काठमाडौं - नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको सचिव राजन भट्टराईले बताए।
उनका अनुसार बैठकमा राष्ट्रियसभाको निर्वाचनबारे छलफल हुनेछ।उनले भने, ‘राष्ट्रियसभा निर्वाचन, प्रतिनिधि सभाको निर्वाचनको तयारीलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुन्छ।
राष्ट्रिसभा निर्वाचनमा गठबन्धन गर्नेबारे कांग्रेस र नेकपासँग छलफल चलिरहेको भएपनि अहिलेसम्म नटुंगिएको बताए।