काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई गति दिएको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेकाे हाे ।
सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छभने केही जिल्लाबाट एकभन्दा बढी आकाङ्क्षीको नाम सिफारिस गरिएको छ । केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नामसमेत केन्द्रमा पठाएका छन् ।
एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ । एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरूमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली-झापा-५, उपाध्यक्ष विष्णु पौडेल-रुपन्देही-२, महासचिव शङ्कर पोखरेल-दाङ-२, उपमहासचिव लेखराज भट्ट-कैलाली-४, एमाले सचिव महेश बस्नेत- भक्तपुर-२ बाट सिफारिस भएका छन् ।
त्यस्तै, एमाले नेताहरू प्रदीप ज्ञवाली-गुल्मी-१, ईश्वर पोखरेल-काठमाडौँ-५, लीलानाथ श्रेष्ठ-सिरहा-३, अजय गुप्ता-रौतहट-१, हरि उप्रेती-सर्लाही-३, तिलक महत-नवलपुर-२, मिलन गुरुङ-गोरखा-२, बद्री मैनाली-नुवाकोट-१, सूर्य ढकाल-बाँके-१, दलबहादुर सुनार-बाँके-३, विश्राम चौधरी-कपिलवस्तु-१, सुहाङ नेम्वाङ-इलाम-२, लक्ष्मी महतो कोइरी-महोत्तरी-१ सिफारिस भएका छन् ।
साथै, प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेताहरूमा ध्रुव शाही-सुर्खेत-१, कलाधर देवकोटा-सुर्खेत-२, गुलाबजङ्ग शाह-सल्यान, मणिराम फुयाल-काठमाडौँ-२ (प्रस्ताव), दामोदर भण्डारी-बैतडी,गणेश ठगुन्ना-दार्चुला रहेका छन् ।
सचिव बस्नेतका अनुसार अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन्भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने छ ।