काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघले गरेको छलफलमा संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निजी क्षेत्रलाई सरकारको दरिलो साथ रहेकाे बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेकाे ‘निजी क्षेत्रको सम्मान : समृद्धिको आधार’ भन्ने नाराका साथ गरेको शान्ति स्थायित्व र समृद्धिका लागि सहार्य समूहिक पहल भन्ने विषयमा छलफलमा उनले यस्ताे बताएका हुन् ।
उनले फागुन २१ गतेको निर्वाचन सुनिश्चित रहेकाे बताएका छन् । निर्वाचन हुदैनकी भन्ने दुबिधाको अन्त्य गर्न आह्यवन गरेका छन् । सरकार दृढताका साथ निर्वाचनमा अगाडी बढेको उनकाे दाबी छ।
सरकारको दरिलो साथ निजी क्षेत्रलाई रहेकाे र -निर्वाचनका लागि सामुहिक पहल जरुरी भएकाेमा उनले जाेड दिएका छन् । उनले भने ,' उद्योग , व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षा हाम्रो साझा प्रतिवद्दता सबैको प्राथमिकतामा हुनुपर्छ ' ।
उक्त छललमा प्रधानमन्त्री सुशीला कार्की, कांग्रस, एमाले, नेकपा, रास्वपा सहित जेन–जी व्यवसायी सहितको उपस्थिति रहेकाे छ ।