्रिय राजनीतिमा चर्चित पात्र हुन् ।

लुम्बिनीमै अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायको सिटमा नेपाली कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका चन्द्रबहादुर केसी, राष्ट्रिय जनमोर्चाका वोमबहादुर खत्री, नेकपाका बृहस्पति अधिकारीको उम्मेदवारी छ ।  कर्णालीको महिला सिटमा नेकपाकी अञ्जु महतरा र एमालेकी मीनासिंह रखाल उम्मेदवार छन् । अन्य सिटमा कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्मा चुनावी प्रतिस्पर्धामा छन् । सुदूरपश्चिम प्रदेशको महिला सिटमा एमालेकी लिलाकुमारी भण्डारी र नेकपाकी रोजी बस्नेत तथा अन्यमा कांग्रेसका खम्बबहादुर खाती र नेकपाका टीकाराम जैसी उम्मेदवार छन् ।

निर्वाचनमा मतदाता प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष हुन् । उनीहरूको मतभार तोकिएको छ । निर्वाचन आयोगले प्रदेशको राजधानीमा प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका छन् । मतदानस्थल र मतदान केन्द्रको पनि व्यवस्था गरिएको जनाएको छ । आगामी २१ फागुनमा राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १८ जना सदस्यको ठाउँमा निर्वाचन हुन लागेको हो । एक जना राष्ट्रपतिबाट मनोनीत हुनाले उक्त पदमा निर्वाचन नहुने भएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।

 


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १०:४१
#राष्ट्रिय सभा निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP