Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विभाजन रोक्न शेखरको ‘मुभ’
कांग्रेस महाधिवेशन किचलो विभाजन रोक्न शेखरको ‘मुभ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस २०, २०८२
  • सभापति शेरबहादुर देउवा आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा
  • महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ५४ प्रतिशत हस्ताक्षरकर्ताको मागअनुसार विशेष महाधिवेशनको पक्षमा
  • पार्टी फुट्न नदिन दुवै पक्षबीच संवादको सेतु बन्दै डा. शेखर कोइराला 

विशेष महाधिवेशनको भावना मेरो पनि हो, हस्ताक्षरकर्ताहरूको भावना मैले बुझेको छु । यद्यपि, केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्दै अगाडि बढ्न सम्भव भएन ।
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशन नियमित कि विशेष भन्ने विषयमा चुलिएको विवादले पार्टी विभाजनतर्फ जान सक्ने अड्कलबाजी बढिरहेका बेला नेता डा. शेखर कोइराला आन्तरिक द्वन्द्व र पार्टी विभाजन रोक्न ‘सेतु’को भूमिकामा देखिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा-विश्वप्रकाश शर्माबीच देखिएको टकरावलाई संवादको माध्यमबाट समाधान गर्ने उद्देश्यले कोइरालाले सक्रिय पहल थालेका हुन् । कोइरालाले कुनै एक धारको पक्ष लिनुभन्दा पनि सहमतिका सूत्र खोज्नुलाई प्राथमिकता दिएका छन् ।

शनिबार विशालनगरस्थित सम्पर्क कार्यालयमा पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितका नेता-कार्यकर्तासँगको छलफलमा कोइरालाले विशेष महाधिवेशनको माग उठाएका नेताहरूको भावनासँग आफू सहमत रहेको स्पष्ट पारे पनि पार्टीको औपचारिक निर्णय प्रक्रियाबाट बाहिर गएर विद्रोह गर्न नसकिएको बताएका थिए ।

Hardik health

‘विशेष महाधिवेशनको भावना मेरो पनि हो, हस्ताक्षरकर्ताहरूको भावना मैले बुझेको छु,’ छलफलमा सहभागी कांग्रेसका दोलखा सभापति बर्मा लामाले कोइरालाको भनाइ उद्धृत गर्दै प्रभावसँग भने, ‘यद्यपि, केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतले गरेको निर्णयलाई अस्वीकार गर्दै अगाडि बढ्न सम्भव भएन ।’

शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो । बैठकले बहुमतका आधारमा आगामी वैशाख अन्तिम साता गर्नेगरी १५औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेपछि पार्टीभित्र असन्तोष झनै चुलिएको छ । महामन्त्रीद्वय थापा र शर्मासहित पाँच जना नेताले निर्णयमा फरक मत राख्दै विशेष महाधिवेशनको आवश्यकता औंल्याएका थिए ।

यही पृष्ठभूमिमा कोइरालाले पार्टीभित्रको तनावले दीर्घकालीन क्षतिमा नपुगोस् भन्ने उद्देश्यसहित संवादको ढोका खोलेको बताएका छन् । ‘पार्टीलाई समाधान दिन संवाद सुरु गरेको हुँ, मेरो अरु राजनीतिक अभिष्ट छैन,’ बैठकमा कोइरालाले भनेका थिए । 

विशेष महाधिवेशन पक्षधर नेताहरूले भने कोइरालालाई अझ स्पष्ट र नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका छन् । हस्ताक्षर अभियानमा संलग्न नेता दिक्पालकुमार शाहीका अनुसार कोइरालासँग विशेष महाधिवेशनको अपनत्व लिन आग्रह गरिएको थियो । ‘विशेष महाधिवेशनको राजनीतिक आधार तपाईंको पक्षमा थियो, त्यसैले यसमा तपाईंले नेतृत्व लिनुपर्छ भन्ने कुरा राख्यौं,’ उनले भने ।

उनीहरूले पार्टी सभापति देउवा र महामन्त्रीहरूबीच सहमति जुटाउन कोइरालाले निर्णायक भूमिका खेल्नुपर्ने धारणा पनि राखेका छन् । नेता कोइरालाले आज (आइतबार) पनि विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । कांग्रेसभित्र बढ्दो तनावबीच संवादमार्फत सहमति जुटाउने उनको प्रयास सफल हुन्छ कि हुँदैन भन्ने चासो तीव्र बन्दै गएको छ ।

विशेष महाधिवेशन पक्षधर महामन्त्रीहरू थापा र शर्मा भने पछि नहट्ने भएका छन् । उनीहरूले शनिबार कानुन व्यवसायीहरूसँग छलफल गरे । कानुनविद्हरूका अनुसार कांग्रेसको विधान धारा १७ (२) बाध्यकारी प्रावधान हो, जसअनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनैपर्छ । त्यो वैध माग भएको उनीहरूले सुझाएका थिए ।

केही महिनाअघि मात्रै कांग्रेसको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए । तर, सभापति देउवाले केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशन बोलाउन चाहेनन् । नियमित महाधिवेशनमै उनको जोड रहँदै आएको छ । विशेष महाधिवेशन गरे पार्टी फुट्ने उनको मत छ ।

महामन्त्रीद्वय विशेष महाधिवेशनको अडानबाट टसमस छैनन् । केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पनि मागलाई बेवारिसे हुने नदिने कानुन व्यवसायीहरूसँग छलफलपछि उनीहरूले बताएका छन् । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर विशेष महाधिवेशनको माग गरे । यो बाध्यकारी छ । केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन सक्दैन,’ बैठकमा महामन्त्रीद्वयको एउटै भनाइ थियो । उनीहरूनिकट नेता गुरूराज घिमिरेले त विशेष महाधिवेशन रोक्न जबर्जस्ती गरिए हुनसक्ने राजनीतिक दुर्घटनाको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

‘विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्दैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जबर्जस्ती गरे भविष्यमा उत्पन्न हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुने छ ।’

कांग्रेसले ७५ वर्षअघि हुकुमी शासनको अन्त्य गरेको स्मरण गर्दै उनले अहिले कांग्रेसभित्रै हुकुमी शासन झल्काउने अभ्यास चलिरहेको टिप्पणी गरेका छन् । देउवा अर्थात् संस्थापनपक्षले भने आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने केन्द्रीय कार्यसम्पादन समितिको निर्णयभन्दा दायाँबायाँ नहुने बताएका छन् । बरु विशेष महाधिवेशनको नाममा पार्टी विभाजनको खेल भए त्यो गलत हुने चेतावनी दिएका छन् । यस्तोमा डा. कोइराला दुवै पक्षबाट संवाद गराउँदै पार्टीको सम्भावित विभाजन टार्ने कोसिसमा देखिएका हुन् ।
 


प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १०:५९
#नेपाली_कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP