Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ऐतिहासिक श्री महलको पुनर्निर्माण सुरु
ऐतिहासिक श्री महलको पुनर्निर्माण सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२

ललितपुर- पुल्चोकस्थित राणाकालीन ऐतिहासिक दरबार संरचना श्री महलको पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको यस महल लामो समयदेखि जीर्ण अवस्थामा रहँदै आएको थियो ।

वर्षौंदेखि उपेक्षित अवस्थामा रहेको श्री महललाई पुरानै मौलिक शैली र स्वरूपमा पुनर्निर्माण गर्ने उद्देश्यसहित सहरी विकास तथा भवन निर्माण विभागले गत भदौ १८ गते निर्माण सम्झौता गरी काम अगाडि बढाएको छ । सम्झौताअनुसार आयोजनाको कूल लागत  ७२ करोड ९७ लाख २९ हजार ९४३ रुपैयाँ रहेको छ भने निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

सहरी विकास तथा भवन निर्माण विभागको जिम्मेवारीमा रहेको यस आयोजनाअन्तर्गत प्रारम्भिक चरणको निर्माण कार्य सुरु भइसकेको विभागले जनाएको छ । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत प्रक्रिया अगाडि बढाइए पनि प्राविधिक कारणले काम अघि बढ्न नसकेको बताइएको छ । पछि सम्बन्धित निकायमा जिम्मेवारी सरेसँगै पुनर्निर्माण प्रक्रिया तीव्र बनाइएको छ  ।

Hardik health

विभागका अनुसार श्री महलको पुनर्निर्माण गर्दा यसको ऐतिहासिक, सांस्कृतिक तथा वास्तुकलात्मक विशेषता यथावत राखिनेछ । आवश्यक अध्ययन, संरचनात्मक परीक्षण तथा ‘डिजाइन’ स्वीकृतिपछि निर्माण कार्य सुरु गरिएको जनाइएको छ ।

राणा युगमा निर्माण भएको श्री महल ऐतिहासिक तथा प्रशासनिक दृष्टिले महत्वपूर्ण सम्पदा मानिन्छ । पुनः निर्माण सम्पन्न भएपछि यस महललाई सरकारी प्रयोजन तथा सांस्कृतिक सम्पदाका रूपमा उपयोग गर्ने योजना रहेको सम्बन्धित निकायले जनाएको छ ।

 स्थानीयवासी तथा सम्पदा संरक्षणकर्मीहरूले श्री महलको पुनर्निर्माण सुरु भएकोमा खुसी व्यक्त गर्दै समयमै गुणस्तरीय काम सम्पन्न गर्न माग गरेका छन् । लामो समयदेखि पर्खाइमा रहेको यस ऐतिहासिक संरचनाले अब फेरि जीवन पाउने अपेक्षा गरिएको छ । 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP