Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
विचार
  • Home
  • विचार
  • आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२
रमेशकुमार बोहोरा

नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न भने सधैँ अनुत्तरितझैँ रहँदै आएको छ । यही प्रश्नको केन्द्रमा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह उभिएका छन् । स्थानीय सरकारको नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ उन्मुख हुँदै गर्दा उनले बोकेको अपेक्षाको भारी सामान्य छैन । यो कुनै एक व्यक्तिको राजनीतिक यात्राको मात्र कथा होइन । यो समकालीन नेपाली समाजको निराशा, आक्रोश र आशा तीनैको संयुक्त प्रतिविम्ब हो ।

बालेनको उदय दलतन्त्र र नेतातन्त्रप्रति बढ्दै गएको असन्तुष्टिको प्रत्यक्ष परिणाम हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा ६१ हजार ७६७ मतसहित काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनले केवल चुनाव जितेका थिएनन् । उनले स्थापित राजनीतिक संरचनामाथि प्रश्न उठाउँदै वैकल्पिक नेतृत्वको खोजलाई मूर्तरूप दिएका थिए । त्यो मत कुनै संगठित वैचारिक आन्दोलनको परिणाम थिएन । त्यो मत कुनै दीर्घकालीन राजनीतिक संघर्षको निरन्तरता पनि थिएन । त्यो मत मूलतः थाकेको समाजको आवेग, वितृष्णा र आक्रोशको अभिव्यक्ति थियो ।

त्यसपछिका महिनाहरूमा बालेनको लोकप्रियता निरन्तर उकालो लाग्यो । पुराना दल र तिनका नेताप्रति वितृष्ण बनेको समाजले बालेनमा ‘भिन्नता’ देख्यो । उसले ‘आशा’ देख्यो र अझ महत्‍वपूर्ण कुरा उसले ‘प्रतिरोध’ को सम्भावना देख्यो । यही सम्भावनाले बालेनलाई एक स्थानीय जनप्रतिनिधिबाट राष्ट्रिय चासोको पात्र बनायो । तर लोकप्रियता आफैंमा नीति होइन । समर्थन आफैंमा दृष्टिकोण होइन र भीड आफैंमा संस्थागत क्षमता होइन । स्थानीय तहमा देखिएको ‘डेलिभरी’ स्वतः राष्ट्रिय तहमा रूपान्तरण हुन्छ भन्ने मान्यता स्वयं खतरनाक हुन्छ ।

बालेनको लोकप्रियता वैचारिक स्पष्टताको परिणाम होइन । यो असन्तुष्ट समाजको मनोवैज्ञानिक प्रतिक्रिया हो । यो त्यस्तो समाजको प्रतिक्रिया हो जसले पुराना राजनीतिक विकल्पमा आफूलाई देख्न छोडिसकेको छ । यही समाजले तत्कालीन आवेगलाई नेता खोज्ने प्रक्रियामा बालेनलाई केन्द्रमा राखेको छ । तर आवेग र नेतृत्वबीच ठूलो दूरी हुन्छ । आवेग क्षणिक हुन्छ । नेतृत्व दीर्घकालीन ।

Hardik health

यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भएको सहमतिले नेपाली राजनीतिमा गहिरो तरंग पैदा गरेको छ । केही दिनको छलफलपछि शक्ति बाँडफाँटमा आधारित सहमति सार्वजनिक हुनु सामान्य राजनीतिक घटना होइन । बालेनले रविलाई पार्टी अध्यक्ष स्वीकार्ने र रविले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति केवल चुनावी तालमेल मात्र होइन । यो सत्ताकेन्द्रित राजनीतिक समझदारीको स्पष्ट संकेत हो । यसले बालेनको ‘एन्टी इस्टाब्लिसमेन्ट’ छविमा गम्भीर प्रश्न खडा गरेको छ ।

यस सहमतिपछि दुई धारको प्रतिक्रिया देखिएको छ । एकथरीले यसलाई वैकल्पिक राजनीतिले संस्थागत रूप लिने सुरुआतका रूपमा व्याख्या गरेका छन् । अर्काथरीले भने यसलाई नयाँ अनुहारले पनि अन्ततः पुरानै सत्ता राजनीतिको बाटो रोजेको उदाहरणका रूपमा हेरेका छन् । यही द्वन्द्वले एउटा गहिरो प्रश्न जन्माएको छ के यो एकता वैचारिक र संरचनात्मक सुधारका लागि हो कि केवल निर्वाचन जित्ने र सत्ताको गणित मिलाउने प्रयास ?

