काठमाडाैं- मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। नेप्से ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा बन्द भएको हो ।
अघिल्लो कारोबार दिन ६ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर सात अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यसदिन ३३४ वटा धितोपत्रको एक करोड ४८ लाख ३१ हजार २४८ कित्ता सेयर किनबेच भएको छ ।
आज १४८ कम्पनीको सेयरमूल्य बढेको छ भने १०३ वटाको घटेको छ । यस्तै, आठ कम्पनी स्थिर छन्। जीवन विकास लघुवित्तको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४५६ रुपैयाँ पुगेको छ।
मंगलबार एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता एक हजार तीन सय रुपैयाँमा २४ करोड ८८ लाख बराबरको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३.४३ प्रतिशत बढेको हो।