कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ ।
शुक्लाफाँटा नगरपालिका-१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट तीन करोड ४८ लाख रुपैयाँ जुटाइएको बताए । निर्माण कम्पनीसँग दुई करोड ९८ लाख रुपैयाँमा सम्झौता भएको जानकारी उनले दिए ।