Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण
जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १७, २०८२

भोजपुर- जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण  हुने भएकाे  छ ।   पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा  पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको हाे । 

पवित्र धार्मिक स्थलका रूपमा परिचित च्याङ्ग्रे पोखरी क्षेत्रलाई व्यवस्थित तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले हाल विभिन्न पूर्वाधार तथा पुनर्निर्माणका काम तीव्र गतिमा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ। यस क्षेत्रमा पोखरी संरक्षण, धार्मिक संरचनाको पुनर्निर्माण, सरसफाइ तथा सौन्दर्यीकरणका कार्यलाई प्राथमिकतामा राखिएको छ।

यसै क्रममा केही समयअघि च्याङ्ग्रे पोखरी परिसरमा ५० थान ‘आराम बेञ्च’ स्थापना गर्न सामाजिक सञ्जालमार्फत सहयोगको आह्वान गरिएकोमा एक हप्ताभित्रै लक्ष्य पूरा भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनका अनुसार छोटो समयमा नै स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूको सक्रिय सहभागिताबाट आवश्यक सहयोग जुट्नुले धार्मिक तथा सामुदायिक कार्यप्रति नागरिकको चासो र अपनत्व झल्काएको छ।

Hardik health

यसैगरी पञ्चकन्या देवी मन्दिर निर्माण कार्य सम्पन्न गर्नका लागि गरिएको सहयोग आह्वानअनुसार जेम्स स्कुल, धापाखेल, ललितपुरका संस्थापक प्रमुख राजेश खड्काले मन्दिर निर्माणका लागि पाँच लाख रुपैयाँ नगद सहयोग प्रदान गरेका छन् । खड्काले आगामी दिनहरूमा पनि मन्दिर तथा पोखरी क्षेत्रको विकासका लागि आर्थिक, भौतिक, नैतिक तथा मानवीय सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकाे गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाकाले च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवी मन्दिर धार्मिक आस्थासँग मात्र नभई स्थानीय संस्कृति, पहिचान र सम्भावित धार्मिक पर्यटनसँग समेत जोडिएको स्थल रहेको जनाएको छ । यस क्षेत्रको विकासले धार्मिक पर्यटकको आगमन बढ्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यस पवित्र, धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण र दीर्घकालीन विकासका लागि देश-विदेशमा रहनु भएका सम्पूर्णलाई सक्दो सहयोग गर्न गाउँपालिकाले अपिल गरेको छ। स्थानीय सरकार, दाता र नागरिकको साझा प्रयासबाट निर्माण तथा विकासका कामले निर्धारित समयमै पूर्णता पाउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धवलागिरी अस्पताल भवन: तीन पटक म्याद थप गर्दा आधा काम
धवलागिरी अस्पताल भवन: तीन पटक म्याद थप गर्दा आधा काम बिहीबार, पुस १७, २०८२
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण बिहीबार, पुस १७, २०८२
आजदेखि रसुवागढी नाका सञ्चालन
आजदेखि रसुवागढी नाका सञ्चालन बिहीबार, पुस १७, २०८२
दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन
दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन बिहीबार, पुस १७, २०८२
चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट
चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट बिहीबार, पुस १७, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP