काठमाडाैं - कांग्रेसले गठबन्धन नगर्ने नीतिलाई नै आफ्नो बटम लाइन भएको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले दलहरूसँग समन्वय गरेर चुनावमा जाने तयारी भइरहेको बताएका हुन्।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा सिटौलाले प्रतिनिधि सभामा कांग्रेसले गठबन्धन नगर्ने नीतिलाई नै आफ्नो बटम लाइन भएको पनि स्पष्ट पारेका छन् ।‘राष्ट्रिय सभामा रणनितीक तालमेल हुन्छ। प्रतिनिधि सभामा गठबंधन नगर्ने कांग्रेसको बटम लाइन हो,’ उनले भने ।
त्यस्तै उनले पार्टीको विशेष महाधिवेशन नहुने ठोकुवा पनि गरे । ‘विशेष महाधिवेशन हुँदैन । हुन दिँदैनौं । कांग्रेस चिरा हुँदैन हामी हुन दिँदैनौं,कांग्रेस पार्टी फुटोस्, कमजोर होस् अनेक झगडा होस् भन्ने चाहना होला । हामी त्यो हुन दिदैनौं ।' उनले भने, 'हस्ताक्षर गर्नेलाई काठमाडौ नआउन आग्रह गर्दछु। चुनावको तयारीमा लाग्न आग्रह गर्दछु।'