बालेनको राजनीतिक छवि ‘एन्टी इस्टाब्लिसमेन्ट’ को रूपमा निर्माण भएको हो । उनले काठमाडौं महानगरमा देखाएको निर्णय क्षमता, साहस र जोखिम लिन सक्ने आँटले उनलाई जनप्रिय बनायो । धेरैले उनलाई ‘काम गरेर देखाउने नेतृत्व’ को संकेत माने । तर यही क्रममा संवाद, सहमति र संवेदनशीलताको अभाव पनि उत्तिकै प्रस्ट देखियो । टुकुचा उत्खनन, सुकुम्बासी बस्तीमा डोजर प्रयोग, फुटपाथ व्यापारीप्रति कठोर व्यवहारजस्ता विषयमा पर्याप्त गृहकार्य, वैकल्पिक योजना र सामाजिक संवाद कमजोर देखियो । यसले बालेनको कार्यशैलीलाई ‘आवेगप्रधान’ र ‘व्यक्तिकेन्द्रित’ भन्ने आलोचनाको घेरामा ल्यायो । स्थानीय तहमा यस्तो शैली विवादास्पद हुन्छ । राष्ट्रिय राजनीतिमा भने यस्तो शैली झन् जोखिमपूर्ण हुन्छ । किनकि राष्ट्र-राज्य कुनै महानगरजस्तो एकल प्रशासनिक संरचनाबाट होइन, बहुआयामिक शक्ति सन्तुलन, संवैधानिक मर्यादा र संस्थागत संयमताबाट चल्छ ।

राष्ट्रिय राजनीतिमा प्रवेश गरेसँगै अब बालेनमाथि केवल ‘काम’ को होइन ‘दृष्टिकोण’ को पनि परीक्षा सुरु भएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, आर्थिक नीति र विदेश नीति यी विषयमा उनको स्पष्ट र सार्वजनिक धारणा के हो ? अहिलेसम्म यी प्रश्नको ठोस, लिखित र संस्थागत जवाफ आएको छैन । केही जेन-जी प्रतिनिधिसँगको संवादमा उनले संविधान र गणतन्त्रको पक्षमा रहेको बताएका छन् भन्ने कुरा बाहिर आएको छ । तर मौखिक अभिव्यक्ति पर्याप्त हुँदैन । राजनीतिक दृष्टिकोण नीति, दस्तावेज र व्यवहारमार्फत प्रमाणित हुनुपर्छ ।

जेन–जी आन्दोलन स्वयं नेपाली राजनीतिमा एउटा निर्णायक मोड थियो । २०८२ साल भदौ २३ र २४ गते देखिएको युवाको आक्रोशले परम्परागत राजनीतिलाई खुला चुनौती दियो । त्यो आन्दोलनको नेतृत्व, उद्देश्य र गन्तव्यबारे बहस जारी छ । तर एउटा तथ्य निर्विवाद छ । त्यो आक्रोशले मौन समाजलाई बोल्न बाध्य बनायो । र त्यस आक्रोशको प्रतीक पात्रका रूपमा बालेन स्थापित हुँदै गएका छन् । यही कारण उनीमाथि अपेक्षाको भारी झन् बढेको छ ।

राष्ट्रिय राजनीतिमा बालेनको प्रवेशले एउटा युगीन प्रश्न उठाएको छ- के नेपाली समाजले नयाँ अनुहारमात्र खोजेको हो कि नयाँ राजनीतिक संस्कार पनि ? यसको उत्तर उनका भाषणले होइन । उनका निर्णय, नीति र व्यवहारले दिने छन् । अपेक्षाको भारी काँधमा बोकेर हिँड्नु साहसको कुरा हो । त्यो भारी बोक्न सक्ने कि त्यसैको चापमा थिचिएर लड्ने, इतिहासले होइन समयले छिट्टै फैसला गर्ने छ ।
 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार  बुधबार, पुस १६, २०८२
म पनि लड्छु ! होइन उठ्छु ।
म पनि लड्छु ! होइन उठ्छु । मंगलबार, पुस १५, २०८२
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार
गुरुङ समुदायको नयाँ वर्षः तमु ल्होसार मंगलबार, पुस १५, २०८२
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव
भोजनले मानसिक स्वास्थमा पार्ने प्रभाव सोमबार, पुस १४, २०८२
प्रदेश सरकारलाई बलियो बनाउने आधार
प्रदेश सरकारलाई बलियो बनाउने आधार आइतबार, पुस १३, २०८२
नुन र मुटुरोगको सम्बन्ध 
नुन र मुटुरोगको सम्बन्ध  बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP