Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #डा शेखर कोइराला
  • #खाँचीकोट
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली
समानुपातिक प्रणालीको दुरुपयोग गर्दै व्यवसायी- सेलिब्रेटीदेखि आफन्तलाई उम्मेदवार बनाउनेमा नयाँ दल अगाडि, पुरानाहरु पनि सुध्रिएनन् समानुपातिक सूचीमा पहुँचवालाकै हालीमुहाली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२
  • रास्वपाको समानुपातिक सूचीमा व्यापारी चन्द्र ढकालका छोरादेखि व्यवसायी विदुषी राणासम्म
  • आफूलाई सबैभन्दा बढी लोकतान्त्रिक दाबी गर्दै आएको कांग्रेसले बुझाएको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीदेखि अर्जुननरसिंह केसीसम्म 
  • एमालेबाट उपाध्यक्ष रामबहादुर थापा, महिला सचिव पद्य अर्याल, शान्ता चौधरी, कोमल वलीलाई यसपटक पनि सूचीमा

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारी छनोट गर्दा दलहरुले उक्त प्रणालीको चरम दुरुपयोग गरेको पाइएको छ । पुरानोदेखि नयाँ दलसम्मले समानुपातिकको मर्मलाई कुल्चेर निर्वाचन आयोगमा उम्मेदवारको सूची बुझाएका हुन् ।

दलहरुले बुझाएको ११० जनाको सूची हेर्ने हो भने यहाँ तारमारा वर्ग र पहुँचवालाहरुकै हालीमुहाली देखिएको छ । नयाँ दल भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत नातेदार, तारमारा वर्ग, सेलिब्रेटी राख्नमा अग्रस्थानमा देखिएको छ । 

खासमा समानुपातिक प्रणाली प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने तर कानुन निर्माण गर्ने थलो संसद्मा प्रतिनिधित्व हुनुपर्ने सीमान्तकृत समुदायको प्रतिनिधित्वको सुनिश्चितताका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिएको हो । तर रास्वपाको समानुपातिक सूचीमा व्यापारी चन्द्र ढकालका छोरा सचिन ढकाल अटेका छन् । त्यसैगरी अर्का व्यवसायी विदुषी राणा रास्वपको सूचीमा अटेका छन् । दुवै जना अर्बपति व्यवसायी हुन् ।

यतिमात्र हैन रास्वपाले प्राइमरी इलेक्सनबाट अधिक मत पाएकाहरुलाई पछिल्लो नम्बरमा राखेका छन् । दलित क्लस्टरमा सबैभन्दा धेरै मत पाएका विजय जैरु सूचीमै परेनन् भने रमेश प्रसाईंको ठाउँमा सहमहामन्त्री वीपिन आचार्यलाई पहिलो नम्बरमा राखेको छ । प्रसाईंले खस आर्यमा धेरै मत ल्याएर पहिलो नम्बर सुनिश्चित गरे पनि आयोगमा बुझाएको बन्दसूचीमा पाँचौं नम्बरमा राखिएको छ ।

Hardik health

यता कामबाटै चर्चामा आएका ऊर्जामन्त्री कुलमान घिसिङले आफ्ना नातेदारलाई समानुपातिक सूचीमा अटाएका छन् । आदिवासी जनजातितर्फ नम्बर एकमा परेका डा. राम लामा कुलमानका नजिकका आफन्त हुन् । त्यसैगरी आठांै नम्बरमा परेका धर्मलाल कुलमानका भाइका ससुरा हुन् । धर्मलाल समानुपातिकमा सिफारिस भएसँगै अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमा प्रश्न गरेकी छन्, ‘मलाई त लागेको थियो नयाँबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औंला उठाउने मौका पाउने छैनन् । तर त्यस्तो त होइन रहेछ, यहाँ त निमुखा वर्ग र जातिहरु लागि छुट्याइएको कोटामा त मिस नेपाल हुने रहेछन्, आफ्नो ससुराबा, देश बेचुवा ठेकेदारको छोरा, आफ्नो आगडिपछाडि दौडिरहने आसेपासे, हुँदाहुँदा छिमेकी र अझ त्यतिले नपुगेर सानोमा स्कुल पढ्ने साथी सांसद र मन्त्री हुने अवसर पाउने रहेछ ।

आशिका रास्वपाबाट समानुपातिकमा आकांक्षी थिइन् । रास्वपाको समानुपातिक सूचीप्रति डा. महेन्द्र लावतीलेसमेत असन्तुष्टि जनाएका छन् । उज्यालो नेपाल पार्टीको कोटाबाट रास्वपाको समानुपातिक सूचीमा परेका उनले असन्तुष्टि जनाएका हुन् । रास्वपाबाट कलाकाहरुसमेत समानुपातिक सूचीमा परेका छन् । यसरी समानुपातिक सूचीमा पर्नेमा प्रकाश सपुतदेखि रिमा विश्वकर्मासम्म छन् ।

यता आफूलाई सबैभन्दा बढी लोकतान्त्रिक दाबी गर्दै आएको नेपाली कांग्रेसले पनि समानुपातिक उम्मेदवार छनोटमा नातावाद र कृपावादलाई हदैसम्म प्राथमिकतामा राखेको पाइएको छ । मंगलबार अबेर कांग्रेसले बुझाएको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलदेखि महामन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसीसम्म छन् । नुवाकोट-२ बाट निर्वाचन लड्दै आएका केसी यसपटक समानुपातिक सूचीमा खस आर्यतर्फ पहिलो नम्बरमा परेका हुन् । महामन्त्री थापाले यो सिफारिस आफ्नो चाहनाविपरीत भएको दाबी गरेका छन् । ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ । म स्पष्ट पार्न चाहन्छु; यो मेरो चाहनाविपरीत हो । मेरो अनुरोध र हरसम्भव प्रयास विपरीतको निर्णय हो,’ गगनले भनेका छन् ।

कांग्रेस राजनीतिमा पटक-पटक अवसर पाइसकेको ७५ वर्षे केसी परिवारले नुवाकोट कांग्रेससमेत लगभग कब्जामा राखेको थियो । केसी पाँचपटक मन्त्री भइसकेका व्यक्ति हुन् । यसपटक आफू जित्ने निश्चित नदेखिएपछि केसीले समानुपातिकमा बस्न इच्छा गरेका थिए । 

यता पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि समानुपातिक सूचीमा परेका छन् । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिकी भञ्जी नितु कर्ण, बलबहादुर केसीकी श्रीमती रिना उप्रेती, बहिनी गोमा केसीलाई पनि कांग्रेसको समानुपातिक सूचीमा राखिएको छ । बलबहादुरले सोलुखुम्बुबाट पटक-पटक निर्वाचन लड्दै आएका छन् । सुनसरीको कोशी गाउँपालिकाको अध्यक्षसमेत रहेका सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारीले श्रीमती नगमा शाहिद अन्सारीलाई समानुपातिक सूचीमा पार्न सफल भएका छन् । 

दलहरुको समानुपातिक बन्दसूचीप्रति जेन-जी अभियन्ता रक्षा बमले आलोचना गरेकी छन् । ‘सदियौंदेखि पछि पारिएका समुदाय, पछाडि पारिएका ठाउँ र उनीहरूको आवाजलाई सदनमा प्रतिनिधित्व गराउने उद्देश्यले नेपालको संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको हो । निश्चित वर्गको हालीमुहाली तोड्न, सदियौंदेखिको असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायको उत्थान गर्न यो प्रणाली लागू गरिएको थियो,’ बमले भनेकी छन्, ‘दुखद् कुराचाहिँ, हिजो हजारौंको बलिदानबाट प्राप्त भएको यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री केन्द्र बनाएका छन् । आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाएका छन् ।’

जनआवाजलाई खासै नसुन्ने भनिएको एमालेले बरु यसपटक समानुपातिक सूचीमा केही हेरफेर गरेको छ । यद्यपि, पार्टी उपाध्यक्ष रामबहादुर थापा, महिला सचिव पद्य अर्याल, शान्ता चौधरी, कोमल वलीलाई यसपटक पनि सूचीमा राखेको छ । यता मन्त्री बनिसकेकी उषाकला राईलाई पनि समानुपातिक सूचीमा राखिएको छ । राई प्रदेश मन्त्री बनिसकेकी छन् भने केन्द्रीय सदस्य शेरबहादुर तामाङकी पत्नी हुन् । यता पटक-पटक सांसद बनेका बसन्त नेम्बाङकी श्रीमती भूमिका सुब्बालाई पनि एमालेले समानुपातिक सूचीमा अटाएको बताइएको छ । एमालेले अझै पनि ११० जनाको सूची सार्वजनिक भने गरेको छैन । यता नेपाली कम्युनिस्ट पार्टीले भने धेरैजसो नयाँ अनुहारलाई समानुपातिक सूचीमा राखेको छ ।

समानुपातिकको मर्मविपरीत पहुँचवाला, व्यवसायी, नातेदार र सेलीब्रेटीलाई बन्दसूचीमा समेटेपछि दलहरु आलोचित बनेका छन् । पुराना दलले पहिलेकै प्रवृत्ति दोहोर्‍याउँदा नयाँ भनिएकाहरुमासमेत त्यही रोग सरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
 


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै
प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै बुधबार, पुस १६, २०८२
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस
नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस १६, २०८२
पहिचानवादी नेता रास्वपामा ‘पलायन’
पहिचानवादी नेता रास्वपामा ‘पलायन’ बुधबार, पुस १६, २०८२
समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का
समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का मंगलबार, पुस १५, २०८२
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा सोमबार, पुस १४, २०८२
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने सोमबार, पुस १४, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP